जुम्लामा भएको क्षतिप्रति मुख्यमन्त्री मेहन्द्रबहादुर शाहीद्वारा दुख व्यक्त

सुर्खेत ।  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भएको घटनाले आफूलाई दुखित तुल्याएको बताएका छन् । 

 

विनाकारण प्रतिष्ठानमा ढुंगामुढा गरी क्षति पु¥याइनु दुःखको कुरा बताउँदै उनले भने,“कर्णाली प्रदेशमा सबैखाले स्वास्थ्य सेवा उपलब्ध हुने भएकाले कमजोर हुँदै गएको डा केसीको ज्यानको सुरक्षाका लागि काठमाडौंँ जान आग्रह गर्न जुम्ला गएका थियौंँ तर प्रदेश सरकारलाई समेत गेट बन्द गरेर डा केसीलाई भेट्न जान असहज वातावरण बनाइयो ।” 

 

उक्त घटनामा संलग्न सिसी क्यामेरामा कैद भइसकेकाले तिनको उचित छानवीन गरी कारवाहीको दायरामा ल्याउने उनको भनाइ थियो । 

 

आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले प्रतिष्ठान, शिक्षण अस्पतालजस्तो संवेदनशील क्षेत्रमा सुनियोजित ढंगबाटै तोडफोड भएको बताए । 

 

यसैबीच आन्दोलनकारीसँगको झडपमा गम्भीर घाइते प्रहरी जवान कमल आचार्यलाई साँझ ६ः४५ बजे थप उपचारका लागि फिस्टेल एयरको हेलिकोप्टरबाट नेपालगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक डा तपनकुमार दाहालले जानकारी दिए ।

 

उनका अनुसार आन्दोलनकारीले हानेको सिसा आचार्यको बायाँ छातीबाट बिझेर दायाँ छातीमा पुगेको छ र अवस्था निकै जटिल छ । 

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

आफ्नै प्राविधिक परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याउँदै अख्तियार

  • 5 minutes ago
आफ्नै प्राविधिक परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याउँदै अख्तियार

काठमाडौं । भौतिक पूर्वाधार निर्माणका विषयमा परेका उजुरीहरूको अनुसन्धानलाई थप प्रभावकारी, विश्वनीय र गोप्य बनाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नै प्राविधिक परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याउने

अभिनेत्री स्वस्तिमा खड्काले साउथ इन्डियन फिल्म खेल्ने

  • 22 minutes ago
अभिनेत्री स्वस्तिमा खड्काले साउथ इन्डियन फिल्म खेल्ने

एजेन्सी । नेपाली चलचित्रकी अभिनेत्री स्वस्तिमा खड्काले दक्षिण भारतीय फिल्म (साउथ फिल्म)मा डेब्यू गर्ने भएकी छन् ।

बन्दागोभी: क्यान्सरदेखि मोतियाबिन्दूसम्मको औषधी

  • 34 minutes ago
बन्दागोभी:  क्यान्सरदेखि मोतियाबिन्दूसम्मको औषधी

एजेन्सी । भान्सामा बन्दागोभी देख्ने बित्तिकै तपाईंले नाक खुम्च्याउने गर्नुभएको छ ? अझ बन्दागोभीको नाम लिने बित्तिकै कतिपय सम्भ्रान्तवर्गीय मानिसहरुले निधार खुम्च्याउँछन् ।



पर्यटन

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।

जीवनशैली

बन्दागोभी: क्यान्सरदेखि मोतियाबिन्दूसम्मको औषधी

बन्दागोभी:  क्यान्सरदेखि मोतियाबिन्दूसम्मको औषधी

एजेन्सी । भान्सामा बन्दागोभी देख्ने बित्तिकै तपाईंले नाक खुम्च्याउने गर्नुभएको छ ? अझ बन्दागोभीको नाम लिने बित्तिकै कतिपय सम्भ्रान्तवर्गीय मानिसहरुले निधार खुम्च्याउँछन् ।

विचित्र विश्व

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।