फ्रान्स भर्सेस क्रोएसियाः कुन टिम कति बलियो

Global IME
Mega Bank
Norvic Hospital
  • आइतबार, ३१ आषाढ, २०७५
  • 4 years ago
  • खेल

काठमाडौँ । एक महिनादेखि रुसमा जारी विश्वकप फुटबल प्रतियोगिता आइतवार लुज्निकी रङ्गशालामा फ्रान्स र क्रोएसियाको भिडन्तसँगै समाप्त हुँदैछ । भविष्यको ‘सुपरस्टार फुटबलर’ किलियन एमबापेको साथ रहेको फ्रान्सेली टिम युवा खेलाडीले भरिएको छ भने विश्वकप फाइनलमा पहिलोपटक पुगेको क्रोएसियामा पनि भेटरान खेलाडीको सूची लामै छ ।

 

सन् १९९८ को विश्वकपमा च्याम्पियन बनेको फ्रान्स सन् २००६ को उपविजेता हो । स्ट्राइकर जिनेदान जिदाने निकै चम्के पछि सन् १९९८ मा फ्रान्स विश्वकप विजेता बनेको थियो । त्यसै वर्ष जन्मेका एमबापे यसपटकको विश्वकपमा चम्केका छन् । उनीबाट टोलीले निकै ठूलो आशा पनि गरेको छ । 

 

फ्रान्सेली टिमका केही सीमा छन् तर उसले रुसी मैदानमा आफू हार्न नजानेको सन्देश दिइसकेको छ । तर क्रोएसियाको टिमले पनि आफूलाई नथाक्ने र हार्न नजान्ने टोलिका रुपमा यो विश्वकपमा सावित गरेको छ । 

 

पछिल्ला तीन खेल उसले निर्धारीत समयसम्म बराबरीमा खेलेको थियो । प्रिक्वाटरफाइनल र क्वाटरफाइनलमा क्रमशः डेनमार्क र रुसलाई पेनाल्टी सुटआउटमा हराएको क्रोएसियाले सेमिफाइनलमा इङ्गल्यान्डसँग पछाडि परेर पनि निकै राम्रो मात्र खेलेन अतिरिक्त समयमा गोल गरेर ऐतिहासिक जित समेत हात पारेको थियो । 

 

क्रोएसियाका मोड्रिच र स्ट्राइकर मारियो मान्डुजिच दुवै ३२ वर्षका भइसके । यद्यपि यी दुईको खेलको स्तर यस विश्वकपमा निकै माथि छ । क्रोएसियाको विश्वकपमा यो पाँचौं सहभागिता हो । क्रोएसियाले सन् १९९८ को विश्वकपमा आप्mनो पदार्पणमा नै सेमिफाइनलसम्मको स्थान बनाएको थियो । त्यतिवेला फ्रान्ससँग अन्तिम चारका लागि भएको खेल हारेपछि क्रोएसियाको विश्वकप फाइनल खेल्ने सपना पूरा हुन सकेको थिएन । 

 

क्रोएसियाकी राष्ट्रपति एन्द्रिज प्लेन्कोभिचको मनमष्तिस्कमा सन् १९९८ को सेमिफाइनलमा फ्रान्सँग हारेको बदला लिने सोचाइ हुनसक्छ । उनले इङ्गल्यानडविरुद्धको सेमिफाइनल अगाडि नै आफ्नाे टिमको होटलमा गएर खेलाडीलाई भनेका थिए, ‘हामीसँग फाइनलमा फ्रान्सलाई हराएर बदला लिने अवसर छ । अब साँच्चिकै क्रोएसियाले यो अवसर पाएको छ ।’

 

क्रोएसिया विश्वकपमा सहभागी ३२ राष्ट्रमध्ये चौथो सबभन्दा सानो देश हो । क्रोएसियाको जनसङ्ख्या मात्र ४० लाख छ । फ्रान्सको जनसङ्ख्या ६ करोड ५० लाख छ । फ्रान्सेली टिममा १९ वर्षीय सनसनी एमबापेका साथै मिडफिल्डर पल पोग्बा र स्ट्राइकर एन्टोनियो ग्रिज्मानजस्ता विश्वस्तरीय स्टार फुटबलर छन् ।

 

फ्रान्सका लागि खुशीको कुरा उसका लागि गोल अनपेक्षित खेलाडीबाट निस्किरहेका छन् । क्वारफाइनल र सेमिफाइनलमा फ्रान्सका लागि सेन्टर ब्याकले गोल गरेका थिए । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बेलायतमा नेपालीको जनसंख्या ७२ प्रतिशतले वृद्धि

  • 16 minutes ago
बेलायतमा नेपालीको जनसंख्या ७२ प्रतिशतले वृद्धि

लण्डन । बेलायतमा नेपालीहरूको जनसंख्या गत एक दशकमा ७२ प्रतिशतले बढेको छ ।

मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष भट्टराई मृत फेला

  • 23 minutes ago
मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष भट्टराई मृत फेला

जनकपुर । मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई मृत फेला पर्नुभएको छ । सर्लाहीको लालबन्दी नगरपालिका–१३ पत्थरकोटस्थित होलिडे रिसोर्टमा उहाँ आज मृत फेला परेका हुन् ।

सन् २०२२ मा नेपालको साढे आठ अर्ब अमेरिकी डलर रेमिट्यान्स पुग्ने अनुमान

  • 26 minutes ago
सन् २०२२ मा नेपालको साढे आठ अर्ब अमेरिकी डलर रेमिट्यान्स पुग्ने अनुमान

काठमाडौँ । नेपालमा सन् २०२२ मा रेमिट्यान्स आप्रवाह तीन दशमलव छ प्रतिशतले बढेर साढे आठ अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ ।



पर्यटन

आहा हिमाल

आहा  हिमाल

कुश्मा । पर्वतको पर्यटकीय गाउँ चित्रेबाट देखिएको अन्नपूर्ण हिमाल र मुन्तिर रहेको कास्की सल्यानको सानो गाउँ । तस्बिर सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।