आजको खेलमा चम्किएलान् त लियोनल मेस्सी ? यस्ता छन् उनीबारे रोचक कुराहरु

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

लियोन मेस्सी, इतिहासकै सवैभन्दा उत्कृष्ट खेलाडी हुन् भन्दा कुनै फरक नपर्ला । धेरै मानिसहरु मेस्सीको जेनेरेशनको सर्वोकृष्ट खेलाडीको रुपमा लिने गर्छन् । हुन त उनलाई पोर्चुगल स्टाइकर क्रिस्टियानो रोनाल्डोसँग तुलना गरेर पनि हेर्ने गरिन्छ । उमेरले २९ वर्ष लागेका लियोन मेस्सीले क्लब तहमा रहेर सबै खाले उपाधिहरु लगभग जितिसकेका छन् ।

 

उनले बार्सिलोनामा नै रहेर आफ्नो करिअर बिताउने निर्णय समेत गरेका छन् । बार्सिलोनामा आएपछि उनले ८ वटा लिग उपाधि ४ वटा कोपा डेल रे, ७ वटा सुपर कोपा डे इस्पानिया, ४ वटा च्याम्पियन्स लिग, तीनवटा युइएफए सुपर कप र तीनवटा फिफा क्बल वल्र्ड कप उपाधि जितेका छन् । उनको नाममा ३९ वटा रेकर्ड दर्ता छन् । स्पेनिस क्लब बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल खेल्दै आइरहेका मेस्सीबारे रोचक तथ्यहरु जसबारे कमैलाई थाहा छ । 

 

१. लियोनल मेस्सीको जन्म सन् १९८७ को जुन २४ मा अर्जेन्टिनाको रारियो क्षेत्रमा भएको थियो । ११ वर्षको कलिलो उमेरमा उनको डाइगनोसिस गरिएको थियो । उनीमा उचाइ नबढ्ने समस्या देखिएको थियो । हर्मन डिफिसेन्सी सिन्ड्रोमबाट उनी ग्रसित थिए । उनको उपचारका लागि प्रत्येक महिना ९०० डलर खर्च आवश्यक पथ्र्यो जुन उनको परिवारले जुटाउन सकिरहेको थिएन । तर, यस्ता समस्या र कठिनाइकाबिच उनले फुटबलका कला कौशल सिक्न प्रयास गरिनै रहे । अन्ततः विश्वकै सर्वोत्कृष्ट खेलाडी बन्न सफल भए । फुटबलको ट्रिक्समा माहिर मानिएका मेस्सीलाई आर्सनल जस्तै भएको मानिन्नछ । एक जनाले निकै धेरै खेलाडीहरुलाई छलाएर गोल हान्न सक्ने खुबी उनीमा थियो र उनले विभिन्न खेलमा प्रमाणित समेत गरेका छन् । 

 

२. सायद कमैलाई थाहा छ लियोनल मेस्सीको मिडल नेम पनि रहेको छ । विश्वकै सर्वोत्कृष्ट खेलाडीको मिडल नेम ‘एन्ड्रिस’ हो । यो नाम उनलाई उनको पिताले दिएका हुन् । यो नाम दिनुमा परिवारका सदस्यहरुको आफ्नै मान्यता रहेको छ । उनीहरुका अनुसार मेस्सीका पुर्वजहरु इटालियनबाट बसाइ सरेर अर्जेन्टिनाको रोसारियो क्षेत्रमा आएका थिए । मेस्सीको यस नामबारे कमैलाई थाहा छ । उनको पुरा नाम लियोनल एन्ड्रिस मेस्सी हो । 

 

३. लियोनल मेस्सीबारे एउटा स्ट्राइकिङ तथ्य रहेको छ । उनी विश्वकै चर्चीत होचा स्टाइकरमा गनिन्छन् । उनको उचाइ १.६९ मिटर रहेको छ । उनको शरिरको उचाइ अन्य फुटबल खेलाडीहरुलाई लिएर तुलना गर्ने हो भने मेस्सीले शक्तिशाली डिफेन्सलाई कडा चुनौती दिने गरेका छन् । धेरै डिफेण्डरहरु लियोनल मेस्सीलाई रोक्न एकदमै कठिन हुने बताउँछन् । फुटबललाई आफ्नो खुट्टामा राखिराख्न उनी विभिन्न ट्रिकको प्रयोग गर्छन् । अन्य खेलाडीहरुको जस्तोसुकै चुनौतीलाई पनि मात दिन उनी तयार रहेका हुन्छन् । 

 

उनीबाट बल खोस्न अरु खेलाडीहरुलाई हम्मेहम्मे पर्छ । 

 

