सरकार खाेक्राे राष्ट्रवादतर्फ उन्मुख भयाे : डा. भट्टरार्इ
- माेहसिन अलि मियाँ
- आइतबार, २७ साउन, २०७५
- 4 years ago
- राजनीति


गोरखा । नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले सरकार खोक्रो राष्ट्रवादतर्फ उम्मुख भएको आरोप लगाएका छन् ।
गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गर्दै डा. भट्टराईले आर्थिक रुपमा आत्मनिर्भरतर्फ अघि बढ्नु पर्नेमा उल्टो खोक्रो राष्ट्रवादका कुरा गरेर जनतालाई धोका दिने तर्फ सरकार अघि बढेको बताएका हुन् ।
‘अहिले एकैचोटी रेल र पानीजहाज कहाँबाट आउछ देशमा ? पहिला त देशलाई आर्थिक समृद्धितर्फ लैजानुपर्यो नि, बाह्रै महिना गाउँगाउँमा गाडी लैजानुपर्यो पहिला, शिक्षा स्वास्थ्य जस्ता अत्यावस्यक चिजको सुनिश्चित गर्नुपर्यो, रोजगारीको ग्यारेन्टी गर्नुपर्यो’, पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले भने, ‘त्यसै खोक्रो राष्ट्रवादका कुरा गरेर हुन्छ ? त्यस्ता कुरा जनताले बुझिसके ।’
विप्लव समर्थित नेता कार्यकर्ताहरूलाई सरकारले पक्राउ गरेर अपराधी सरह ब्यवहार गरिएकोमा असन्तुष्टी व्यक्त गर्दै उनले दलका नेतालाई बिना अपराध हतकडी लागाउनु गलत भएको बताएका छन् ।
‘भलै उहाँहरू (विप्लव) ले उठाएका माग जायज नहोलान्, सान्दर्भिक नहोलान्, तर त्यसो हो भन्दैमा अपराधी बनाउन पाइन्छ ?’ प्रश्न गर्दै उनले भने, ‘राजनैतिक दललाई त राजनितिक ढङ्गबाट व्याख्या र व्यवहार गर्नु पर्यो नि, अपराधी झै हतकडी लगाउन कहाँ पाइन्छ ?’
अहिलेको सरकार जनताको मर्म विपरित अघि बढेको बताउदै डा. भट्टराईले जनताले विकल्प खोज्न थालिसकेको बताएका छन् ।
‘चुनावका बेला के के भनेर आश्वासन बाँडेका थिए, हेर्नुस उहाँहरूले भनेका कुरा न बजेटमा आए, न निती कार्यक्रममा नै आए, अहिले सरकारमा गएपछि सबै उल्टो उल्टो गरेर जनताको ढाड सेक्ने मात्रै काम भएको छ, महङ्गी दिनदिनै बढेको बढ्यै छ’, उनले भने, ‘जनताका कुरा छोडौ, उहाँहरु कै कार्यकर्ता रुष्ट भएका छन्, ६ महिना नबित्दै विकल्प खोज्न थालेका छन् ।’
नेकपाप्रति संकेत गर्दै उनले चुनावी स्वार्थका लागि मात्रै कम्युनिष्टको खोल ओढेको आरोप लगाएका छन् । ‘अहिले जुन किसिमले कम्युनिष्टको खोल ओढेर आएका छन्, त्यो कम्युनिज्म नै होइन, सबै स्वार्थका लागि हो, जुन चिज बढि बिक्छ त्यै बेरेर बचेका मात्रै हुन्’, डा. भट्टराईले भने ।
पूर्वप्रधानमन्त्री भट्टराईले भने ‘चुनावी फाइदाका लागि उहाँहरुले कम्युनिष्ट, समाजवाद भन्नुभएको मात्रै हो, आफ्ना आसेपासे कार्यकर्ता पोस्ने उद्देश्यले मात्रै उहाँहरु लागिरहनु भएको छ ।’
फरक प्रसंगमा बोल्दै भट्टराईले संसारमै सबैभन्दा बढि ब्यापार घाटा ब्यहोर्ने देश नेपाल भएको भन्दै नेपाल निर्वाहमुखी कृषिमा अल्झिएकाले विकास हुन नसकेको बताए । नेपालमा प्रत्येक जातजातीको पेशा समेत फरक फरक हुनु विडम्बना भएको उनको भनाई छ ।
‘हाम्रो देशमा जात अनुसारको पेशा छ, त्यसरी कसरी विकास हुन्छ, सबैले सबै काम गरे पो छिटो परिवर्तन आउछ, म त भन्छु देशमा जातजाती नै भङ्ग गर्नुपर्छ, एउटा मात्रै जात राख्नुपर्छ’, डा. भट्टराईले भने ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ
- 12 minutes ago

वीरगञ्ज । श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई शुक्रबार पक्राउ गरेको छ ।
महाकाली नदीमा बगेर दुई किशोरी बेपत्ता
- 38 minutes ago

बैतडी । महाकाली नदीमा बगेर शुक्रबार बैतडीका दुई किशोरी बेपत्ता भएका छन् ।
मेसी र नेयमार बालोन डि’ओरको मनोनयनमा परेनन्
- 1 hour ago

एजेन्सी । फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का फवार्डद्धय अर्जेन्टिनी स्टार लियोनेल मेसी र ब्राजिलीयन स्टार नेयमारले यस वर्षको बालोन डि’ओरको मनोनयनमा स्थान बनाउन असफल भएका छन् ।
पर्यटन
टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।
जीवनशैली
धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।
विचित्र विश्व
मास्कको प्रयोग ओमिक्रोन विरुद्ध उपयोगी भएको अध्ययनको दावी

एजेन्सी । अष्ट्रेलियाका चिकित्सा अनुसन्धानकर्ताहरूले ओमिक्रोनको असर काम गर्न मास्कको प्रयोग अति उपयोगी भएको तथ्य पत्ता लगाएका छन् ।