Techie IT
२०८१ वैशाख १४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठखेलएकदिवसीय विश्वकप २०२३: पाकिस्तान पराजित

एकदिवसीय विश्वकप २०२३: पाकिस्तान पराजित


एजेन्सी । विश्व च्याम्पियन बन्ने सपना बोकेर भारत आएको पाकिस्तान नराम्ररी असफल मात्र भएन, बाहिरिने क्रममा आफ्नो इज्जत पनि बचाउन सकेन ।

कोलकातामा भएको लिग चरणको आफ्नो अन्तिम खेलमा चमत्कार गर्दै सेमिफाइनल पुग्ने आशा लिएर आएको पाकिस्तानले जित पनि पाउन सकेन ।

ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै इंग्ल्याण्डले पाकिस्तानलाई ९३ रनले पराजित गरेको हो । यो जितसँगै इंग्ल्याण्ड सन् २०२५ को च्याम्पियन्स ट्रफीका लागि छनोट भएको छ ।

इङ्ल्यान्डले ५० ओभरमा ९ विकेट गुमाएर ३३७ रनको लक्ष्य दिएको थियो । जवाफमा पाकिस्तान ४३.३ ओभरमा २४४ रन बनाएर अलआउट भयो ।

बेन स्टोक्सले ७६ बलमा ८४ रनको उत्कृष्ट इनिङ खेले भने जो रुट र जोनी बेयरस्टोले पनि अर्धशतकीय पारी खेले । बलिङमा आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल खेलेका डेभिड विलीले सर्वाधिक ३ विकेट लिए ।

पाकिस्तान सेमिफाइनलको दौडबाट झण्डै आउट भइसकेको थियो । एउटै आशा थियो कि उसले इंग्ल्यान्ड विरुद्ध ठूलो अन्तरले जित्नुपर्ने थियो । यी आशाहरू पनि टसको समयमा चकनाचूर भए, जब इङ्गल्याण्डका कप्तान जोस बटलरले सिक्का टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरे। यसपछि पाकिस्तानका लागि एउटा मात्र लक्ष्य बाँकी रह्यो–जितको सम्मानजनक विदाई। पाकिस्तानको उक्त सपना पनि चक्नाचुर भएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगितामा नेपालले २ रजत र ४ कास्य…

काठमाडाैँ । चीनमा सम्पन्न अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगिता २०२४ मा नेपालले २ रजत र ४ कास्य पदकसहित कुल ६ वटा

वेस्ट इन्डिज ‘ए’ सँगको टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली टोली…

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ टोलीसँगको पाँच खेलको टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।

वेष्टइण्डिज ‘ए’ टोली नेपाल आईपुग्यो

काठमाडौँ । टी–२० सिरिज खेल्न वेष्ट इण्डिज ‘ए’ टोली नेपाल आइपुगेको छ । घरेलु टोलीसँग ५ खेलको टी–२० सिरिज खेल्न

नेपाल भ्रमणमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा

काठमाडौँ । नेपाल भ्रमणमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा भएको छ । वेस्ट इन्डिज क्रिकेट बोर्डले ३२ वर्षीय रोस्टन

एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित

काठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएकाे छ । आज भएकाे खेलमा यूएईले नेपाललाई ६ विकेटले

एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले टस हार्दै ब्याटिङ गरेको छ । ओमानको अल अमिरातमा यूएईका कप्तानले बलिङ

Techie IT