मनकामना मन्दिर जिर्णोद्धारमा तीन किलो सुन अपुग
- माेहसिन अलि मियाँ
- आइतबार, २७ साउन, २०७५
- 2 years ago
- नेपाल


गोरखा । नेपालकै ऐतिहासिक मनकामना मन्दिर जिर्णोद्वारका क्रममा तीन किलो सुन अपुग भएको छ । सुरुमा लागत आँकलन गर्दा आठ किलो सुन लाग्ने अनुमान गरिएपनि १५ किलो खर्च भइसकेको छ ।
‘फेरी तिन किलो सुन अपुग देखिएको छ, हामीले खरिद प्रक्रिया सुरु गरिसकेका छौँ’, मनकामना मन्दिर जिर्णोद्धार समितिका अध्यक्ष नरेन्द्रबाबु श्रेष्ठले भने ।
२०७२ असारबाट निर्माण सुरु गरिएको मन्दिरको ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ । अझै केही काम बाँकी रहेकाले सुन अपुग देखिएको हो ।
तीन वर्ष अघि निर्माण सुरु गरिएको मन्दिर निर्माणमा ३ किलो सुन थप भएपछि २ करोड लागत थप हुने अनुमान गरेको छ । सुन खरिदका लागि अब प्रक्रिया अगाडी बढि सकेकोले मन्दिर पुर्ननिर्माणमा त्यसले कुनै असर नगर्ने समितिको दाबी छ ।
अपुग सुन समय खरिद भए र कालिगढले निरन्तर काम गर्न पाए दशैं अगावै निर्माण कार्य सम्पन्न हुने समितिको विश्वास छ । अहिले जिर्णोद्धारका क्रममा भक्तजनका अस्थायी पुजा निर्माण गरी पुजाआजाको व्यवस्था गरिएको छ ।
मन्दिरको पुर्ननिर्माणसँगै बाहिरी संरचना निर्माणको काम पनि केही बाँकी छ । आँगन, कम्पाउण्ड, पश्चिम पट्टीको धुनी र पूजा कोठा फराकिलो गर्ने काम अझै बाँकी रहेको जिर्णोद्धार समितिका अध्यक्ष श्रेष्ठले बताए ।
लामो इतिहास बोकेको उक्त मन्दिर केही वर्ष यता जिर्णोद्धार गर्नुपर्ने चर्चा चलेको थियो । २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्प मन्दिर दक्षिण पश्चिम ढल्किए पछि जगैबाट भत्किएर पुनर्निमाण थालिएको हो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
मर्स्याङ्दी नदीमा माछा मार्दै
- 32 minutes ago

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीस्थित मर्स्याङ्दी नदीमा जाल हानेर माछा मार्दै एक व्यक्ति ।
बिहीबार जम्मा ५ हजार ३० परीक्षण
- 46 minutes ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ५ हजार ३० स्वाबको पीसीआर बिधिबाट परीक्षण भएको छ । देशका विभिन्न प्रयोगशाला उक्त परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
थप ४ जना कोरोना संक्रमितको मृत्यु
- 49 minutes ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ४ जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोबाट मृत्यु हुनेको क
पर्यटन
सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।
जीवनशैली
वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
विचित्र विश्व
पछिल्लो २४ घण्टामा यी पाँच देशमा सबैभन्दा बढी कोरोना संक्रमितको मृत्यु

एजेन्सी । विश्वभर कोरोना कहर रहेको छ । दैनिक हजारौँ कोरोना संक्रमितको मृत्यु भइराखेको छ । कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि कोरोनाबाट मृत्यु हुनेको संख्या पनि अधिक रहेको छ ।