४. लियोनल मेस्सीले आफ्नो फुटबल करिअर ‘निवेल्स ओल्ड बोएज फुटबल क्लब’ बाट सुरु गरेका हुन् । उनले सन् १९९५ देखि २००० सम्म उक्त क्लबमा रहेर फुटबल खेलेका थिए । त्यसपछि उनले फुटबल क्लब बार्सिलोनामा आवद्ध भएका थिए । निकै कलिलो उमेर बार्सिलोना क्लबमा आवद्ध भएका मेस्सीको कला कौशल देखेपछि उनको उपचार खर्च समेत व्यहोर्ने सहमतिमा उनी बार्सिलोना क्लब गएका थिए । न्यापकिन पेपरमा उनले पहिलो कन्ट्रयाक गरेका थिए । 

 

५. सन् २००८ मा फिफा वल्र्ड प्लेयरको लागि मनोनय हुँदा उनी २१ वर्षका थिए । तर, उनले त्यस साल भने अवार्ड जित्न सकेनन् । सबैभन्दा कलिलो उमेरमा फिफा वल्र्ड प्लेयरको लागि मनोनयान पर्ने उनी पहिलो खेलाडी थिए । 

 

त्यसपछि उनले लगातार चार वर्ष अवार्ड जितेका थिए । 

 

६. सन् २००९ मा लियोनल मेस्सीले पहिलो ‘फिफा वल्र्ड प्लेयर अफ दि इयर’ जितेका थिए । त्यस समय उनी २२ वर्षका थिए । उनले त्यसपछि लगातार तीन वर्षसम्म अवार्ड जिते । लगतार चार वर्षसम्म अवार्ड जित्ने उनी पहिलो खेलाडी बन्न सफल भए । धेरै फुटबल पण्डितहरुले उनलाई फुटबल जगतकै सर्वोकृष्ट खेलाडी बताएका थिए । 

 

७. २४ वर्षको उमेरमा उनी बार्सिलोना क्लबको सबैभन्दा धेरै गोल गर्ने खेलाडी बन्न सफल भए । क्लब इतिहासमा नै सबैभन्दा धेरै ह्याट्रिक गर्ने खेलाडी समेत उनी बने । उनको खेल्ने शैली र मुभमेन्टका कारण सबै फ्यानहरु प्रभावित भएका थिए । उनीमा दुवै खुट्टाले गोल गर्न सक्ने क्षमता रहेको छ । उचाइ कम भए पनि उनीमा हेडिङमार्फत गोल गर्ने कला रहेको छ । 

 

८. स्पेनिस लिगमा सबैभन्दा सानो उमेरमा २०० गोल गर्ने उनीमात्र एक खेलाडी हुन् । उनले २५ वर्षको उमेर भित्र २०० गोल गरेका थिए । उनले एउटा सिंगल क्यालेण्डर इयरमा सबैभन्दा धेरै गोल गर्दै गिनिज बुकमा नाम लेखाएका छन् । स्पेनिस लिगमा सबै प्रतिस्पर्धी क्लबहरुविरुद्ध उनले गोल गरेका छन् । 

 

९. लियोनल मेस्सीमात्र एक त्यस्ता खेलाडी हुन् जसले लगातार तीनवटा युरोपियन गोल्डेन सुज अवार्ड जितेका छन् । युरोपियन लिगमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीलाई यो अवार्डद्धारा सम्मान गर्ने गरिन्छ । 

 

तीन सिजन लगातार युरोपियन गोल्डेन बुट जितेका यी खेलाडीलाई इतिहासकै सर्वोत्कृष्ट खेलाडी हुन् भन्दा कसैको दुईमत नहुने फुटबल पण्डितहरुको भनाइ रहेको छ । 

 

१०. लियोनल मेस्सी चार सिजन लगातार च्याम्पियन्स लिगमा टप स्कोरर रहेका छन् । युरोपका प्रतिष्ठित क्लबहरुको प्रतिष्पर्धा रहने यस लिगमा डिफेन्स उत्तिकै बलियो हुने गर्छ । त्यस्ता बलिया क्लबहरुको डिफेन्स लाइन चिर्दै उनले लगातार चार वर्षसम्म टप स्कोरर भएर देखाइदिए । लिगमा मात्र नभई च्याम्पियन्स लिगमा पाएको सफलताले पनि उनलाई विश्वकै सर्वोकृष्ट खेलाडी भएको पुष्टि गर्छ । 

 

११. मेस्सीसँग दुई देशको पार्सपोर्ट रहेको छ । उनी सन् २००५ मा स्पेनको नागरिक भएका थिए । 

 

१२. सन् २००५ मा उनले राष्ट्रिय टोलीबाट डेब्यु गरे । तर, उनले ४७ सेकेण्डमात्र खेले । मैदान पसेको ४७ सेकेण्ड हुन नपाउँदै उनी रातो कार्ड खाँदै बाहिरिएका थिए । 

