उपल्लो मुस्ताङमा स्टाटेलाइट हटाएर ‘माइक्रोवेभ रेडियो लिङ्क’ सञ्चालनमा

बागलुङ । नेपाल टेलिकमले हिमालपारि उपल्लो मुस्ताङमा ‘माइक्रोवेभ रेडियो लिङ्क’ को पहुँच विस्तार गरेको छ । ‘स्याटेलाइट’ प्रविधि हटाएर ‘माइक्रोवेभ रेडियो लिङ्क’ सञ्चालनमा ल्याइएको हो । मोबाइल र इन्टरनेट सेवाको गुणस्तर बढाउन नयाँ प्रविधि भित्र्याएको टेलिकमले जनाएको छ ।

 

टेलिकम बागलुङ कार्यालयका अनुसार उपल्लो मुस्ताङको लोमान्थाङ, घमी, चराङ, सुरखाङ, छुसाङ, समर र स्याङ्बोचेमा ‘जिएसएम, बिटियस’ टावर निर्माण गरी सेवा शुरु गरिएको हो । ‘माइक्रोवेभ रेडियो लिङ्क’ प्रविधिले ‘भ्वाइस’ र ‘डाटा’ मा उल्लेख्य सुधार आएको कार्यालयका वरिष्ठ इञ्जिनीयर केशव शर्माले बताए । 

 

“मुस्ताङबाट भि स्याट प्रविधि प्रतिस्थापन भएको छ”, इञ्जिनीयर शर्माले भने, “सेवाको गुणस्तर बढेको छ, राज्यको खर्च पनि घटेको छ ।” ‘माइक्रोवेभ रेडियो लिङ्क’ ले टेलिकमको अतिरिक्त आर्थिक भार कटौती हुनेछ । ‘भि स्याट’ हुँदा वर्षेनी विदेशी स्याटेलाइट कम्पनीलाई पैसा तिर्नुपर्ने अवस्था थियो । 

 

“पहिले ब्याण्डविथको डाटा क्षमता जम्मा २५० केबिपिएस थियो” इञ्जिनीयर शर्माले भने, “अहिले दुई हजार एमबिपिएस छ, फोन नलाग्ने समस्या हटेको छ ।” भरपर्दो मोबाइल र तीव्र गतिको इन्टरनेट सेवा पाएपछि उपल्लो मुस्ताङवासी पनि खुशी छन् । यसअघि सर्वसाधारण मोबाइलको लागि ‘भि स्याट’ मा निर्भर थिए । 

 

“मोबाइल सेवामा सुधार आएको छ, ‘टुजी’ पनि राम्रो चलेको छ”, लो–घेकर दामोदर कुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले भने । 

 

कम जनसङ्ख्या भएको भए पनि उपल्लो मुस्ताङ विश्वकै आकर्षक पर्यटकीय गन्तव्य भएकाले टेलिकमले गुणस्तीय सेवा विस्तारमा प्राथमिकता दिएको हो । सेवा विस्तारसँगै उपल्लो मुस्ताङ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकले समेत प्रत्यक्ष लाभ लिनेछन् । हाल उपल्लो मुस्ताङमा नेपाल टेलिकमबाहेक अन्य कुनै पनि दूरसञ्चार कम्पनीको सेवा पुगेको छैन । 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नेपालमा थप ७८ जनामा कोरोना पुष्टि

  • 1 minute ago
नेपालमा थप ७८ जनामा कोरोना पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ७८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य

'ओलीलाई नेकपाले मात्र हटाउनसक्छ, अरुले सक्दैनन् '

  • 16 minutes ago
'ओलीलाई नेकपाले मात्र हटाउनसक्छ, अरुले सक्दैनन् '

धनगढी । जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले साझा र समृद्ध नेपाल बनाउनलाई सबै मिल्नुपर्ने बताएका छन् ।

जय नेपाल हल सधैंको लागि बन्द

  • 22 minutes ago
जय नेपाल हल सधैंको लागि बन्द

काठमाडौँ । काठमाडौँको हात्तीसारमा रहेको जय नेपाल हल सधैंको लागि बन्द भएको छ । क्वेष्ट इन्टरटेन्मेन्टले जग्गा भाडामा लिएर २० वर्षदेखि संचालन गर्दै आएको हल बन्द भएको हो । सपिङ मल नभएको ठाउँमा हल



पर्यटन

महोत्तरीमा नगर महोत्सवको लहर

महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।

जीवनशैली

पिसाब पोल्नुको कारण र उपचार विधि

पिसाब पोल्नुको कारण र उपचार विधि

एजेन्सी । शरीरमा रहेका विषाक्त पदार्थ पिसाबको माध्यमबाट बाहिर निस्कन्छन् । पिसाब पोल्नु र पिसाब गर्दा पीडा हुनुजस्ता समस्याले अन्य धेरै रोगको संकेत गर्छ ।

विचित्र विश्व

चिया टिप्दै प्रियंका गान्धी !

चिया टिप्दै प्रियंका गान्धी !

एजेन्सी । पछिल्लो समय प्रियंका गान्धी बाद्रा आसाममा हुन गइरहेको निर्वाचनमा आफ्नो पार्टीको प्रचारमा व्यस्त रहेकी छन् । दुई दिनको प्रचार कार्यक्रममा उनले बिश्वनाथमा चिया आदिवासीहरूसँग मंगलबार कुराकानी गरेकी छन्।