Techie IT
२०८२ असार २१, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालसूचना प्रदान गर्नु हरेक सरकारी निकायको दायित्वः प्रमुख आयुक्त गुरुङ

सूचना प्रदान गर्नु हरेक सरकारी निकायको दायित्वः प्रमुख आयुक्त गुरुङ


सोलुखुम्बु । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सूचना प्रदान गर्नु हरेक सरकारी निकायको दायित्व भएको बताएका छन् । यसका लागि सजग हुन उनले सबैलाई आग्रह गरे ।

राष्ट्रिय सूचना आयोगले यहाँ आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख आयुक्त गुरुङले लोकतान्त्रिक पद्धतिमा सार्वजनिक निकायका क्रियाकलाप हरेक नागरिकले थाहा पाउने अधिकार भएकाले सूचनाको हक अझ महत्पूर्ण भएको बताए। नियम सम्बद्ध तवरबाट मागिएका सूचना सार्वजनिक निकायले नदिएमा उजुरी परेका खण्डमा आयोगले त्यस्ता निकायलाई कारबाही गर्ने उनले बताए ।

चार वर्षको अवधिमा आयोगले स्थानीय तहका १९ पदाधिकारीलाई कारबाही गरेको सो अवसरमा प्रमुख आयुक्त गुरुङले जानकारी दिए । कुनै पनि सार्वजनिक निकाय सूचनाको हकभन्दा माथि नरहेकाले सूचना प्रदान गर्नमा कन्जुस्याइँ नगर्न उनले आग्रह गरे ।

निमित्त प्रमुख जिल्ला अधिकारी सरोज अर्यालले नागरिकलाई जतिसक्दो धेरै सूचना माग्ने वातावरण सृजना गर्र्नु कर्मचारीको दायित्व भएको बताए । कानुनले निर्दिष्ट गरेका अधिकार नागरिकलाई उपलब्ध गराउने सवालमा जिल्लाका सबै कर्मचारी प्रतिबद्ध रहेका उनले उल्लेख गरे ।

जिल्ला समन्वय समितिका उपप्रमुख टीकामाया मगरले सूचनालाई अतिरञ्जित गर्न नहुनेमा जोड दिए । सूचनाको हकले नागरिकलाई विषयवस्तुबारे जानकारी गराए पनि सूचना दुरुपयोग हुने क्रम बढेको आभास भएको बताए ।

सोलु दूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले लोकतन्त्रको सबल पक्षमध्ये सूचनाको हक पनि भएकाले नागरिक सुसूचित हुनुपर्ने बताए । “कार्यालयहरूले सूचना आदानप्रदान गर्दा गोपनीयताको हकको पनि ख्याल गर्नुपर्छ”, उनले भने। सरकारी सूचना प्राप्त गर्न पाउनु नागरिकको अधिकार भए पनि प्राप्त सूचनाको दुरुपयोग गर्न भने नहुने उनको भनाइ थियो ।

नेपाल पत्रकार महासङ्घ सोलुखुम्बु शाखाका सचिव डिबी खालिङले सूचनाको पहुँचमा नागरिकलाई पु¥याउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताए। कार्यक्रममा जिल्लास्थित सरकारी कार्यालयका प्रमुख, कार्यालयका सूचना अधिकारी, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी

काठमाडौं । सरकारले यस वर्ष नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा

Techie IT