विश्वले ढिलो ख्याल गरेको चिनियाँ विकासः यस्ता छन् चिनियाँ महानताका प्रतिविम्बहरू
- नरेश चौधरी
- बिहीबार, ३० फागुन, २०७५
- 3 years ago
- विचित्र विश्व

चीनसँग महानताको परिचायक बन्ने परम्परा नै कायम रहँदै आएको छ । जसलाई प्रतिविम्बित गर्न ‘ग्रेट वाल अफ चाइना’ लाई लिन सकिन्छ । त्यसको साथै भव्य राजकीय शैलीयुक्त ठूल्ठूला विभिन्न ठाउँमा रहेका दरबारलगायतका मानवनिर्मित भवनले पनि चिनियाँ महानताको प्रतिनिधित्व गरेका छन् । प्राचीन चिनियाँहरूमा एक किसिमले ठूल्ठूला निर्माण क्षेत्र बनाउने लत नै बसेको विभिन्न ऐतिहासिक पृष्ठभूमिले देखाइसकेका छन् ।
विशेषतः आधुनिक चीनको आर्थिक क्रान्तिले विश्वमा हरेक तवरबाट वर्चश्व कायम गर्न खोज्ने प्रयासलाई त्यहाँको महानताको ज्वलन्त उदाहरणका रूपमा लिन सकिन्छ । यसर्थमा पनि चिनियाँहरू आफूलाई महान बनाउन नथाकेका हुन् । उनीहरू ठूल्ठूला निर्माण क्षेत्रको कार्यलाई कहिल्यै पनि बन्द गरेको अवस्था छैन । दुई वर्ष पहिले चीन सरकारले देशको अर्थतन्त्र उकास्नका लागि राहत योजनाका रूपमा ४ ट्रिलियन युआन घोषणा गरेपछि, त्यहाँका जनताहरूले परम्परागत रूपमा कायम रहँदै आएको जहिले पनि ठूला र विश्वसमुदायीलाई आश्चर्य चकित तुल्याउने कार्यलाई निरन्तरता दिने निर्णय गरेको देखिन्छ । जसका केही ज्वलन्त प्रतिविम्बहरू तल प्रस्तुत गरिएका छन्
१. चार घन्टामै बेइजिङ–सांघाई रेलयात्रा
वर्षौं पहिलेदेखि अपेक्षा गरिएको बेइजिङ–सांघाई उच्च गतिको रेलवे सेवा आखिरमा सन् २०१०, नोभेम्बर महिनामा पूर्णता पायो । यो रेलवे लेन निर्माण परियोजना सन् २००८, अप्रिल १८ तारिखबाट सुरु भएको थियो । चिनियाँ महानताको प्रतिविम्बका रूपमा रहेको बेइजिङ–सांघाई रुट जोड्ने रेलवे लेन निर्माण अवधिमा झन्डै १ लाख ३५ हजार मानिसले रोजगारी पाएका थिए । उक्त रेलवे लेनको दूरी १ हजार ३ सय १८ किलोमिटर छ । जसको निर्माण लागत ३३.२९ अर्ब अमेरिकी डलर पुगेको थियो ।
२. प्रदर्शनी पार्क जीवन्त भयो
गत वर्षको मे महिनाबाट औपचारिक रूपमा उद्घाटन भएको सांघाई विश्व प्रदर्शनी ‘राम्रो सहर, राम्रो जीवन’ को नारासहित ६ महिनासम्म चलेको थियो । जसले एकै पटक विश्व समुदायको प्रतिनिधित्व गर्ने खालको पार्कको दृश्यबाट विश्व समुदायलाई नै आकर्षित गरेको थियो ।
उक्त प्रदर्शनी पार्कको निर्माण कार्य सन् २००६, अगष्ट महिनाबाट सुरु गरिएको थियो । पार्कले जम्मा ५.२८ वर्गकिलोमिटर क्षेत्रफल ओगटेको छ ।
३.नयाँ भूमिगत सहर
बेइजिङको डोङचेङ जिल्लाले आगामी २० वर्षको अवधिमा ८ वर्ग किलोमिटरयुक्त नयाँ भूमिगत सहर (अन्डरग्राउन्ड सिटी) बनाउने भएको छ । जसमा सपिङ मलको साथै भूमिगत सडकको पनि व्यवस्था मिलाइने बताइएको छ ।
चिनियाँ महानताको परिचायक भूमिकामा अगाडि देखिएको उक्त भूमिगत सहर बनाउने बृहत् महत्वकांक्षी योजनाको कार्यान्वयन गत वर्षको जनवरी महिनाबाट भएको थियो । बेइजिङको स्थानीय डोङचेङ सरकारले भूमिगत सहरको आकार तीन तलायुक्त रहने दाबी गरेको छ ।
४.एसियाली खेलकुदको सहरः गोन्जाउ
दुई वर्षभन्दा लामो समयअवधिको निर्माण कार्यपछि अन्त्यमा चीनको दक्षिणी गोन्जाउ खेलकुद सहरको निर्माण कार्य सम्पन्न भयो । उक्त सहरमा गत वर्षको नोभेम्बर १२ देखि २७ सम्म चलेको १६ औं एसियाली खेलकुदमा विश्वभरिका विभिन्न समूहका खेलाडी, कोच, प्राविधिक अधिकारी तथा सञ्चारकर्मी लगायतका ४० हजारभन्दा बढी व्यक्तिको सहभागिता थियो ।
उक्त सहरमा १३ अपार्टमेन्टयुक्त भवनको साथै सञ्चार ग्राम, प्राविधिक अधिकारीहरूको ग्राम, इन्टरनेसनल ब्रोडकाष्ट सेन्टर तथा मुख्य सञ्चार केन्द्र लगायतका क्षेत्र छन् ।
५. मेगा आणविक लगानी योजना
चिनियाँ महानताको प्रतिविम्बका रूपमा आणविक शक्तिलाई पनि लिन सकिन्छ । चीनको सबैभन्दा ठूलो आणविक ऊर्जा कम्पनी ‘चाइना नेसनल न्युक्लियर कर्पोरेसनले आगामी सन् २०२० सम्म आणविक परियोजनामा १ सय १७.६ अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ । जसले देशको औद्योगिक क्रान्तिलाई टेवा पुग्नेछ ।
६. चीनको सबैभन्दा लामो भूमिगत रेलवे सेवा सुचारु हुने
आर्थिक विकासमा उल्लेख्य फड्को मारेका चिनियाँहरू विश्व समुदायलाई चकित पार्ने कार्यलाई निरन्तरता दिँदै आएका छन् । बेइजिङको दक्षिण–पश्चिमदेखि उत्तरपश्चिम क्षेत्र जोड्ने हालसम्मकै चीनको सबैभन्दा लामो भूमिगत रेलवे सेवा छिट्टै सुरु हुने बताइएको छ । त्यसको साथै उक्त भूमिगत रेलवे जोड्ने नयाँ ‘लाइन ४’ नामक रेलवे लेन २२.५ किलोमिटरसम्म विस्तार बताइएको छ, जुन बेइजिङको दक्षिणी रिङरोडमा मिसिनेछ ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
मलेसियामा कोरोना सङ्क्रमण कारण दश जनाको मृत्यु
- 4 minutes ago

