डिभोर्स गर्न के श्रीमान÷श्रीमती दुवैजना अस्ट्रेलियामै हुनुपर्छ ?

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

एजेन्सी । यो स्तम्भमा म ‘फ्यामिली ल’ को सेरोफेरोका जिज्ञाशालाई समेट्दैं छु । पारिवारिक कलह, घरेलु हिंसा वा सुझबुझमा नै हुने डिभोर्स वा त्यसले निम्त्याउने सम्पत्ति बाँडफाँड र बालबच्चाको रेखदेख । यी साह्रै पीडादायी र असहज काम हुन् । यस्ता कुरालाई राम्रोसँग मिलान गर्न नसक्दा, कानुनी झन्झट, घरेलु हिंसा र नाबालक सन्तानमा पर्ने असर अझ बढ्न सक्छ ।

 

१. अस्ट्रेलियामा डिभोर्स गर्न के म पीआर वा यहाँको सिटिजन हुनुपर्छ ? 

 

पर्दैन । साधारणतया दुई जनामध्ये एकजना अस्ट्रेलियामा एक वर्ष बस्नुभएको छ भने पनि पीआर वा सिटिजन भैनसकेका भिसा होल्डरले पनि डिभोर्सको प्रक्रिया सुरु गर्न सक्छन् । 

 

२. डिभोर्स गर्न के श्रीमान÷श्रीमती दुवैजना अस्ट्रेलियामै हुनुपर्छ ? 

 

पर्दैन । पीआर, सिटिजन वा माथि भनेझैं अरु भिसामा अस्ट्रेलियामा हुनुहुन्छ भने तपाईंको अर्को पार्टनर अर्कै देश वा नेपालमै हुनुहुन्छ भने पनि तपाईं यहाँको अदालतमा डिभोर्सका लागि निवेदन दिन सक्नुहुन्छ । 

 

३. डिभोर्स गर्न दुवैजना राजी हुनुपर्छ ? 

पर्दैन । 

 

४. डिभोर्स गर्न अघि श्रीमान—श्रीमतीका बीचमा सम्पत्तिको बाँडफाँड भैसक्नुपर्छ या यो प्रक्रियाका बेला अदालतले त्यसका बारेमा पनि फैसला गर्छ ? 

 

साधारणतयाः डिभोर्सलाई सम्पत्ति बाँडफाँडभन्दा छुट्याएर काम गर्न सम्भव छ । दुवैका बीचमा समझदारी भयो भने यो सँगै लग्न सम्भव छ । नत्र सम्पत्ति बाँडफाँडको कुरालाई थाती राखेर डिभोर्सको कुरा अगाडि बढाउन मिल्छ । अर्को पक्षले यो कुरा मानेन भने पनि एकले डिभोर्सको प्रक्रिया अगाडि बढाउन सक्छ । डिभोर्स भइसकेपछि भने त्यो मिति देखिन मिलेर सम्पत्ति बाँडफाँड गर्ने नत्र भने डिभोर्स भएको एक वर्षभित्रमा यसका लागि अदालतमा निवेदन दिई सक्नुपर्छ । 

 

५. बच्चाबच्चीको कारणले डिभोर्समा ढिलाइ वा अप्ठ्यारो पर्छ कि ? 

यदि बालबच्चा १८ वर्षमुनिका छन् भने डिभोर्स दिनुअघि अदालत उनीहरुको वेलफेयरमा सन्तुष्ट हुनुपर्छ । तर, कसले रेखदेख गर्ने या श्रीमान÷श्रीमतीमध्ये कसले राख्ने? कुन दिन या कुन समय कता या कसकोमा बिताउने यस्ता विस्तृत कुरा अदालतले डिभोर्स मात्रैको फैसलाका बेला खास हेर्दैन । यी कुरा दुई जनाको समझदारीमै सल्टाउन सकिन्छ नत्र पछि पनि वकिल वा अदालतको सहयोगमा एउटा टुंगोमा पुग्न सकिन्छ । 

 

६. के अदालतले श्रीमान श्रीमतीको डिभोर्समा कसको गल्ती भन्ने हेर्छ? यस कुराले आफूले पाउने सम्पत्तिमा फरक पर्छ कि ? 

 

अन्य केही देशमा यो कुराले माने राख्ला, अस्ट्रेलियाको हकमा यस कुराले खासै फरक पार्दैन । 

 

७. डिभोर्स माग्न के एक वर्ष छुट्टिनु नै पर्छ या कुर्नैपर्छ? घरेलु हिंसाको हकमा यो समय कम गर्न मिल्छ कि ?

 

यस सवालमा कानुन लचक छैन । घरेलु हिंसाकै हकमा पनि एक वर्ष छुट्टै बस्न आवश्यक पर्छ । 

 

८. छुट्टिएर बसेको कति पछि या डिभोर्स भएको कति पछि फेरि विवाह गर्न मिल्छ ? 

 

छुट्टै बसेको १२ महिना भएपछि डिभोर्सको लागि निवेदन हाल्न मिल्छ अनि डिभोर्स सुनुवाइको दिन (यदि अदालतले डिभोर्स दियो भने) बाट एक महिना अनि एक दिनपछि मात्र अर्को विवाह गर्न मिल्छ । अन्याथा त्यो विवाह गैरकानुनी मानिन्छ । 

 

(लेखक बेनिफिट लिगलसँग आवद्ध सोलिसिटर हुन् । यो स्तम्भमा समेटिएका जानकारीहरु सामान्य सल्लाह मात्र हुन् । तपाईंलाई थप जानकारी र परामर्श आवश्यक भएमा विशेषज्ञसँग सम्पर्क राख्नुहोला वा info@nepalipatra.com.au मा इमेल गरेर आफ्ना जिज्ञाशाहरु सोध्न सक्नुहुनेछ । हामी सम्बन्धित विशेषज्ञबाट जवाफ दिन मद्धत गर्नेछौं ।) 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

चलचित्र क्षेत्रलाई विशिष्ट उद्योगको रुपमा विकास गर्नुपर्छः मन्त्री कार्की

  • 1 minute ago
चलचित्र क्षेत्रलाई विशिष्ट उद्योगको रुपमा विकास गर्नुपर्छः मन्त्री कार्की

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली चलचित्र क्षेत्रलाई विशिष्ट उद्योगको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। चलचित्र विकास बोर्डको २२औँ वार्षिकोत्सवक

टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

  • 11 minutes ago
टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन

बागमती प्रदेश सरकारको बजेट बहुमतले पारित

  • 22 minutes ago
बागमती प्रदेश सरकारको बजेट बहुमतले पारित

हेटौँडा। बैठकले सरकारले ल्याएको ७० अर्ब रुपैयाँ भन्दा बढीको बजेट बहुमतले पारित गरेको हो। बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले गत असार १ गते बुधबार प्रदेशसभ



पर्यटन

टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।

जीवनशैली

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।