बेलायती संसद पुगेर टोइक पीडितले गरे अर्को अंग्रेजी परीक्षा माग

लण्डन । विगत चार वर्षदेखि होम अफिसको संघीन आरोप सहेर संघर्ष गरिरहेका बेलायतस्थित विदेशी विद्यार्थीहरुको एक समूहले मंगलबार बेलायती संसदमै पुगेर एक प्रभावशाली लबी सम्पन्न गरेको छ ।

 

अंग्रेजी भाषा परीक्षा टोइकको २ परीक्षा केन्द्रमा भएको अनियमितताका कारण  होम अफिसले यूकेभरका ३३ हजार विद्यार्थीलाई सामूहिक आरोप लगाएको थियो ।

 

सरकारले अर्को अंग्रेजी परीक्षाको मौका नदिएर सिधै भिसा रिफ्युज गर्ने, कर्टेल ( दिएको भिसा पनि खोस्ने) गर्ने, धरपकड गर्ने, जेल हाल्ने र जबरजस्ती स्वदेश डिपोर्ट गर्ने निर्दयी कार्य गर्दै आइरहेको छ । जसको चौतर्फी विरोध भइरहेको छ भने अदालतद्वारा पनि यथेष्ट प्रमाण बिना यसो नगर्नु भन्दै केही निर्णयहरु भएका छन् ।

 

विद्यार्थीहरुलाई अर्को अंग्रेजी भाषा परीक्षा दिन लगाउने वा होम अफिसले नै अन्तवार्ता लिएर यो लथालिंग अवस्थालाई टुंगोमा पुर्याउन अनुरोध र दबाब दिने यो लबीको मुख्य उद्धेश्य  थियो ।

 

 

माइग्रेन्ट भ्वाइस र टोइक पीडित विद्यार्थीको संयुक्त आयोजनमा भएको कार्यक्रममा बेलायती एमपीहरु रुसरना अली, रुथ क्याडवरी, स्टेफन टिम्स, विरेन्द्र शर्मा लगायतका एमपीहरुको संलग्नता रहेको उक्त कार्यक्रममा केही ब्यारिस्टरहरु पनि उपस्थित थिए ।

 

अब छिट्टै बेलायती संसदमा  यो भाषा परीक्षाको लागि एकदिने डिबेट गर्ने आश्वासन सांसदहरुले दिएका थिए ।  उनीहरुले होम अफिसबाट टोइक पीडित विद्यार्थीहरुमाथि भएको अन्याय र दुव्र्यवहारको चर्को आलोचना समेत गरेका थिए । लबीमा विद्यार्थी,सिएनएन,गार्डियन लगायत मूलधारे पत्रिकाका पत्रकार ,मिडीयाकर्मी ,मान अधिकारकर्मीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

 

यो टोइक भाषा परीक्षाको केसबाटट प्रभावित हुने नेपाली विद्यार्थीको संख्या करिब १३ सय छ ।

 

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

जनकपुरमा साहित्य महोत्सव

  • 4 minutes ago
जनकपुरमा साहित्य महोत्सव

जनकपुर । बुधबारदेखि जनकपुरमा साहित्य महोत्सव सुरु हुने भएको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी साहित्य महोत्सव सुरु हुने जानकारी दिएको हो । महोत्सवमा हरेक क्षेत्रबाट प्रतिनिधिमूलक सहभागित

चीनमा २५० नयाँ अर्बपति थपिए

  • 5 minutes ago
चीनमा २५० नयाँ अर्बपति थपिए

एजेन्सी । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।

कर्णालीका सुर्खेतबाहेक सबै जिल्ला कोरोना सङ्क्रमणमुक्त

  • 11 minutes ago
कर्णालीका सुर्खेतबाहेक सबै जिल्ला कोरोना सङ्क्रमणमुक्त

कर्णली । कर्णाली प्रदेशका १० मध्ये नौ जिल्ला कोभिड–१९ को सङ्क्रमणमुक्त भएका छन् ।



पर्यटन

महोत्तरीमा नगर महोत्सवको लहर

महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।

जीवनशैली

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभाव पारेको हो ।