 

१३. सन् २००८ मा बेइजिङमा भएको ओलम्पिकमा अर्जेन्टिनालाई गोल्ड मेडल दिलाउन उनी सफल भएका थिए । 

 

१४. १९ नम्बरको जर्सी लगाउने मेस्सीले सन् २००८ बाट १० नम्बरको जर्सी लगाउन थाले । त्यस अघि बार्सिलोनामा १० नम्बर जर्सी लगाएर खेल्ने खेलाडी रोनाल्डिनो थिए । 

 

१५. स्पेनको राष्ट्रिय टोलीबाट फुटबल खेल्न मेस्सीलाई आग्रह गरिएको थियो तर उनले अस्विकार गरिदिएका थिए । 

 

१६. साम्बा र कम्भी जस्ता म्युजिकल जेर्नी सुन्न मेस्सीलाई अत्यन्त मनपर्छ । 

 

१७. कन्ट्रयाक र इण्डोर्समेन्टबाट उनले दैनिक १ लाख २८ हजार डलर कमाउने गर्छन् । 

 

१८. १८० मिलियन अमेरिकी डलर सम्पत्तिका धनी मेस्सी फुटबल खेलाडीहरुमा दोस्रो धनी खेलाडी हुन् । पहिलो स्थानमा रहेका क्रिस्टियानो रोनाल्डोको २३० मिलियन अमेरिकी डलर रहेको छ । 

 

१९. मेस्सीले आफ्नो छोरा थियागोको नाममा खुट्टामा ट्याटु बर्नाका छन् । 

 

२०. मेस्सी गोल गरेपछि दुवै हात उचालेर भगवानलाई धन्यवाद भन्छन् । उनी त्यसबखत आफ्नी हजुरआमालाई सम्झिने गर्छन् । उनी १० वर्षको हुँदा उनकी हजुरआमाको मृत्यु भएको थियो । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

रवीन्द्र मिश्रले दिए विवेकशील साझाबाट राजीनामा

  • 2 hours ago
रवीन्द्र मिश्रले दिए विवेकशील साझाबाट राजीनामा

विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रले राजीनामा दिएका छन् । निवर्तमान अध्यक्षसमेत रहेका मिश्रले आज पार्टी अध्यक्ष समीक्षा बास्कोटासमक्ष राजीनामा दिएका हुन् ।

इटलीमा दक्षिणपन्थी पक्षका उम्मेदवार धेरै विजयी हुने प्रक्षेपण

  • 7 hours ago
इटलीमा दक्षिणपन्थी पक्षका उम्मेदवार धेरै विजयी हुने प्रक्षेपण

एजेन्सी । इटलीमा भएको संसदीय निर्वाचनमा दक्षिणपन्थी पक्षधर उम्मेदवारहरु धेरै विजयी हुने प्रक्षेपण गरिएको छ ।

रुसको एक विद्यालयमा गोली चल्यो

  • 7 hours ago
रुसको एक विद्यालयमा गोली चल्यो

एजेन्सी । मध्य रुसको इजेभस्क शहरको एक विद्यालयमा गोली चलेको छ । यस गोली प्रहारमा परी छ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २० घाइते भएका आन्तरिक मन्त्रालयले सोमबार जानकारी दिएको छ ।



पर्यटन

काठमाडौँका सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्छ: पर्यटनमन्त्री

काठमाडौँका सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्छ: पर्यटनमन्त्री

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको काठमाडौँ उपत्यकाको सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्ने बताएका छन् ।

जीवनशैली

नवरात्रको पहिलो दिनः घरघरमा घटस्थापनासहित जमरा राखिँदै

नवरात्रको पहिलो दिनः घरघरमा घटस्थापनासहित जमरा राखिँदै

नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्दै छन् ।

विचित्र विश्व

भारतीय काँग्रेसको अध्यक्षमा शशी थारुरले उम्मेदवारी दर्ता गर्ने

भारतीय काँग्रेसको अध्यक्षमा शशी थारुरले उम्मेदवारी दर्ता गर्ने

एजेन्सी । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसको अध्यक्ष पदका लागि वरिष्ठ नेता शशी थारुरले उम्मेदवारी दर्ता गर्ने भएका छन्। सङ्घीय संसदको सांसद समेत रहेका थारुरले यही सेप्टेम्बर ३० मा उम्मेदवारी दर्ता गर्ने भएका हुन् । उनले भने, “काँग्रेसका देशभरीका प्रतिनिधिहरुले मलाई उम्मेदवारी दर्ताका लागि उत्प्रेरित गरेका छन्, त्यसैले उनीहरुको भावना र आग्रह अनुसार मैले उम्मेदवारी दर्ता गर्न लागेको हुँ ।”