विश्वस्त मेसी

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital
  • बिहीबार, १४ आषाढ, २०७५
  • 4 years ago
  • खेल

सेन्ट पिटर्सबर्ग । निकै राहत महसुस गरिरहेका लियोनल मेसीले मंगलबार नाइजेरियासँग त्यो स्थिति भोग्नुपर्ने आस नगरेको बताएका छन् । तर आफू र टिमका साथीहरू विश्वकपको महत्त्वपूर्ण खेल जितेर अन्तिम १६ मा पुग्नेमा सधैं विश्वस्त रहेका थिए । 

 

समूह ‘डी’ बाट क्रोएसियाभन्दा मुनि उपविजेता बनेर नकआउट चरण पुग्नेक्रममा दक्षिण अमेरिकी टोलीले नाइजेरियामाथि २–१ को सनसनीपूर्ण जित हात पार्दा बार्सिलोनाका फरवार्ड मेसीले उत्कृष्ट गोल गर्दै यसपालिको विश्वकपमा खाता खोलेका थिए ।

 

‘हामीले थाहा थियो खेल हामीले नै जित्छौं भनेर । भगवान्ले हामीलाई नै सहयोग गर्छन् भन्नेमा हामी विश्वस्त थियौं, भयो पनि त्यस्तै । तर बराबरी पछि हुने कठिन परिस्थितिबारे अपेक्षा थिएन,’ मेसीले अर्जेन्टिनी सञ्चारमाध्यमसँग भने । भिक्टोर मोसेसको पेनाल्टी गोलमा अफ्रिकन टोलीले ५१ औं मिनेटमा खेल बराबरीमा ल्याएपछि आफ्नो टोली ‘नर्भस’ देखिएको मेसीले सुनाए ।

 

‘त्यो समयमा हामीले निकै तीव्रसाथ खेलमा आधिपत्य जमाएका थियौं । त्यही कारण हामीले आक्रामण गर्दै दबाब राख्दा गोल गर्न सफल भयौं,’ मेसीले पत्रकार सम्मेलनमा भने । खेलको निर्णायक क्षण त्यो बेला आयो, जब रक्षक मार्कोस रोहोले ८६ औं मिनेटमा निर्णायक गोल गरे ।,आजको कान्तिपुर दैनिकमा यो खबर छ ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बार्सिलोनाको संघर्षपूर्ण जित

  • 16 minutes ago
बार्सिलोनाको संघर्षपूर्ण जित

स्पेनिस फुटबल लिग ला लिगामा बार्सिलोनाले संघर्षपूर्ण जित निकालेको छ । गएराति सम्पन्न खेलमा बार्सिलोनाले मल्लोर्कालाई उसकै मैदानमा १-० गोलले पराजित गरेको हो ।

न्युक्यासलको सजह जित

  • 22 minutes ago
न्युक्यासलको सजह जित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत न्युक्यासल युनाइटेडले सहज जित निकालेको छ । शनिबार राति सम्पन्न खेलमा न्युक्यासलले फुलहमलाई उसकै मैदानमा ४-१ गोलले पराजित गरेको हो ।

ब्राइटनसँग बराबरीमा रोकियो लिभरपुल

  • 31 minutes ago
ब्राइटनसँग बराबरीमा रोकियो लिभरपुल

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले बराबरी खेलेको छ । शनिबार राति सम्पन्न खेलमा लिभरपुलले ब्राइटनसँग ३-३ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।



पर्यटन

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

कास्की । नवरात्रको समय पारेर शनिबार पोखराको फेवाताल बिचमा रहेको तालबाराही मन्दिर दर्शन गर्ने भक्तजनको घुइँचो । तस्बिरः जमुना वर्षा शर्मा, रासस

जीवनशैली

भुलेर पनि दुर्गा मातालाई नचढाउनुहोस यी फूलहरु: वास्तुशास्त्र

भुलेर पनि दुर्गा मातालाई नचढाउनुहोस यी फूलहरु: वास्तुशास्त्र

एजेन्सी । सनातन धर्ममा दिनहुँ देवी देवताको पूजा गरिन्छ। नवरात्री २०२२ मा पनि ९ दिनमा हरेक दिन विभिन्न देवीदेवताको पूजा गरिन्छ । भगवान लक्ष्मीको आशीर्वाद प्राप्तिका लागि देवीलाई प्रसन्न पार्न वास्तु उपाय पनि अपनाउँछन्।

विचित्र विश्व

युक्रेनमा रुसको डरलाग्दो क्षेप्यास्त्र आक्रमण, ३० जनाको मृत्यु, ८८ जना घाइते

युक्रेनमा रुसको डरलाग्दो क्षेप्यास्त्र आक्रमण, ३० जनाको मृत्यु, ८८ जना घाइते

एजेन्सी । युक्रेनको जापोरिझिया शहरमा शुक्रबार रुसी क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने ८८ जना घाइते भएको युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।