आज अन्तर्राष्ट्रिय कन्डम दिवस तर, प्रयोग गर्ने नेपालीको संख्या ८ प्रतिशत मात्रै

सांकेतिक फाेटाे

काठमाडौँ । हरेक वर्ष फेब्रुअरी १३ का दिन मनाइने अन्तर्राष्ट्रिय कण्डम दिवस आज मनाइदै छ । यौन सम्पर्कका लागि सुरक्षित मानिने कण्डम दिवसको लागि यो वर्ष ‘सेफर इज फन’ नारा तय गरिएको छ । 

 

एचआईभी तथा यौनरोग सर्नबाट बचाउने, नचाहेको गर्भ नरहने, जन्मान्तर र परिवारको आकार सीमित गर्नका लागि भरपर्दो साधन भएकोले कन्डमलाई भरपर्दो अस्थायी साधनको रुपमा लिइन्छ । 

 

तर, राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जानकारी अनुसारनेपालमा आठ प्रतिशत पुरुषले मात्र कन्डमको प्रयोग गर्ने गरेका छन् । 

केन्द्रको तथ्याङ्कअनुसार नेपालमा ३१ हजार २० एचआइभी सङ्क्रमण भएका छन् । तीमध्ये पुरुष १९ हजार २० र महिला १२ हजार छन् । नेपालमा ७७ प्रतिशत एचआइभी सङ्क्रमण कण्डमबिना गरिएको यौनसम्पर्कबाट सर्ने गरेको छ । नेपालमा कण्डमलगायत परिवार नियोजनको साधनहरु प्रयोग गर्ने ४३ प्रतिशत छन् । 

 

केन्द्रका निर्देशक डा‍क्टर तारानाथ पाखरेलका अनुसार सरकारले एचआइभी तथा यौन रोग नियन्त्रणका लागि सुरक्षित यौन सम्पर्कबारे देशैभर जनचेतनामूलक कार्यक्रम चलाउँदै आएको छ ।

 

फेब्रुअरी १३ मा विश्वभरि नै कण्डमको सही तरिकाले प्रयोग गरी सुरक्षित यौन सम्पर्कबारे जनचेतना फैलाउनका लागि रमाइलो तथा रचनात्मक तरिकाले कण्डम दिवस मनाउने गरिन्छ ।  


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

संसद् गतिरोध अन्त्य गर्न एमाले अझै लचिलो देखिएनः कानुनमन्त्री कार्की

  • 2 minutes ago
संसद् गतिरोध अन्त्य गर्न एमाले अझै लचिलो देखिएनः कानुनमन्त्री कार्की

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ‘संसद्को गतिरोध अन्त्य’ गर्न आग्रह गरेका छन् । मन्त्री कार्की मंगलबार बिहान ले ओलीकै

सुपथ मूल्यमा चामल बेच्दै नेपाल खाद्य संस्थान

  • 2 minutes ago
सुपथ मूल्यमा चामल बेच्दै नेपाल खाद्य संस्थान

काठमाडौँ । दसैँतिहार नजिकिएसँगै नेपाल खाद्य संस्थानले सस्तोमा चामल बिक्री गर्न थालेको छ । संस्थानले अमरगढी नगरपालिका–५ बागबजारको बसपार्क तल रहेको गोदामबाट मोटा र मसिनो चामल बजारभन्दा सस्तो दरमा बिक्री

निम्बसले शुरु गर्‍यो नो–किरा बोराको उत्पादन

  • 11 minutes ago
निम्बसले शुरु गर्‍यो नो–किरा बोराको उत्पादन

काठमाडौँ । निम्बसले भेस्टगार्डको जीरोफ्लाई प्रविधियुक्त नो–किरा बोराको उत्पादन शुरु गरेको छ । अन्न, बीज र दाललाई सुरक्षित भण्डारण गर्ने जीरोफ्लाई एक परिवर्तनकारी प्रविधि हो । साना तथा मझौला किसान र व्



पर्यटन

पाेखरामा मौसम खुलेसँगै हिमालहरुको मनमोहक दृश्यहरु

पाेखरामा मौसम खुलेसँगै हिमालहरुको मनमोहक दृश्यहरु

कास्की । पोखरामा मौसम खुलेसँगै हिमालहरुको दृश्य लोभलाग्दो देखिएको छ । पोखराबाट देखिने अन्नपूर्ण, माछापुच्छ्रे , धौलागिरी, हिमचुली लगायतका हिमालका कारण पोखरा विश्व पर्यटन बजारमा प्रख्यात छ।

जीवनशैली

घरमा तुलसीको विरुवा रोप्दै हुनुहुन्छ, यी कुरामा विशेष ध्यान दिनुहोस्

घरमा तुलसीको विरुवा रोप्दै हुनुहुन्छ, यी कुरामा विशेष ध्यान दिनुहोस्

एजेन्सी । तुलसीको बिरुवा हिन्दु धर्ममा सम्मानित मानिन्छ। तुलसी बिरुवा वास्तु दोषहरुको नाशक मानिन्छ। वास्तु शास्त्रका अनुसार तुलसीको बिरुवाले घरमा सकारात्मक उर्जा उत्पादन गर्दछ र नकारात्मक उर्जा नष्ट गर्दछ। तुलसीको विरुवालाई दैनिक बिहान पानी दिएर, धेरै प्रकारका वास्तु दोषहरुलाई हटाइन्छ। तुलसी विष्णु पूजामा सबैभन्दा महत्त्वपूर्ण मानिन्छ।

विचित्र विश्व

यो देशका दुई जना पूर्वप्रधानमन्त्रीलाई जेल सजाय

यो देशका दुई जना पूर्वप्रधानमन्त्रीलाई जेल सजाय

एजेन्सी । अल्जेरियाका पूर्व दुई प्रधानमन्त्रीलाई अदालतले जेल सजायको फैसला सुनाएको छ । पूर्व राष्ट्रपति अब्डेलाजिज बौटेफ्लीकाको कार्यकालमा प्रधानमन्त्री भएका दुई नेतालाई अदालतले सजाय तोकेको हो ।