विश्वभरका एकाउन्टेन्टहरुको ग्लोबल संस्थामा दाहाल उम्मेदवार

  • बिहीबार, २४ जेष्ठ, २०७५
  • 2 years ago
  • युके

लण्डन । विश्वभरका प्रोफेसनल एकाउन्टेन्टहरुको संस्था 'एसिसीए यूके'को काउन्सिल मेम्बरमा बेलायतमा क्रियाशिल नेपाली एकाउन्टेन्ट कृष्णप्रसाद दाहाल पनि उम्मेदवार बन्ने भएका छन् । 

 

विश्वभरका २ लाख बढि क्वालिफाइड तथा प्रोफेसनल एकाउन्टेन्टहरु सदस्य रहेको एसिसीए यूकेको काउन्सिल निर्वाचन आउंदो अक्टोबर महिनामा हुंदैछ । सो निर्वाचनमा काउन्सिल मेम्बरका ३६ वटा पदमा एसिसीए यूकेका विश्वभरका सदस्य एकाउन्टेन्टहरुमाझ निर्वाचन हुनेछ । 

 

२० वर्षभन्दा लामो समयदेखि व्यवसायिक एकाउन्टेन्टका रुपमा सक्रिय दाहाल पछिल्लो  १२ वर्षदेखि बेलायतमा कार्यरत छन् । नेपालका प्रोफेसनल एकाउन्टेन्टहरुको संस्थाका 'आइक्यान'मा पनि दाहालले सन् २००३ देखि २००६ सम्म काउन्सिल मेम्बरका रुपमा निर्वाचित भएर काम गरेका थिए । 

 

सन् २०१८ को लागि एसिसीए यूकेको काउन्सिल मेम्बरमा उम्मेदवारी घोषणा गर्दै दाहालले विश्वभरका प्रोफेसनल एकाउन्टेन्टहरु आबद्ध प्रतिष्ठित संस्थाको काउन्सिल मेम्बरका रुपमा संस्थालाई अझ बढि समावेशी, ग्लोबल र प्रभावशाली रुपमा अघि बढाउने प्रतिबद्धता गरेका छन् । 

 

'विकास र बिस्तारको ठूलो सम्भावना बोकेको यो ग्लोबल संस्थाको सदस्यको रुपमा म निकै गौरवान्वित छु ।  मैले संस्थाका सम्पुर्ण सदस्य एकाउन्टेन्टहरुलाई आव्हान गर्न चाहन्छु कि मलाई काउन्सिल मेम्बरमा निर्वाचित गरेर संस्थामा योगदान गर्ने मौका दिनुहोस्', दाहालले अपील गरेका छन्,  'संस्थाको ग्लोबल पहिचान, व्यवसायिक मुल्य, मान्यता,  ग्लोबल विज्ञता, प्राविधिक सीप र च्यारिटी स्पिरिटलाई परिस्कृत गर्दै विश्वभर उत्कृष्ट व्यवसायिक शिक्षाको बिस्तार गर्ने अभियानमा म आफ्नो अनुभव र क्षमता लगानी गर्न चाहन्छु ।'

 

दाहालले विभिन्न ३ वटा मुल एजेण्डासहित आफुलाई सदस्य एकाउन्टेन्टहरुमाझ प्रस्तुत गरेका छन् । एसिसीएलाई विश्वका हरेक क्षेत्र र मुलुकमा रिकगनाइज गराउन पहल गर्ने, एसिसीए शिक्षा र सदस्यताको लागि लाग्ने शुल्क ठाउं र त्यहांको आर्थिक क्षमताअनुसार समायोजन गराउने तथा विकासशिल देशहरुका क्षमतावान विद्यार्थीलाई प्रोत्साहन गर्न संस्थाबाट आवश्यक सहयोग गराउने लगायतका एजेण्डा अघि सारेका छन् । 

 

यसपटकको निर्वाचनमा आफुलाई सफलता मिल्नेमा दाहाल आशावादी छन् । तेस्रो विश्वका मुलुकहरुका एकाउन्टेन्टहरुको प्रतिनिधी उम्मेदवारका रुपमा पनि आफु बलियो उम्मेदवार रहेको उनको तर्क छ । 

 

'गत वर्ष नेपालमै कार्यरत एकजना एकाउन्टेन्टले प्रतिस्पर्धा गर्नुभएको थियो, वहां पराजित हुनुभए पनि सम्मानजनक मत प्राप्त गर्नुभयो । मैले त बेलायतमै १२ वर्ष यहि क्षेत्रमा काम गरिसकेको एकाउन्टेन्टका रुपमा पनि थुप्रै मतहरु आकर्षित गर्न सक्छु । त्यो अर्थमा मलाई निर्वाचन जित्न सहज हुनेछ', दाहालले भने । 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

अनेरास्ववियू उपत्यका स्तरिय भेलामा प्रचण्डको ‘उत्तेजक’ भाषण

  • 4 hours ago
अनेरास्ववियू उपत्यका स्तरिय भेलामा प्रचण्डको ‘उत्तेजक’ भाषण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद विघटनविरुद्धको आन्दोलनमा टाउको फुटाउन तयार रहेको बताएका छन् । आइतबार काठमाडौँमा भएको नेकपाको प्रचण्ड–नेपाल पक्षको अ

अष्ट्रेलिया र युट्युबको लागि बेचियो ‘डिसेम्बर फल्स’

  • 5 hours ago
अष्ट्रेलिया र युट्युबको लागि बेचियो ‘डिसेम्बर फल्स’

काठमाडौँ । निर्माणाधिन फिल्म ‘डिसेम्बर फल्स’को युट्युब र अष्ट्रेलिया प्रदर्शन अधिकार एजुकेसन एण्ड माइग्रेसन कर्नरले खरिद गरेको छ । निर्माता रामप्रसाद रिजालको जन्मदिन पारेर आइतबार पोखराको बिन्दबासिनी म

आगोले नै निभायो आगो

  • 5 hours ago
आगोले नै निभायो आगो

मनाङ । जिल्लाका जङ्गलमा लागेको डढेलो अझै पूर्ण नियन्त्रणमा आउन सकेको छैन । नासो गाउँपालिकास्थित दानाक्यु पारी रुखका ठुटामा आगो बलिरहेको देखिन्छ । स्थानीयवासी र अन्नपूर्ण संरक्षण क्षेत्रको पहलमा जिल्ला



पर्यटन

पर्यटकीयस्थल रावाढाप

पर्यटकीयस्थल रावाढाप

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्यअन्तर्गत मुन्धुम पदमार्गमा पर्ने खोटाङ र भोजपुरको सिमानास्थित पर्यटकीयस्थल रावाढाप । चौंरीखर्कका रुपमा रहेको रावाढापबाट उच्च हिमाली श्रृङ्खलाका साथै तराईका फाँट दृश्यावलोकन गर्न सकिन्छ ।

जीवनशैली

कोरोना उपचारमा आयुर्वेदिक औषधि उपयोगी

कोरोना उपचारमा आयुर्वेदिक औषधि उपयोगी

काठमाडौं । डा. अमिरबाबु श्रेष्ठ थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालका पूर्वनिर्देशक छन्। सोही अस्पतालमा कार्यरत डा. श्रेष्ठ गत कात्तिकमा कोरोनाबाट सङ्क्रमित भएपछि आयुर्वेदिक औषधिकै प्रयोग गरेर निको भए ।