नारायणीकाे पुल साँघुराे बन्दै गएपछि नयाँ पुल निर्माणकाे तयारी

चितवन । चितवनको नारायणगढ र नवलपरासीको गैँडाकोट जोड्ने पूर्व–पश्चिम राजमार्गको नारायणी पुल साँघुरो बन्दै गएपछि नयाँ पुल निर्माणको तयारी थालिएको छ ।
चितवनतर्फ भरतपुर महानगरपालिका र नवलपरासीतर्फ गैंँडाकोट नगरपालिकामा मानवबस्ती र बजार बढ्दै गएपछि पुल साँघुरो भएको हो । यससँगै पूर्व–पश्चिम यात्रा गर्ने सवारीको चाप पनि बढ्दै गएको छ ।
पुलमा दैनिकजसो सवारी आवागमनमा समस्या हुने गरेको स्थानीयवासी बताउँछन् । सडक विभागका उपमहानिर्देशक एवं पुल महाशाखा प्रमुख अर्जुनजङ्ग थापाका अनुसार पुलले धान्न सक्ने क्षमता घट्दै गएका कारण नयाँ पुलको नक्साङ्कनको काम शुरु गरिँदै छ । सोही पुलको समानान्तर उत्तर वा दक्षिणबाट पुल निर्माण गर्ने तयारी गरिएको छ ।
हालको सो पुल दुई लेनको हो । चार लेनको पुल बनाउने तयारी गरिएको छ । हाल सञ्चालनमा रहेको पुललाई थप मर्मत सम्भार गरी दुबै पुल सञ्चालन गरिने उहाँले बताउनुभयो । विसं २०३८ मा सो पुल निर्माण गरिएको हो । पुलको भार बहन क्षमताको आयु भने ८० वर्ष हुने प्राविधिक बताउँछन् ।
थापाका अनुसार दैनिक १० हजार हाराहारी सवारी धान्ने गरी दुई लेनको पुलनिर्माण गरिएको भएपनि हाल सवारी सङ्ख्या बढेपछि आवागमनमा समस्या भएको हो ।
नारायणीसहित देशका विभिन्न १० नदीमा अत्याधुनिक आकर्षक पुल निर्माण गर्ने तयारी गरिएको छ । विश्व बैंकको सहयोगमा पुल निर्माण गरिने उपमहानिर्देशक थापाले जानकारी दिए । आउँदो आर्थिक वर्षभित्रमा नक्साङ्कन सम्पन्न गरी बोलपत्र आह्वान गर्ने तयारी भइरहेको बताइएको छ ।
नारायणीसँगै बुटवलसम्मका अन्य पुल पनि नयाँ बनाउने तयारी गरिएको छ । पुलको नक्साङ्कनका लागि विदेशी विज्ञले काम शुरु गरेको थापाको भनाई छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
जब सञ्जय दत्तले अमिताभ बच्चनसँग काम गर्न मानेनन्
- 2 minutes ago

एजेन्सी । बलिउड जगतका शताब्दीकै महानायक अमिताभ बच्चन यस्ता सुपरस्टार हुन् जोसँग हरकोही काम गर्न चाहन्छन् ।
गोकुल बाँस्कोटाले व्यंग गर्दै भनेः आफुलाई कस्तो पीर लागो बाई !!!
- 10 minutes ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहका नेता गोकुल बाँस्कोटाले अष्ट्रेलियाले नेपालले अघिल्लोसाल नै ल्याउन खोजेको जस्तै समाजिक सञ्जाल सम्बन्धी कानुन पास गरेको बताएका छन् ।
काठमाडौँमा पुनः बर्डफ्लु भेटियो
- 21 minutes ago

काठमाडौँ । काठमाडौँमा पुनः बर्डफ्लु देखा परेको छ । पशु सेवा विभागले शुक्रबार एक सूचना जारी गर्दै काठमाडौँको तारकेश्वर नागरपालिकामा साढे १५ हजार पन्छी नष्ट गरिएको जानकारी दिएको छ ।
पर्यटन
नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।
जीवनशैली
७ पेय पदार्थ जसले सजिलै शरीरको वजन घटाउन मद्दत गर्छ

एजेन्सी । यदी तपाईले बेली घटाउने निर्णय पुर्ण दृणका साथ लिनुभएको छ भने सजिलो उपायकासाथ स्वस्थ रुपमा बिनाकाम बेली घटाउने उपायका बारेमा जान्नुहोस् ।
विचित्र विश्व
यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।