बेलायतका क्षेत्रीहरुको वार्षिक भेटघाट कार्यक्रम जुलाई २८ मा

  • शुक्रबार, २५ जेष्ठ, २०७५
  • 2 years ago
  • युके

जगन कार्की , लण्डन । आगामी २८ जुलाई शनिबारका दिन क्षेत्री समाज बेलायतले वार्षिक समर भेटघाट (गेट टुगेदर) गर्ने भएको छ । समाजका अधिकांश सदस्यहरुको सहभागिता रहने यो कार्यक्रम अल्डसर्टको कनर्ट स्कूलमा हुने समाजका महासचिव कुमार केसीले बताए ।

 

उक्त कार्यक्रमको संयोजनको जिम्मेवारी उपाध्यक्ष यज्ञ क्षेत्रीलाई प्रदान गरिएको छ । समाजसंग प्रत्यक्ष अप्रत्यक्ष रुपमा जोडिएका बेलायातवासी क्षेत्री समुदायका अधिकांश सदस्यहरुको उपस्थिति रहने यो बृहद कार्यक्रममा खस क्षेत्रीहरुको संस्कृति झल्किने विविध संस्कृतिक कार्यक्रम , ख्यातीप्राप्त राष्ट्रीय कलाकारहरुको गायन, नृत्य साथै अन्य रोचक खेल तथा मनोरंजनात्मक गतिविधी रहनेछन् । कार्यक्रममा सबैलाई सहभागी भएर भरपुर मनोरंजन साथै सहयोग गरिदिनको लागी कार्यक्रम संयोजक क्षेत्रीले सबैलाई अनुरोध गरेका छन् ।

 

बेलायतमा विभिन्न संघसंस्थामा कृयाशिल सामाजिक अभियन्ता तथा समाजका सल्लाहकार रामशरण सिम्खडाले सामुहिक हित, परम्परा र संस्कृति जोगाउन समाजका नयां कार्यसमितिका पदाधिकारीहरुले लिएको कदमहरुको सराहना गर्दै बन्धुत्व , भाइचारा र सामुहिक हितको भावना जगाउन समर वार्षिक भेटघाट महत्वपूर्ण रहने विचार प्रकट गरे ।

 

बेलायतका लागि नेपाली राजदूतको प्रमुख आतिथ्यता रहने सो कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सम्मान गर्न  समय मिलाउने पहल समेत भइरहेको संयोजक क्षेत्रीले जानकारी दिए ।

 

विगत केहि वर्षदेिख क्षेत्री समाज यूके विभिन्न सामाजिक क्रियाकलापमा संलग्न हुंदै आएको छ । मेरी क्षेत्रीको दुखद निधनमा सहयोग होस् या कलाकार दीपक क्षेत्रीको ज्यान बचाउने काममा अथवा पप सम्राट ओम विक्रम विष्टको स्वास्थ उपचार होस् या बाग्लुङकी शान्ती अधिकारीको मृगौला प्रत्यापरोपणमा सहयोग गर्दा नै किन नहोस्, समाजले अग्रणी भुमिका निर्वाह गरिरहेको अध्यक्ष राजन कुमार क्षेत्रीले बताए ।

 

स्मरण रहोस् गत वर्ष जनवरीमा समाजले आपतकालिन राहतकोष संकलनार्थ आयोजना गरेको च्यारिटी कार्यक्रममा १६ लाख संकलन गरिएको थियो ।

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सिरहाको गर्जनामा हात्तीले दुई दर्जन घर भत्काए

  • 3 minutes ago
सिरहाको गर्जनामा हात्तीले दुई दर्जन घर भत्काए

सिरहा । सिरहाको गर्जना नगरपालिका– २ बन्दीपुरमा हात्ती स्थानीय बस्तीमा पसेर घर भत्काउनाका साथै अन्नबाली नष्ट गरेका छन् । विगत तीन/चार दिनदेखि हात्तीले गाउँमा स्थानीयवासीका घर भत्काएर धान, चामलका ढुकुटी

‘हिटलरी नाजिवादको नेपाली संस्करण केपी ओली हुन्’

  • 10 minutes ago
‘हिटलरी नाजिवादको नेपाली संस्करण केपी ओली हुन्’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओली हिटलरी नाजिवादको नेपाली संस्करण भएको बताएका छन् । शुक्रबार राजधानीमा भएको प्रदर्शनपछिको विरोध सभाला

प्रचण्ड–नेपाल समूहको प्रदर्शन र विरोध सभा (१२ फोटोमा)

  • 24 minutes ago
प्रचण्ड–नेपाल समूहको प्रदर्शन र विरोध सभा (१२ फोटोमा)

काठमाडौँ । प्रतिनिधि सभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले काठमाडौँमा विरोध जुलुसपछि विरोध सभाको आयोजना गरेको छ । राजधानीका विभिन्न स्थानबाट विरोध जुलुस सभास्थल प्



पर्यटन

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।

जीवनशैली

बहुगुणी धनियाँ !

बहुगुणी धनियाँ !

आँखासम्बन्धी सबै किसिमका समस्या भएकाहरूका लागि हरियो धनियाँ खानु लाभदायक हुन्छ । हरियो धनियाले शारीरिक कमजोरी हटाउन मद्दत गर्छ । हरियो धनियालाई भोजनमा सामेल गराउँदा पेटसम्बन्धी समस्या कम हुँदै जान्छन् ।