युरोप क्षेत्रको आर्थिक विकासमा किन सुस्तता ?

ब्रसेल्स, बेल्जियम । यस आर्थिक वर्षको दोस्रो त्रैमासिकमा युरोप क्षेत्रको आर्थिक विकासमा सुस्तता छाएको मङ्गलबार सार्वजनिक तथ्याङ्कले देखाएको छ । वासिङ्टनका कारण निम्तिएको विश्व व्यापार समस्याले युरोप क्षेत्रको अर्थतन्त्रलाई समेत घाइते बनाउने सम्भावना बढेको हो ।

 

‘अमेरिका पहिला’ भन्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र व्यापारमा बढ्दो संरक्षणवादी नीतिका कारण युरोप क्षेत्रको आर्थिक विकाससमेत खतरा रहेको युरोपेली केन्द्रीय बैङ्क तथा अन्तरराष्ट्रिय मुद्रा कोषलगायतका प्रमुख आर्थिक संघसंस्थाले चेतावनी दिएका छन् ।

 

अप्रिलदेखि जुनसम्मको दोस्रो त्रैमासिकको समयमा युरोपका १९ मुलुकले प्रयोगमा ल्याएको एकल मुद्रा यूरोमा ०.३ प्रतिशतले सुस्तता आएको देखिएको छ । हुनत यस आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिमा आर्थिक वृद्धिदर ०.४ प्रतिशत रहेको युरोपेली यूनियन (इयू_को आर्थिक तथ्याङ्कसम्बन्धी अध्ययन तथा मूल्याङ्कन गर्ने निकाय यूरोस्टाटले जनाएको छ ।

 

वार्षिक आधारलाई नियाल्दा यूरो क्षेत्रको आर्थिक विकास गत वर्षको प्रथम तथा दोस्रो त्रैमासिक अवधिको २।५ बाट २।१ विन्दुमा झरेको छ । यो युरोप क्षेत्रको अर्थतन्त्रमा सुधार आउने भन्ने यस क्षेत्रका आर्थिक विश्लेषकका प्रक्षेपणको विपरीत हुनगएको छ । यूरो क्षेत्रका विश्लेषकले गत वर्षभन्दा यस वर्ष आर्थिक सूचकाङ्कमा वृद्धि देखिने बताउँदै आएका थिए ।

 

“यस वर्ष विश्व व्यापार बजार क्षेत्रमा देखिएको अनिश्चितताले यूरो क्षेत्रको अर्थतन्त्रसमेत घाइते पारिदिएको छ,” इन्टरनेशनल नेदरल्याण्ड ग्रुपले सञ्चालन गरेको बैङ्क (आइएनजी)का वरिष्ट अर्थशास्त्री बर्ट कोलिजनले बताए । 

 

“आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा वास्तविक निर्यात वृद्धिमा सुस्तता आएको छ यसमा सबैले भन्ने गरेको व्यापार विवाद एक विश्वस्त कारक मानिएको छ,” उनले थपे ।

 

युरोपेली केन्द्रीय बैङ्कका प्रमुख मारियो ड्रागीले गत बिहीबार नै संरक्षणवादको नकारात्मक प्रभाव यूरो क्षेत्रको आर्थिक वृद्धिका लागि प्रमुख तगारो बन्ने र यस वर्ष यूरो क्षेत्रको अर्थतन्त्रमा सन् २०१७ मा जस्तो वृद्धि नहुने प्रक्षेपण गरिसकेको थियो ।

 

अन्तरराष्ट्रिय मुद्रा कोषका प्रमुख अर्थशास्त्री मौरिस असफेल्डले जुलाइमा एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा वर्तमान संरक्षणवादी व्यापार नीतिका कारण युरोप क्षेत्रको व्यावसायिक क्षेत्रमा समस्या थप बढ्ने र यसले विश्वको आर्थिक वृद्धिलाइसमेत प्रभावित तुल्याउने चेतावनी र्दिएका थिए । 

