हुवावेकी वित्तीय प्रमुखमाथि अमानवीय व्यवहार भएको चीनको दाबी

बेइजिङ । चीनले भीमकाय दूरसञ्चार कम्पनी हुवावेकी वित्तीय प्रमुख मेङ वान्झाउमाथि क्यानाडाले अमानवीय व्यवहार गरेको भन्दै कडा शब्दमा निन्दा र आलोचना गरेको छ । अमेरिकी आग्रहमा क्यानाडामा पक्राउ परेकी मेङलाई अमेरिका सुपुर्दगी गर्ने योजना छ । 

 

चीनले मेङलाई जेलभित्र पर्याप्त औषधि उपचारको व्यवस्था नगरिएको आरोप लगाएको छ । 

 

मेङले क्यानाडाको भ्यानकुभरस्थित अदालतमा मुद्दा दर्ता गरेका छन् । उनले क्यानाडाली जेलबाट जमानतमा रिहा हुन पाउनुपर्ने जिकिर गरेका छन् । हुवावेले अमेरिकी आग्रह र प्रतिबन्ध विपरीत इरानसँग आर्थिक कारोबार गरेको अमेरिकी आरोप छ । 

 

डिसेम्बर १ मा भ्यानकुभरमा पक्राउ परेकी मेङलाई क्यानाडाको एक अस्पतालमा उच्च रक्तचापको उपचार गरिएको छ । चीनको सरकारी अखबार ग्लोबल टाइम्सले मेङलाई क्यानाडेली अधिकारीहरुले पर्याप्त स्वास्थ्य उपचारको सुविधा उपलब्ध नगराएको बताएको छ । 

 

“हाम्रो विचारमा यो अमानवीय कार्य हो र उपचार गर्न पाउने व्यक्तिको नैसर्गिक अधिकारको उल्लङ्घन हो,” चीनको विदेश मन्त्रालयका प्रवक्ता लू काङले नियमित पत्रकार सम्मेलनमा बताए । 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

६ विद्यार्थी संगठनले आयल निगम घेराउ गर्ने

  • 4 minutes ago
६ विद्यार्थी संगठनले आयल निगम घेराउ गर्ने

काठमाडौँ । पेट्रोलियम पदार्थको मुल्यवृद्धि गरिएको विरोधमा ६ विद्यार्थी संगठनले नेपाल आयल निगम घेराउ गर्ने भएका छन् । अखिल क्रान्तिकारी, अनेरास्ववियु पाँचौं लगायतका ६ संगठनले बुधबार मध्यान्ह १२

मोरङमा माटोको ढिस्कोले पुरेर १ जनाको मृत्यु, २ जना घाइते

  • 20 minutes ago
मोरङमा माटोको ढिस्कोले पुरेर १ जनाको मृत्यु, २ जना घाइते

मोरङ । मोरङमा माटोको ढिस्कोले पुरेर १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । सुनवर्षी नगरपालिका– ४ गान्धी आश्रम बस्दै आएकी २० बर्षीया बन्सुगिया यादवको माटोको ढिस्कोले पुरेर मृत्यु भएको हो ।

जनकपुरमा साहित्य महोत्सव

  • 32 minutes ago
जनकपुरमा साहित्य महोत्सव

जनकपुर । बुधबारदेखि जनकपुरमा साहित्य महोत्सव सुरु हुने भएको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी साहित्य महोत्सव सुरु हुने जानकारी दिएको हो । महोत्सवमा हरेक क्षेत्रबाट प्रतिनिधिमूलक सहभागित



पर्यटन

महोत्तरीमा नगर महोत्सवको लहर

महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।

जीवनशैली

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभाव पारेको हो ।