एजेन्सी । मलेसियामा बिहीबार रातिसम्म थप चार हजार आठ सय ३१ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । यहाँ पछिल्ला केही समयमा कोरोनाको सङ्क्रमण बढेको पाइएको हो । त्यसैगरी यहाँका स्वास्थ्य अधिकारीहरुले द
‘वृहत् स्वतन्त्र राष्ट्रिय अभियान’द्वारा चुनाव चिन्ह ‘लौरो’ सार्वजनिक
- 16 minutes ago

काठमाडौँ। ‘एक्लाएक्लै होइन, सँगसँगै हिँडौं भन्ने भावना, सुस्पष्ट विचार र कार्यक्रमका साथ नयाँ दल, व्यक्तिहरू र अभियानहरूलाई समेटेर एउटै चुनाव चिन्ह लौरोलाई वृद्धवृद्धाहरूले सहाराको रूपमा टेक्ने र
विष्फोटमा तालिबान धर्मगुरु शेख रहिमुल्लाह हक्कानीको मृत्यु
- 23 minutes ago

एजेन्सी । अफगानिस्तानको काबुलमा बिहीबार भएको एक विस्फोटमा तालिबान धर्मगुरु शेख रहिमुल्लाह हक्कानीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
पर्यटन
टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।
जीवनशैली
धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।
विचित्र विश्व
सन्तानब्बे वर्षीय थापा दम्पतीको घरमै पुगेर स्वास्थ्य परीक्षण

म्याग्दी । ‘दुःख र पीडामा मान्छे कसरी हाँसीहाँसी बाँच्न सक्दो रहेछ’ भन्ने उदाहरण बनेका म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटका ९७ वर्षीय खड्गबहादुर थापा दम्पतीप्रति स्थानीय निकाय र आफन्तले चासो बढाएका छन् ।