सत्तारूढ दलका युवा संगठनले माइतीघर मण्डलामा फहराए सय मिटर लामाे झण्डा

काठमाडौँ । संविधान दिवसको अवसरमा सत्तारुढ दल निकट युवा सङ्गठनले राष्ट्रियता, स्वाधीनता र स्वाभिमानलाई मजबुत बनाउनुपर्ने भन्दै राष्ट्रिय झण्डा फहराएको छ । 

 

तत्कालीन नेकपा (एमाले) निकट युवा सङ्घ नेपाल र तत्कालीन नेकपा (माओवादी केन्द्र) निकट वाइसिएल नेपालको संयुक्त आयोजनामा काठमाडौँको माइतीघर मण्डलामा १ सय मिटर लामो झण्डोत्तलन गरेका हुन् । 

 

योग्य तथा दक्ष युवा विदेशमा जानुपर्ने बाध्यता अन्त्य गर्नु अहिलेको आवश्यकता रहेको भन्दै संगठनका नेताले रोजगारमुखी नीति तथा कार्यक्रमलाई वर्तमान सरकारले अघि सारेकोले त्यसलाई सफल बनाउनुपर्नेमा जोड दिएका थिए । 

 

त्यस्तै संविधानमा कहीँ कतै कमिजोरी भएमा आपसी छलफल तथा संवाद्को माध्यमबाट हल गर्दै आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणमा सबै राजनीतिक दल एकढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिइएको थियो । 

 

युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले जनताको अधिकार लिपिबद्ध भएको दिनमा मुलुकलाई समृद्धिको बाटोमा अघि लानुपर्ने बताए । अध्यक्ष पौडेलले हजारौंको बलिदानबाट प्राप्त संविधानलाई कार्यान्वयन गर्न र गराउन सम्पूर्ण राजनीतिक दल, वुद्धिजीवी, जनतासमेत लाग्नुपर्नेमा जोड दिए । 

 

वाइसिएल नेपालका अध्यक्ष रामप्रसाद सापकोटा (दिपशिखा)ले वर्तमान संविधानले महिला, दलित, अल्पसङ्ख्यक, पिछडिएको वर्गलगायत सम्पूर्ण नेपालीको भावनालाई समेटेको उल्लेख गर्दै संविधानमाथि गलत प्रचार गरी अनावश्यक भ्रम फैलाउन नहुने बताए । 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

जब सञ्जय दत्तले अमिताभ बच्चनसँग काम गर्न मानेनन्

  • 15 minutes ago
जब सञ्जय दत्तले अमिताभ बच्चनसँग काम गर्न मानेनन्

एजेन्सी । बलिउड जगतका शताब्दीकै महानायक अमिताभ बच्चन यस्ता सुपरस्टार हुन् जोसँग हरकोही काम गर्न चाहन्छन् ।

गोकुल बाँस्कोटाले व्यंग गर्दै भनेः आफुलाई कस्तो पीर लागो बाई !!!

  • 23 minutes ago
गोकुल बाँस्कोटाले व्यंग गर्दै भनेः आफुलाई कस्तो पीर लागो बाई !!!

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहका नेता गोकुल बाँस्कोटाले अष्ट्रेलियाले नेपालले अघिल्लोसाल नै ल्याउन खोजेको जस्तै समाजिक सञ्जाल सम्बन्धी कानुन पास गरेको बताएका छन् ।

काठमाडौँमा पुनः बर्डफ्लु भेटियो

  • 33 minutes ago
काठमाडौँमा पुनः बर्डफ्लु भेटियो

काठमाडौँ । काठमाडौँमा पुनः बर्डफ्लु देखा परेको छ । पशु सेवा विभागले शुक्रबार एक सूचना जारी गर्दै काठमाडौँको तारकेश्वर नागरपालिकामा साढे १५ हजार पन्छी नष्ट गरिएको जानकारी दिएको छ ।



पर्यटन

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।

जीवनशैली

७ पेय पदार्थ जसले सजिलै शरीरको वजन घटाउन मद्दत गर्छ

७ पेय पदार्थ जसले सजिलै शरीरको वजन घटाउन मद्दत गर्छ

एजेन्सी । यदी तपाईले बेली घटाउने निर्णय पुर्ण दृणका साथ लिनुभएको छ भने सजिलो उपायकासाथ स्वस्थ रुपमा बिनाकाम बेली घटाउने उपायका बारेमा जान्नुहोस् ।

विचित्र विश्व

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।