कोलम्बियालाई पेनाल्टीमा हराउंदै इंग्ल्याण्ड क्वार्टरफाइनलमा

Norvic Hospital

लण्डन । इंग्ल्याण्ड विश्वकप २०१८ को क्वार्टरफाइनल प्रवेश गरेको छ । 

 

कोलम्बियासंग पेनाल्टीमा ४-३ को जित निकाल्दै इंग्ल्याण्डले अन्तिम ८ मा आफ्नो ठाउं पक्का गरेको छ । 

 

सुरुआतदेखि नै इङ्ल्यान्डले गतिलो प्रदर्शन  गरे पनि मध्यान्तर अघिको खेल गोल रहित बराबरीमा सकिएको थियो । खेलको ५७ औं मिनेटमा इङ्ल्यान्डले पाएको पेनाल्टीमा कप्तान ह्यारी केनले गोल स्कोर गर्दै अग्रता दिलाएका थिए । 

 

तर खेल सकिन २ मिनेट अघि इन्जुरी समयमा गोल फर्काएर कोलम्बियाले खेललाई अतिरिक्त समयमा पुर्याएको थियो । 

क्वार्टरफाइनलमा इंग्ल्याण्डले स्वीडेनको सामना गर्नेछ । जुलाई ७ तारिख शनिबार उनीहरुबीच क्वार्टरफाइनल हुनेछ । 

 

क्वार्टर फाइनलमा स्वीडेनलाई पराजित गर्न सके इङल्याण्डले सेमिफाइनलमा रशिया र क्रोएशियाबीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ । 

 

यससंगै यस संस्करणको विश्वकपको अन्तिम ८ अर्थात क्वार्टर फाइनल पुग्ने सबै टोलीको टुंगो लागेको छ । 

 

उरुग्वे, फ्रान्स, रशिया, क्रोएशिया, ब्राजिल, बेल्जियम, स्वीडेन र इंग्ल्याण्ड क्वार्टर फाइनल चरण प्रवेश गर्न सफल भएका हुन् । 

क्वार्टर फाइनल चरणमा उरुग्वे र फ्रान्स, रशिया र क्रोएशिया, ब्राजिल र बेल्जियम तथा इंग्ल्याण्ड र स्वीडेनबीच प्रतिस्पर्धा हुनेछ । 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कोरोना मुक्त भयो ताप्लेजुङ

  • 57 seconds ago
कोरोना मुक्त भयो ताप्लेजुङ

पछिल्लो पटक सङ्क्रमित भइ होमआइसोलेसनमा बसेका पाथीभरा याङ्कवरक गाउँपालिकाका पाँच जनाको एन्टिजेन रिपोर्ट सोमबार नेगेटिभ आएसँगै जिल्ला कोरोना मुक्त जिल्ला भएको हो ।

प्रधानन्यायाधीशले तोके आफ्नै इजलास

  • 10 minutes ago
प्रधानन्यायाधीशले तोके आफ्नै इजलास

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूसहितको इजलास तोकेका छन्। दुई दिनसम्मको शून्य सुनुवाइको अवस्था रोक्नलाई प्रधानन्यायाधीश जबराले आफ्नै इजलास तोकेका हुन्। प्रधानन्यायाधीश जबराले

बाढी प्रभावितलाई एनआरएनएको सहयोग

  • 20 minutes ago
बाढी प्रभावितलाई एनआरएनएको सहयोग

काठमाडौँ । भारी बर्षाको कारण सुदूरपश्चिम प्रदेशको कञ्चनपुरस्थित महाकाली नदिमा आएको बाढीको प्रभावले बिस्तापित भिमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका अति प्रभावित ३०० घरधुरी बिपन्न परिवारलाई गैरआ



पर्यटन

माल्दिभ्समा अक्टोबरमा एक लाख भन्दा बढी पर्यटक आगमन

माल्दिभ्समा अक्टोबरमा एक लाख भन्दा बढी पर्यटक आगमन

एजेन्सी । अक्टोबरमा हालसम्म एक लाखभन्दा बढी पर्यटकहरुले माल्दिभ्सको भ्रमण गरेका छन् ।राज्यको स्वामित्वमा रहेको पीएसएम न्यूजले यहाँको पर्यटन मन्त्रालयको तथ्यांकलाई उद्धृत गर्दै मंगलबार उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।

जीवनशैली

मरिच खानुका फाइदाहरु

मरिच खानुका फाइदाहरु

एजेन्सी । मरिचलाई खानाका परिकारमा मात्रै नभएर विभिन्न घरेलु औषधिका रुपमा पनि प्रयोग गर्न सकिन्छ । पेट, छाला र हाडसँग जोडिएका समस्याहरुका लागि मरिच धेरै नै प्रभावकारी मानिन्छ । यस्ता छन् औषधिय मरिचका फाइदाहरुः

विचित्र विश्व

सर्वसाधारण युवकसँग विवाह गरेपछि जापानकी राजकुमारीको राजकीय पद गुम्यो

सर्वसाधारण युवकसँग विवाह गरेपछि जापानकी राजकुमारीको राजकीय पद गुम्यो

एजेन्सी । जापानकी राजकुमारी माकोले सर्वसाधारण एक युवकसँग बिवाह गरेकी छन् । विवादका बीच उनले मंगलबार सामान्य प्रक्रिया अपनाएर बिवाह गर्दै राजदरबारबाट बाहिरिएकी छन् । त्यसअघि उनले आफ्ना बुवा युवराज फुमिहितो र युवराज्ञी किकोलाई निहुरिएर विदाई अभिवादन गरेकी थिइन् भने आफ्नी बहिनीलाई अँगालो हालेकी थिइन् ।