दमकको रत्न आश्रमलाई सहयोग जुटाउन लण्डनमा च्यारिटी कार्यक्रम हुंदै

कार्यक्रममा गायक दिपक लिम्बुको प्रस्तुति रहने

  • शुक्रबार, १५ आषाढ, २०७५
  • 2 years ago
  • युके

लण्डन । आउंदो जुलाई १३ तारिखको दिन लण्डन ह्यारोको ह्यारोबरो फूटबल क्लबमा एउटा च्यारिटी डिनरको आयोजना हुने भएको छ ।

 

नेपालको दमक नगर पालिका वडा नम्बर ९ स्थित रत्न आश्रमको सहयोगार्थ सो च्यारिटी कार्यक्रम गर्न लागिएको आश्रमकी संचालिका श्रीमती मन सुनुवार आलेले बताइन् । 

 

सुरुमा स्वईच्क्षाले केहि समाजसेवा गर्ने हेतुले आफ्नै लगानीमा आश्रमको भवन निमार्ण गरेर दुईचार जना बेसहारा आमा बाबाहरूको सेवा गर्दै आइरहेको तर अहिले आश्रममा आश्रय खोज्ने बृद्ध बृद्धाहरूको संख्या बढदै गएकाले केहि सहयोग जुटाउने अपेक्षासहित कार्यक्रम गर्न लागेको उनले जानकारी दिइन् । 

 

'एक थुकि सुकी, सय थुकि नदी' भने जस्तो धेरैजनाबाट थोरै सहयोगले पनि बेसहारा आमा बाबाहरूको लागि  केहि राहत होस् भन्ने उद्धेश्यले यो कार्यक्रमको आयोजना गर्न लागिएको उनको भनाइ छ ।

 

कार्यक्रममा नेपालबाट आएका चर्चित गायक तथा पहिलो नेपाली तारा दिपक लिम्बुको पनि प्रस्तुति रहनेछ । कार्यक्रमका लागि बेलायतमा रहेका  लक्ष्मी राई लारा , उमेश मोक्तान, शशीधर कोईराला, रस्मिता दर्लामी, सुशिला कार्की र शशी थापा सुव्बा लगायतले सहयोग गरिरहेका छन् ।

 

पहिला आफुले मात्र यो आश्रम चलाउने सोंच बनाएको भए पनि अहिलेको अवस्थामा यसलाई एउटा संस्थाकै रूपमा अघि बढाउने योजना सञ्चालिका सुनुवारले बनाएकी छन् । बेलायतबासी सम्पुर्ण नेपालीहरुलाई कार्यक्रममा सहभागी भएर तथा सहयोग गरेर बेसाहारा बाबुआमाहरुको तर्फबाट आशिर्वाद लिन उनले आग्रह गरेकी छन् । 

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

मोरङमा माटोको ढिस्कोले पुरेर १ जनाको मृत्यु, २ जना घाइते

  • 9 minutes ago
मोरङमा माटोको ढिस्कोले पुरेर १ जनाको मृत्यु, २ जना घाइते

मोरङ । मोरङमा माटोको ढिस्कोले पुरेर १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । सुनवर्षी नगरपालिका– ४ गान्धी आश्रम बस्दै आएकी २० बर्षीया बन्सुगिया यादवको माटोको ढिस्कोले पुरेर मृत्यु भएको हो ।

जनकपुरमा साहित्य महोत्सव

  • 21 minutes ago
जनकपुरमा साहित्य महोत्सव

जनकपुर । बुधबारदेखि जनकपुरमा साहित्य महोत्सव सुरु हुने भएको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी साहित्य महोत्सव सुरु हुने जानकारी दिएको हो । महोत्सवमा हरेक क्षेत्रबाट प्रतिनिधिमूलक सहभागित

चीनमा २५० नयाँ अर्बपति थपिए

  • 22 minutes ago
चीनमा २५० नयाँ अर्बपति थपिए

एजेन्सी । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।



पर्यटन

महोत्तरीमा नगर महोत्सवको लहर

महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।

जीवनशैली

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभाव पारेको हो ।