गोर्खाहरुलाई बेलायती परिवेसमा घुलमिल गराउने दौड

Norvic Hospital
  • शुक्रबार, १५ आषाढ, २०७५
  • 3 years ago
  • युके

लण्डन । बेलायती सेनामा भर्ती भएर नेपालबाट बेलायत आउने गोर्खाहरुलाई सुरुमा ३९ साता लामो तालिम प्रदान गरिन्छ ।

 

बेलायतको क्याटरिक ग्यारिसनमा नयां भर्ती भएका गोर्खाहरुलाई गराइने तालिममा मिलिटरी सीप र कौशलका अलावा अंग्रेजी भाषा तथा बेलायती समाज र संस्कृतिबारे पनि कैयौं कुरा सिकाउने कोशिस गरिन्छ । 

 

पछिल्ला केहि वर्षहरुदेखि यहि तालिमको एउटा अभिन्न अंग बनेको छ 'सिम्प्लीहिथ ग्रेट नर्थ रन' । बेलायती सेनाको करियर सुरु गर्नुअघि बेलायती परिवेससंग परिचित र घुलमिल बनाउने उद्धेश्यले गराइने विभिन्न गतिविधीहरुमध्ये एक हो यो दौड । 

 

पछिल्लो ७ वर्ष यता हरक वर्ष तालिममा रहेका नयां रिक्रुट गोर्खाहरु यो दौडमा सहभागी हुंदै आएका छन् । यसपटक पनि अहिले क्याट्रिक ग्यारिसनमा तालिममा रहेका करिब २ सय गोर्खाहरुले यो दौडमा भाग लिएका छन् । 

 

६ दशमलव २ माइल दुरीको यो दौडका क्रममा गोर्खाहरु न्युक्यासल, गेट्सहेड लगायतका बेलायतका ऐतिहासिक महत्वका कतिपय ठाउंहरु हुंदै अन्तर्राष्ट्रिय रंगशालासम्म पुगे । 

 

दौडका सहभागीमध्येका एक सर्जेन्ट दिपेश राईले दौड निकै रमाइलो र सिकाइका हिसाबले उपलब्धीपुर्ण रहेको अनुभव सुनाए । दौडका क्रममा बेलायतका विभिन्न महत्वपुर्ण स्थान देख्ने, हेर्ने , नयां अनुभवहरु सिक्ने र स्थानीय समुदायबाट ठूलो साथ, समर्थन प्राप्त गर्ने अवसर पाएको उनले बताए । 

 

यो दौडका व्यवस्थापक केरी सिम्पसनले गोर्खाहरुले विगत ७ वर्षदेखि हरेक वषृमा दौडमा सहभागिता जनाउंदै आएको बताए । गोर्खाहरुसंगै दौडमा भाग लिन स्थानीय समुदाय निकै उत्सुक र गौरवान्वित हुने गरेको उनले सुनाए । 

 

पछिल्लो १० वर्षदेखि यो दौड सञ्चालन हुंदै आएको छ । 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

प्रधानन्यायाधीशले तोके आफ्नै इजलास

  • 7 minutes ago
प्रधानन्यायाधीशले तोके आफ्नै इजलास

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूसहितको इजलास तोकेका छन्। दुई दिनसम्मको शून्य सुनुवाइको अवस्था रोक्नलाई प्रधानन्यायाधीश जबराले आफ्नै इजलास तोकेका हुन्। प्रधानन्यायाधीश जबराले

बाढी प्रभावितलाई एनआरएनएको सहयोग

  • 17 minutes ago
बाढी प्रभावितलाई एनआरएनएको सहयोग

काठमाडौँ । भारी बर्षाको कारण सुदूरपश्चिम प्रदेशको कञ्चनपुरस्थित महाकाली नदिमा आएको बाढीको प्रभावले बिस्तापित भिमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका अति प्रभावित ३०० घरधुरी बिपन्न परिवारलाई गैरआ

आज आर्यन खानले जमानत पाउँलान् त ?

  • 17 minutes ago
आज आर्यन खानले जमानत पाउँलान् त ?

एजेन्सी । मुम्बई क्रुज ड्रग्स मामलामा पक्राउ परेका शाहरुख खानका छोरा आर्यन खानको जमानत याचिकामा आज बम्बे हाइ कोर्टमा सुनुवाई हुँदैछ ।



पर्यटन

माल्दिभ्समा अक्टोबरमा एक लाख भन्दा बढी पर्यटक आगमन

माल्दिभ्समा अक्टोबरमा एक लाख भन्दा बढी पर्यटक आगमन

एजेन्सी । अक्टोबरमा हालसम्म एक लाखभन्दा बढी पर्यटकहरुले माल्दिभ्सको भ्रमण गरेका छन् ।राज्यको स्वामित्वमा रहेको पीएसएम न्यूजले यहाँको पर्यटन मन्त्रालयको तथ्यांकलाई उद्धृत गर्दै मंगलबार उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।

जीवनशैली

मरिच खानुका फाइदाहरु

मरिच खानुका फाइदाहरु

एजेन्सी । मरिचलाई खानाका परिकारमा मात्रै नभएर विभिन्न घरेलु औषधिका रुपमा पनि प्रयोग गर्न सकिन्छ । पेट, छाला र हाडसँग जोडिएका समस्याहरुका लागि मरिच धेरै नै प्रभावकारी मानिन्छ । यस्ता छन् औषधिय मरिचका फाइदाहरुः

विचित्र विश्व

सर्वसाधारण युवकसँग विवाह गरेपछि जापानकी राजकुमारीको राजकीय पद गुम्यो

सर्वसाधारण युवकसँग विवाह गरेपछि जापानकी राजकुमारीको राजकीय पद गुम्यो

एजेन्सी । जापानकी राजकुमारी माकोले सर्वसाधारण एक युवकसँग बिवाह गरेकी छन् । विवादका बीच उनले मंगलबार सामान्य प्रक्रिया अपनाएर बिवाह गर्दै राजदरबारबाट बाहिरिएकी छन् । त्यसअघि उनले आफ्ना बुवा युवराज फुमिहितो र युवराज्ञी किकोलाई निहुरिएर विदाई अभिवादन गरेकी थिइन् भने आफ्नी बहिनीलाई अँगालो हालेकी थिइन् ।