इन्स्टाग्राममा दम्पत्तिको फोटो हालेको भन्दै १६ वर्षको जेल सजाय

एजेन्सी । इरानको एक सामाजिक मिडिया इंफ्लुयन्सर अहमल मोइन शिराजी र उनको पत्नी शबनाम शाहरोखीलाई एक अदालतले १६ वर्षको जेल सजाय र ७४ कोर्रा हान्ने सजाय सुनाएको छ । यो सुनुवाईको ती जोडीको अनुपस्थितिमा गरिएको हो । उनीहरु सन् २०१९ मा नै इरान छोडेर टर्की गइसकेका थिए । 

 

शिराजीले हालै आफ्नो इन्स्टाग्राममा पोस्टमा भनेका थिए कि उनी र उनको श्रीमतीलाई सरकारविरुद्ध प्रचार गरेको आरोप लागेको थियो । उनीहरुमाथि अश्लिल पोस्ट गरेको समेत आरोप लागेको थियो । 

 

शिराजी र उनकी पत्नी शबनम दुई बच्चाहरुका साथ टर्कीमा रहँदै आइरहेका छन् । शिराजीले आफुहरु दोषी नभएको बताएका छन् । इरानी अदालतले आफुलाई दोषी प्रमाणित गर्न हरसम्भव प्रयास गरेको र सोही कारण इरान छोड्ने निर्णय गरेको उनले बताएका छन् ।

 

शिराजी पुर्व किक बक्सिंग च्याम्पियन हुन् । उनको इन्स्टाग्राममा १५ लाखभन्दा बढी फलोअर्स रहेका छन् । दम्पत्तीहरुले इरानी अदालतले सुनाएको सजाय आफ्नो वकिलमार्फत थाहा पाएको बताएका छन् ।    

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयका सबै सेवा बन्द

  • 14 minutes ago
ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयका सबै सेवा बन्द

काठमाडौँ । ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयका सबै सेवा बन्द भएका छन् । कर्मचारीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको भन्दै सम्पूर्ण सेवाहरु बन्द गरेको हो । कार्यालयले एक सूचना जारी गर्दै अर्क

‘कोरोनाको दशैं’ गीत सार्वजनिक

  • 46 minutes ago
‘कोरोनाको दशैं’ गीत सार्वजनिक

काठमाडौँ । गायक बुद्दि श्रेष्ठ र गायिका कल्पना दाहालको आवाजमा रहेको गीतमा यादव देवकोटा (सरापे) र सुशिला निरौला (बिमली) को मुख्य अभिनय रहेको छ भने नवदुर्गा पौडेल, सन्तु गुरुङ, चन्दा बिडारी र स्वय

झापामा झट्का मेसिनको प्रयोग गरिँदै, जङ्गली हात्ती छेक्न सकिने

  • 55 minutes ago
झापामा झट्का मेसिनको प्रयोग गरिँदै, जङ्गली हात्ती छेक्न सकिने

दमक । भद्रपुर नगरपालिका–९ मा जङ्गली हात्तीलाई मानव बस्तीतिर प्रवेश गर्न नदिन पहिलोपल्ट झट्का मेसिनको प्रयोग गरिएको छ ।



पर्यटन

हुडिकोट

हुडिकोट

पोखरा । पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित हुडिकोट हाइकिङसँगै दृश्यावलोकनका लागि पर्यटकको रोजाइमा पर्दै गएको छ ।

जीवनशैली

के तपाईलाई पानी पिउन आउँछ ?

के तपाईलाई पानी पिउन आउँछ ?

एजेन्सी । हाम्रो शरीरलाई आवश्यक पानी पुगेन भने विभिन्न रोग लाग्न सक्छ । पानीको कमीले शरीरभित्र मात्र होइन, शरीरबाहिर छालामा पनि नकारात्मक असरहरू देखा पर्न सक्छन् । कहिले धेरै, कहिले थोरै पानी खानु हुँदैन । खानेकुरा र पानीको मात्रा मिलाएर मात्रै सेवन गर्न जरुरी छ ।