गाई संरक्षण गर्न भागवत महायज्ञ

  • शुक्रबार, २९ आषाढ, २०७५
  • 3 years ago
  • नेपाल

काठमाडौँ । स्थानीय गाईको संरक्षणका लागि इच्छा लाग्नेबाट सहयोग संकलनका लागि श्रीमदभागवत ज्ञान महायज्ञ शुरु भएको छ । 

 

श्रीकृष्ण प्रेम संस्था नेपाल (कृप्सन) ले असार २४ गते आइतबारदेखि शुरु गरेको महायज्ञ असार ३० गते शनिबार सकिने छ । अग्रवाल भवन कमलपोखरीमा भइरहेको महायज्ञमा उपस्थित हुनेलाई सहयोग गर्नेपर्ने अनिवार्यता नगरिएको अध्यक्ष लक्ष्मी पोखरेलले राससलाई जानकारी दिए । 

 

“भागवत मागी खाने भाँडा बनेको छ, हामी कथा सुन्न सबैलाई आमन्त्रण गर्छौं, कथा सुन्दैमा दान गर्नुपर्छ, भन्ने अनिवार्य छैन, गीत, संगीत र नृत्यका माध्यमबाट स्रोतालाई दान गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको होइन”–उनले भने । 

 

कार्यक्रममा आचार्य इन्द्रेशले कथावाचन गरिरहेको छ । इच्छुक दाताले दिएको सहयोग कार्यक्रम सकिएपछि असार ३१ गते गणना गरी सार्वजनिक गरिने संस्थाले जनाएको छ । 

 

सहयोगबाट सडकमा रहेका स्थानीय गाईलाई संरक्षण गर्न प्रयोग गरिने छ । हालसम्म पशुपति नन्दीस्थलमा जम्मा भएका नौ वटा स्थानीय गाईलाई छुट्टै राखेर संरक्षण गरेको जनाइएको छ । 

 

पश्चिमा देशमा भएको वैज्ञानिक अनुसन्धानले जुरो र सिङ भएका स्थानीय जातको गाईको गहुँत, गोबर एवम् दूध धेरै रोगका औषधि हुने तथ्य प्रमाणित गरेको छ । 

 

शास्त्रीय रुपमा स्थानीय गोरस् पवित्र मानिन्छ । पछिल्लो समय नेपालमा पनि स्थानीय गाईको संरक्षणका लागि संस्थागत पहल शुरु भएको छ । 

 


Reliable Life Insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

जसपाको आधिकारिकताको निर्णयविरुद्ध सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

  • 16 minutes ago
जसपाको आधिकारिकताको निर्णयविरुद्ध सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकताको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई साउन ११ गते पार्टीको आधिकारि

बुढानीलकण्ठमा कांग्रेस शीर्ष नेताहरूको बैठक जारी

  • 33 minutes ago
बुढानीलकण्ठमा कांग्रेस शीर्ष नेताहरूको बैठक जारी

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा कांग्रेस शीर्ष नेताहरूको बैठक जारी छ । क्रियाशील सदस्यता सम्बन्धी विवाद मिलाउनको लागि शीर्ष नेताहरुको

नेपालमा थप ४१०७ जनामा कोरोना संक्रमण

  • 40 minutes ago
नेपालमा थप ४१०७ जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा थप ४१०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३५४ नमुनाको पीसीआर परीक्षण र ४९४४ जनाको एन्टीजेन परीगक्षण गर्दा ४१०७ जनामा संक्रमण पुष



पर्यटन

साहसिक पर्यटक पर्खंदै अग्लो बन्जी पुल

साहसिक पर्यटक पर्खंदै अग्लो बन्जी पुल

गलकोट । कोभिड–१९ को दोस्रो लहरअघि दैनिक १०० को हाराहारीमा बन्जी गर्न पर्यटक पुग्ने कुश्मा–बागलङको बन्जी पुल कोरोनाका कारण पुनः बन्द भएको थियो । अहिले स्वास्थ्य मापदण्ड अपनाएर पुनः शुरु गरिएको छ ।

जीवनशैली

यस्तो रहेको छ तपाईको बुधबारको भाग्य– साउन २० गते

यस्तो रहेको छ तपाईको बुधबारको भाग्य– साउन २० गते

आज मनमा दुबिधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर यात्रा सफल र भेटाघटको बनेको छ ।