 

ह्वाइट हाउसमा भएको वार्तामा इयू र संयुक्तराज्य अमेरिकाले व्यापार युद्धलाई मत्थर बनाउने गरी सम्झौता गरेको घोषणासँगै केही दिनमै आएको तथ्याङ्कको विश्लेषण गर्दै आर्थिक जानकारले सहमतिलाई कमजोर निर्णय बताएका थिए । उनीहरूले यसबाट युरोप आर्थिक विकासको समस्या थप तनावग्रस्त बन्ने धारणा व्यक्त गरेका थिए ।

 

“व्यापार तनाव तन्किने र तप तीब्र बन्ने सम्भावना हाललाई टरेको छ । आर्थिक वर्षको दोस्रो अवधिमा अब आर्थिक वृद्धिका लागि थप लागिपर्ने र देखिएका नकारात्मक सूचकलाई सम्बोधन गर्नुपर्ने अवस्था आएको छ,” नेतिक्सस बैङ्कका डर्क सुमाकरले भने ।

 

व्यापारमा देखिएको अनिश्चितताले गर्दा गत हप्ता इसिबीका गभर्नरहरू ब्याजदर इतिहासमै सबैभन्दा न्यून बनाउने निर्णय लिन बाध्य भए । उनीहरूले यही अक्टोवरदेखि ‘गुणात्मक सहयोग’का लागि वा ठूलो सङ्ख्यामा गोदाममा थन्किएर रहेको समानलाई किन्ने योजनालाई अघि बढाएका छन् । यसबाट वर्षको अन्त्यसम्ममा आर्थिक वृद्धिलाई निकै प्रोत्साहित गर्ने र आर्थिक वृद्धिमा देखिएको समस्यालाई निकै हदसम्म समायोजन गर्न सकिने धारणासहितको योजना बैङ्कहरूले ल्याएका हुन् ।

 

यो योजना इटालियाली बैङ्करहरूले समीक्षकलाई अचम्मित तुल्याउने गरी एक महिना पहिले ल्याएको कार्यक्रमलाई पछ्याएर ल्याइएको हो । वृहत पूँजी प्रोत्साहन कार्यक्रमले अपेक्षा गरेभन्दा पनि छिटो यही डिसेम्बरसम्ममा आर्थिक वृद्धिलाई निकै माथि उठाउने आँकलन गरिएको छ ।

 

क्यापिटल इकोनोमिक्सका जेनिफर म्याककेआउनले भने, “हामीले वर्षको अन्त्यसम्म आर्थिक वृद्धिलाई पहिलेकै अवस्थामा पु¥याउन केही महत्वपूर्ण भूमिका निर्वाह गर्ने आशा गरिएको थियो । तर अहिले देखिएको निरन्तरको सुस्तताले निश्चय पनि इसिबीलाई सतर्क अवस्थामा रहेको देखाएको छ ।”

 

इसिबीको सावधानीलाई यूरोस्टाटको मुद्रा सङ्कुचनबारे मङ्गलबार सार्वजनिक गरिएको तथ्याङ्कसँग परीक्षणमा राखिने छ जसले इसिबीको दुई प्रतिशतको लक्ष्यलाई पार लगाउनेछ ।

 

यूरोस्टाटले यूरो क्षेत्रको मुद्रास्फीतिलाई जुलाईसम्ममा इन्धनको मूल्यलाई उच्च २।१ प्रतिशतमा पु¥याउने जनाएको छ । यो अर्थ विश्लेषकले गरेको अनुमानभन्दा केही मात्रमा बढी हो । यूरोस्टाटले पनि जुनमा यूरो क्षेत्रको बेरोजगार दर ८.३ प्रतिशतमा खुम्चिने बताएको थियो ।

 

सन् २०१६ को सेप्टेम्बरमा प्रतिकात्मक मानिएको १०.० प्रतिशतको बेरोजगार समस्याको सीमारेखा उक्त क्षेत्रमा बिस्तारै बिस्तारै घटिरहेको छ । यद्यपि यो दर वित्तीय सङ्कटपूर्वको दर ९७.५ प्रतिशत) भन्दा अझै पनि औषतमा उच्च रहेको छ ।

