काठमाडौँ उपत्यकामा जोखिम बढेकाले लकडाउनको पालना गरौँ

  • बिहीबार, १ जेष्ठ, २०७७
  • 11 months ago
  • नेपाल

काठमाडौँ । पछिल्लो समय काठमाडौँ उपत्यकामा कोभिड–१९ जोखिम बढ्दै गएकाले लकडाउन उल्लङ्घन नगर्न आग्रह गरिएको छ । उपत्यकामा मङ्गलबार तथा बिहीबार कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको भन्दै थप सतर्कता आवश्यक रहेकाले लकडाउन पूर्णपालना गर्न सबैलाई आग्रह गरिएको हो ।   

 

लकडाउनको उल्लङ्घन गर्दै जाने हो भने नियन्त्रण गर्न नसक्ने अवस्था सिर्जना हुने भन्दै स्थानीय, प्रदेश र सङ्घीय सरकार गम्भीर भएर लकडाउन कडाइका साथ कार्यान्वयन गर्नेतर्फ केन्द्रित हुनुपर्ने काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शाक्यले बताए ।

 

“आवतजावतको होडबाजीले थप समस्या हुन्छ । हामी शुरुदेखि नै उपत्यकाबाट हुने आवतजावतमा कडाइ गर्दै उपत्यकाको चहलपहललाई खुकुलो पार्नुपर्छ भन्दै आएका छौँ”, शाक्यले भने, “तर, सरकारी गाडी र पासको समेत दुरुपयोग गर्दै निर्वाधरुपमा उपत्यका भित्रिने क्रम नरोकिएको भन्ने जानकारी आएको छ । हिजोको घटनाले पनि त्यही कुराको पुष्टि गर्छ । अब पनि हामी सचेत नहुने हो भने अवस्था नियन्त्रण बाहिर जानसक्छ । त्यसैले हामी सबै सचेत हुन जरुरी छ”, शाक्यले भने । उनले केही कठिनाइका बीचमा पनि लामो समयदेखि उपत्यकावासीले लकडाउनको पूर्णपालना गरेर सहयोग गरेको भन्दै अझै केही समय धैर्य गर्न आग्रह गरे ।


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

काठमाडौँमा कोराना संक्रमण बढ्दो

  • 1 hour ago
काठमाडौँमा कोराना संक्रमण बढ्दो

काठमाडौँ । काठमाडौँमात्रै ५५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसै ललितपुरका १०५ जनामा र भक्तपुरमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोनाका कारण थप ११ जनाको मृत्यु

  • 1 hour ago
नेपालमा कोरोनाका कारण थप ११ जनाको मृत्यु

काठमाडौँ । नेपालमा कोरोनाका कारण थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाका कारण हालसम्म ३ हजार १०२ जनाको ज्यान गएको छ ।

नेपालमा थप १७३६ जनामा कोरोना संक्रमण

  • 1 hour ago
नेपालमा थप १७३६ जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा थप १७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले एन्टीजेन र पिसिआर परीक्षणबाट थप १७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।



पर्यटन

आज सेतो मच्छेन्द्रनाथको रथयात्रा हुँदै

आज सेतो मच्छेन्द्रनाथको रथयात्रा हुँदै

काठमाडौँ । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोना सङ्क्रमणबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर गर्ने तयारी गरिएको छ ।

जीवनशैली

यी खानेकुरामा दही मिसाएर खानुहोस्

यी खानेकुरामा दही मिसाएर खानुहोस्

एजेन्सी । दही स्वास्थ्यका लागि राम्रो खुराक मानिन्छ । यो दुधभन्दा पनिब बढी फाइदाजनक हुन्छ । यसमा प्रोटिन, क्यालसियम, भिटामिन–वी जस्ता पोषक तत्वहरु हुन्छन् । यसलाई खानाले शरिरलाई लाभदायक गर्छ ।

विचित्र विश्व

दिल्लीमा कोरोना कहरः मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमतीलाई कोरोना संक्रमण

दिल्लीमा कोरोना कहरः मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमतीलाई कोरोना संक्रमण

एजेन्सी । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमती सुनीता केजरीवाललाई कोरोना संक्रमण भएको छ । श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएसँगै मुख्यमन्त्री केजरीवालले आफुलाई आइसोलेट गरेका छन् ।