भारतीय फिल्म स्टार कमल हसन राजनीतिमा आउने !
- रासस/एएफपी
- शुक्रबार, २५ साउन, २०७५
- 2 years ago
- कला र मनोरञ्जन
- अन्तर्राष्ट्रिय

मुम्बइ । भारतीय फिल्म स्टार कमल हसन राजनीतिमा आउने तयारी गरेका छन् । झण्डै आधा शताब्दीदेखि फिल्म क्षेत्रमा सक्रिय हसनले झण्डै २०० ओटा फिल्ममा काम गरेका छन् ।
उनलाई भारतको फिल्म क्षेत्रमा सम्मानित दिइने व्यक्तिका रुपमा लिइन्छ । फिल्म सेन्सरसिपको झमेलामा परेका ६३ वर्षीय हसनले हालै आफ्नो नयाँ राजनीतिक पार्टी गठन गरेका छन् । उनले सो पार्टी मार्फत् कलाकारहरूको अधिकार र स्वतन्त्रताका लागि लड्ने योजना पनि बनाएका छन् ।
“यस्तो देशभरी नै भइरहेको छ, यो निकै चुनौतीपुर्ण पनि छ, सवै कलाकारले अव आफ्नो अधिकारका लागि बोल्ने छन्,” एएफपीसँगको एउटा अन्तर्वार्तामा उनले तमिलनाडुमा भने ।
थुप्रै पुरस्कार तथा सम्मान प्राप्त गरेका र ‘बक्स अफिस’मा लोकप्रियता हासिल गरेका कलाकारहरुले त्यो लोकप्रियतालाई मतपेटिकामा रुपान्तरण गर्ने अपेक्षा गरिएको छ ।
हसनले ‘मक्का निधी मैम’ नामक पार्टी गत फेब्रुअरीमा गठन गरेका थिए । तमिलनाडुलाई आधार बनाएर बनाइएको पार्टीलाई स्थानीय भाषामा जनताको न्याय केन्द्र भनिएको छ ।
यो पार्टीले आगामी आम निर्वाचनमा पहिलो पटक भाग लिने बताइएको छ । सन् २०१९ मा हुने निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीले पनि दोस्रो कार्यकालका लागि प्रधानमन्त्री हुनेगरी प्रतिस्पर्धा गर्ने भएका छन् ।
हसनले आफ्नो पार्टी वाकस्वतन्त्रताका लागि लड्नुका साथै धार्मिक विविधताको राष्ट्रिय विषेशताको रक्षाका लागि क्रियाशिल रहेको बताएका छन् ।
मैले अहिलेको अवस्थालाई चुनौती दिन चाहन्छु, मैले केन्द्रियताका लागि यो गरिरहेको छैन, मेरो उद्धेश्य पुरा भएपछि मैले राजीनामा दिन चाहन्छु, उनले भने।
हसनले भारतका तमिल, तेलुगु, मालायालाम र हिन्दी भाषाका धेरै फिल्महरु उत्पादन गर्ने, निर्देशन गर्ने र गित गाउने गरेका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
बिरामी, रोगी भएर औषधि खाँदै हिड्नु पर्ने नेताहरु बेमतलवको झगडामा अल्झेका छन्ः पूर्व प्रधानन्यायाधीश कार्की
- 5 hours ago

काठमाडौँ । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले पुराना नेताले काम गर्न नसक्ने भन्दै सबै पार्टीका ७० वर्ष काटेका नेताले विश्राम लिएर नयाँ पुस्तालाई नेतृत्व सुम्पन आग्रह गरेकी छिन् । प्रजातान्त्रिक विच
उखु किसानको बक्यौता रकम शीघ्र भुक्तानी गर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह
- 6 hours ago
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले चिनी उद्योगीले उखु किसानलाई दिनुपर्ने बक्यौता सम्पूर्ण रकम दिन आग्रह गरेको छ । सरकारसँग भएको सम्झौताअनुरूप सम्झौताको २१ दिनभित्र दिनुपर्नेमा आंशिक मात्र प्राप्त
सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक
- 6 hours ago

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने
पर्यटन
सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।
जीवनशैली
वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
विचित्र विश्व
जब रक्सीले मात्तिएका पिताले आफ्नो १० वर्षिय छोरालाई जिउँदै जलाउने प्रयास गरे

एजेन्सी । भारतस्थित हैदराबादको कुकटपल्लीमा एक जना पिताले आफ्नो १० वर्षिय छोरालाई जिउँदै जलाउने प्रयास गरेका छन् । रक्सीले मात्तिएका उनले आफ्नो छोरालाई जिउँदै जलाउने प्रयास गरेका हुन् ।