नेपालका भ्रमण गर्दा छुटाउनै नहुने विशेष खानेकुराहरु...
- बिहीबार, ३१ साउन, २०७५
- 3 years ago
- नेपाल
- विचित्र विश्व

नेपाल भ्रमण गर्ने पर्यटकहरुले खानछुटाउनै नहुने खानाहरुको बारेमा अमेरिकी सञ्चारमाध्यमसिएनएनले आठ थरी खानाहरुको सूचीतयार पारेको छ ।
नेपालमामुख्यगरि काठमाडौंमा धेरै नै लोकप्रिययीखानाहरुको स्वादमुखमै झुन्डिने बताँउदै सिएनएनले नेपाल भ्रमण गर्दा यी परिकारहरु चाख्न पर्ने बताएको छ ।
सिएनएनको सूचीमामम,दालभात, थुक्पा, योमरी, जुजुधौ दही, मासको बारा, चटामरी, टिङ्मो एण्ड आलु फिङ अटाएका छन् ।
१. मम
तिब्बतीखानाको रुपमा नेपालभित्रिएको ममटमाटरको चटनीको साथमाखाँदा मिठो हुन्छ । मासु र सब्जी भरिएको सानो सानो डल्ला हुने ममले मुखै रसाउनेआजकालचिज, आलुलगाएतकाअन्य धेरै अप्सनहरु पाइने सिएनएनले जनाएको छ । काठमाडौंमास्टिम, फ्राइड र कोथे गरी ३ थरी ममहरु पाइने सिएनएनले जनाएको छ ।
२.योमरी
माछा आकारमाबन्ने योमरीचामलको पिठोबाट बनाइएको हुन्छ जसको भित्रचाकु लगाएत मिठो खानेकुरा भरिएको हुन्छ । यो खेतीपाति थन्क्याएपछि चाडपर्वमाखाने एक लोकप्रियखानेकुराहो जुन योमरीपुन्हीको अवसरमा खाइन्छ ।
३. दालभात
यो नेपालको एकदमै लोकप्रियखानाहो । नेपालमादालभातथाली सेटको रुपमा सर्भ गरिने पनिसिएनएनले जनाएको छ । मासको दालवासिमीलाई धेरैबेरसम्ममन्दआगोमापकाएर त्यसलाई हिमालयन जडिबुटी जिम्बुले झानिएको हुन्छ ।
४. जुजु धौ
जुजु धौलाई अङ्ग्रेजी रुपान्तरण गर्दा किङग््स कर्ड हुन्छ , यो भक्तपूरको एकदमै विशेष खानेकुरा हो । भैंसीको दुधबाट बनाइने यो दहीमा मह मिसाइएको हुन्छ र त्यसलाई माटाको भाँडामा राखिन्छ । त्यसपछित्यसलाई न्यानो ठाँउमा पातलो कपडाले छोपेर नजमुन्जेल राखिन्छ ।
५.थुक्पा
थुक्पा एक प्रकारको चाउचाउ सुप हो जुन तिब्बतबाट नै काठमाडौं प्रवेश गरेको हो । यसमाहातैले बनाइएको उसिनेको चाउचाउ, सब्जीहरु र मासु मिसाइएको हुन्छ । यसमा नेपालीगरम मसला र खुर्सानीको पनिप्रयोग गरिएको हुन्छ ।बिशेषगरी यो जाडो महिनामा खाइन्छ ।
६. मासको बारा
नेपालमा केहीपनित्यस्तो हुदैंन मासको बारा जस्तो । यो लाइट प्याटीहरु मासबाट बनाइएको हुन्छ जुन एकरात भिजाइन्छ त्यसलाई पिसेर मसलासँगमिसाएर त्यसलाई सानो वृत्ताकार रुपमातोरीको तेलमा पकाइन्छ । अन्तिममिनेटमा एउटा अण्डा फ्टाएर त्यसलाई पकाइन्छ । यो काठमाडौंको ठूला रेस्टुरेन्टमा भन्दा साना साना भट्टिहरुमा पाइन्छ ।
७. चटामरी
यो पातलो रोटी जस्तो चामलको पिठोले बनाइने चटामरीमामाथिकिमा, अन्डा लगाएतअन्याकुराहरु सजाइएको हुन्छ । यसलाई नेपाली भर्सनको पिज्जाभन्दापनि फरक पर्दैन । यो विशेष नेवारी खानाआजकाल काठमाडौंका धेरै रेष्टुरेन्टहरुमा पनि पाइन्छ ।
८ टिङ्मो (टिःमम) र आलु फिङ
यो खानापनि तिब्बतबाट नै काठमाडौंभित्रिएको हो । टिङ्मो स्टिमगरिएको ब्रेड र सुपमाचोपेर खानमिल्ने गरि बनाइएको हुन्छ ।आलु फिङमाचाउचाउ, आलु र सब्जीहरुकोतातो झोल बनाइएको हुन्छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
गठबन्धनबाट विकास सम्भव छैन – महासचिव पोखरेल
- 10 hours ago

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकको विकास र समृद्धिका लागि राजनीतिक ध्रूबीकरण आवश्यक रहेको बताएका छन् । जननेता मदन भण्डारीको ७१ औं जन्मजयन्तीको अवसर पारेर प्रेस चौतारी नेप
आईजीपी बढुवाविरुद्धको रिट हेर्दाहेर्दैमा, अर्को सुनुवाइ १९ असारमा
- 11 hours ago

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा धिरजप्रताप सिंहलाई बढुवा गरेको सरकारको निर्णयविरुद्ध परेको रिटको सुनुवाइ १९ असारसम्म सरेको छ ।
कुटपिट गरेर कम्युटर अपरेटरको गाडी लुट्ने ३ भारतीय नागरिक पक्राउ
- 11 hours ago

धनगढी । कैलालीको भीम दत्त राजमार्ग अन्तर्गत गोदावरीमा डडेल्धुराको आलीताल गाउँपालिकाका कम्युटर अपरेटर लोकेन्द्र भण्डारीलाई कुटपिट गरेर कार लुट्ने समूहका तीन जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ
पर्यटन
'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।
जीवनशैली
मस्तिष्काघातः ‘समयमै विशेषज्ञ उपचार पाए पूर्ववत् अवस्थामा फर्किन सकिन्छ’

चिकित्सकका अनुसार मस्तिष्काघात उभिँदा शरीरको सन्तुलन नमिल्ने, आँखाले नदेख्ने वा आँखा धमिलो हुने एक्कासी मुख एकातिर बाँङ्गिने, हातखुट्टा एक्कासि कमजोर हुने, बोली नआउने वा बोली लरबराउने र शरीररको एक भाग (हर) कमजोर हुन सक्छ ।
विचित्र विश्व
श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशियाे

एजेन्सी । श्रीलंका पछिल्लो समय सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्रिरहेको छ । श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशिएको छ । श्रीलंकामा पेट्रोलको मूल्य ५० श्रीलंकाली रुपैयाँ र डिजेलको मूल्य ६० श्रीलंकाली रुपैयाँले बढेको छ । पछिल्लो दुई महिनामा इन्धनको मूल्य तेस्रो पटक बढेको छ ।