 

एकल मुद्रा प्रयोग गर्ने १९ युरोपेली मुलुकमध्ये मे महिनामा सबैभन्दा कम बेरोजगार दर जर्मनीमा रहेको यूरोस्टाटको तथ्याङ्कमा देखिएको थियो । मेमा जर्मनीको बेरोजगार दर ३.४ प्रतिशत रहेको तथ्याङ्कमा छ ।

 

त्यस्तै यूरोलाई एकल मुद्राका रूपमा अवलम्बन गरेका १९ मुलुकमध्ये सबैभन्दा उच्च बेरोजगार दर ग्रीसमा रहेको देखिएको छ । ग्रीसले उपलब्ध गराएको पछिल्लो तथ्याङ्कअनुसार अप्रिलमा ग्रीसको बेरोजगार दर २०।२ प्रतिशत थियो । अर्को सङ्कटग्रस्त युरोपेली मुलुक स्पेनको बेरोजगार दर १५.२ प्रतिशत रहेको छ । 

 

अनुवादः दिलीप शर्मा


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

थप ६ जना कोरोना संक्रमितको मृत्यु

  • 26 minutes ago
थप ६ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ६ जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोबाट मृत्यु हुनेको क

नेपालमा थप ३२२ जनामा कोरोना पुष्टि

  • 28 minutes ago
नेपालमा थप ३२२ जनामा कोरोना पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ३२२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य

प्रमलाई प्रतिनिधिसभामा अवरोध नआएको जिकिरः बहस मंगलबार पनि

  • 30 minutes ago
प्रमलाई प्रतिनिधिसभामा अवरोध नआएको जिकिरः बहस मंगलबार पनि

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाईमा रिट निवेदकका तर्फबाट अधिवक्ता दीनमणि पोखरेलले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई अवरोध नहुँदा पनि विघटन गरि



पर्यटन

पर्यटकीयस्थल रावाढाप

पर्यटकीयस्थल रावाढाप

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्यअन्तर्गत मुन्धुम पदमार्गमा पर्ने खोटाङ र भोजपुरको सिमानास्थित पर्यटकीयस्थल रावाढाप । चौंरीखर्कका रुपमा रहेको रावाढापबाट उच्च हिमाली श्रृङ्खलाका साथै तराईका फाँट दृश्यावलोकन गर्न सकिन्छ ।

जीवनशैली

अदुवाका अचुक फाइदाहरु

अदुवाका अचुक फाइदाहरु

निरन्तर बाडुल्की आउने समस्यामा समेत अदुवाले ठीक गर्छ । अदुवाको एक टुक्रा चुस्ने अथवा दुधमा एक चम्चा अदुवाको रस खाने हो भने बाडुल्की ठीक पार्छ ।

विचित्र विश्व

चीनका एक वैज्ञानिकको खुलासाः कोरोना संक्रमित चमेराले हातमा दात गड्ने गरी टोेकेको थियो

चीनका एक वैज्ञानिकको खुलासाः कोरोना संक्रमित चमेराले हातमा दात गड्ने गरी टोेकेको थियो

एजेन्सी । चीनको बुहानबाट फैलिएको कोरोना भाइरसले विश्वभर लाखौँ मानिसहरुको ज्यान गुमाएको छ । कोरोना भाइरसबारे विभिन्न रहस्यहरु बाहिर आइनै रहेका छन् । यसैबीच बुहान लेबोरेट्रीका वैज्ञानिकहरुले एक गुफामा सेम्पल एकिकृत गर्ने समयमा चमेराले टोकेको कुरा स्वीकार गरेका छन् । उक्त गुफा कोरोना भाइरसबाट संक्रमित रहेको चमेराहरुको घर रहेको उनले स्वीकार गरेका छन् ।