ग्रिनवीच कपमा फुटबल र भलिबल दुवै प्रतियोगिता हुंदै

  • शुक्रबार, २९ आषाढ, २०७५
  • 2 years ago
  • युके

मन्दिप केसी, लन्डन । नेपाली युथ एशोसिएसनको आयोजनामा यही ११ अगस्टमा ग्रीनवीच कप फुटबल र भलिबल प्रतियोगिता हुने भएको छ । सो प्रतियोगिता बेलायतमा हुने अरु प्रतियोगिताहरु भन्दा भिन्न तरिकाले गरिने आयोजकको दाबी छ ।

 

एशोसिएसनका सभापति लक्ष्मण गुरुङका अनुसार उक्त कार्यक्रम फुटबल र भलिबल प्रतियोगितामा मात्र सिमित नभएर अरु थुप्रै मनोरन्जात्मक खेलहरु , खानाको ईस्टल , सांगीतिक कार्यक्रमहरु , तथा बालबच्चाहरुलाई खेल्ने ठाउंको पनि व्यवस्था गरने भएको  छ ।

 

वुल्वीचस्थित रोयल आर्टिलरी ब्यारेकको फुटबल मैदानमा सञ्चालन हुने प्रतियोगितामा १६ फुटबल टोली र १२ भलिबल टोलीको सहभागिता रहने आयोजक संस्थाका उपसभापति राजन खकुरेलले जानकारी दिए । प्रतियोगिताको विजेता टोलीले आकर्षक ट्रफी सहित १५ सय पाउण्ड नगद प्राप्त गर्ने एशोसिएसनका सभापति लक्ष्मण गुरुङले बताए ।

 

फुटबल प्रतियोगिता संयोजक अमिर गुरुङका अनुसार दोश्रो हुनेलाई ८०० नगद सहित मेडल प्रदान गरिनेछ तथा सेमिफाईनलमा पुग्ने टिमलाई २०० नगद प्रदान गरिनेछ । संस्थाका उपसभापति डा. सुदर्शन गुरुङले साउथ ईष्ट लन्डनकै सबैभन्दा ठुलो आकर्षक फुटबल र भलिबल प्रतियोगितालाई सबै संघसस्था मिलेर सफल पार्न अपिल गरेका छन् ।

 

आयोजक समितिले प्रतियोगिताको तयारी भव्यताका साथ अगाडी बढाइरहेको भलिबल खेलका संयोजक मन्दिप केसीले जानकारी दिए । भलिबल प्रतियोगिताको विजेता टोलीले आकर्षक ट्रफी सहित ७ सय ५० पाउण्ड नगद प्राप्त गर्नेछ । २०१६ को भलिबल चाल्टर्नले क्लबले जितेको थियो भने २०१७ मा रेडिंगले जित हासिल गरेको थियो ।

 

उशोसिएसनका संस्थापक सभापति ह्यारी गुरुङले बेलायतमा ग्रीनवीच कपको छुटै पहिचान भएकाले सौहार्दपूर्ण तरिकाले प्रतियोगिता सम्पन्न गर्न सम्पूर्ण नयां कार्यसमितिलाई शुभकामना दिएका छन् ।  ग्रीनवीच कप सकिसकेपछि नेपाली युथ एशोसिएसनको आयोजनामा डांफे रेस्टुरेन्ट एण्ड बारमा सांगीतिक फेस्टिवल पनि हुंदैछ ।

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

जनकपुरमा साहित्य महोत्सव

  • 4 minutes ago
जनकपुरमा साहित्य महोत्सव

जनकपुर । बुधबारदेखि जनकपुरमा साहित्य महोत्सव सुरु हुने भएको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी साहित्य महोत्सव सुरु हुने जानकारी दिएको हो । महोत्सवमा हरेक क्षेत्रबाट प्रतिनिधिमूलक सहभागित

चीनमा २५० नयाँ अर्बपति थपिए

  • 6 minutes ago
चीनमा २५० नयाँ अर्बपति थपिए

एजेन्सी । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।

कर्णालीका सुर्खेतबाहेक सबै जिल्ला कोरोना सङ्क्रमणमुक्त

  • 11 minutes ago
कर्णालीका सुर्खेतबाहेक सबै जिल्ला कोरोना सङ्क्रमणमुक्त

कर्णली । कर्णाली प्रदेशका १० मध्ये नौ जिल्ला कोभिड–१९ को सङ्क्रमणमुक्त भएका छन् ।



पर्यटन

महोत्तरीमा नगर महोत्सवको लहर

महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।

जीवनशैली

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभाव पारेको हो ।