बोको हराम आक्रमणः मृत्यु हुने सैनिकको सङ्ख्या ४८ पुग्यो
- मंगलबार, १९ भदौ, २०७५
- 2 years ago
- अन्तर्राष्ट्रिय

कानो, नाइजेरिया । नाइजरको सीमा क्षेत्रमा रहेको नाइजेरियाली सेनाको शिविरमा बोको हराम समूहले गरेको आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको सोमबार नाजेरियाली सेनाले जनाएको छ ।
सेनाले यस पहिले आइतबार दिएको विवरणमा कम्तीमा ३० सैनिकको मृत्यु भएको जनाएको थियो ।
“सेना र बोको हराम समूहबीच भएका झडपका क्रममा ज्यान गुमाएका सैनिकको थप १८ शवलाई जङ्गलका विभिन्न भागबाट उद्धार गरिएको र यससँगै मृत्यु हुने सैनिकको सङ्ख्या ४८ पुगेको छ,” एक सेनाले आफ्नो नाम सार्वजनिक नगर्ने शर्तमा एएफ्पीलाई बताए ।
सैनिक स्रोतले एएफपीलाई दिएको जानकारी अनुसार नाइजेरियाको उत्तरी क्षेत्रमा बलि यो उपस्थिति रहेको विद्रोही समूह बोको हरामले एक्कासी सैनिक शिविरमा आक्रमण थालेपछि प्रतिकारको क्रममा ठूलो सङ्ख्यामा सैनिक अधिकारी मारिएका हुन् ।
सयौँको सङ्ख्यामा ट्रकमा आएका जिहादी विद्रोहीले ब्रोनो राज्यको उत्तरी सीमा क्षेत्रमा रहेको जारी गाउँमा रहेका शिविरमा आइतबार एक्कासी आक्रमण गरेपछि सेनाले उनीहरूविरुद्ध प्रतिकार गरेको थियो ।
दुई पक्षबीच बिहीबार शिविरमाथि आक्रमण गरी केही समय शिविरलाई कब्जा गरेको भएपनि सेनाको थप बल त्यहाँ पुगेपछि उनीहरूलाई उक्त स्थानबाट लखेट्न सेना सफल भएको बताइएको छ ।
सेनाले दिएको जानकारीमा विद्रोहीतर्फको क्षतिको विवरण भने दिइएको छैन ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
भुलेर पनि नराख्नुस् सुत्ने कोठामा यी ६ चीज, संकट जन्माउँछ !
- 1 hour ago

एजेन्सी । दाम्पत्य जीवनलाई सुखमय बनाउनको लागी धेरै कुरामा ध्यन दिनुपर्छ । जस मध्ये सुत्ने कोठा महत्वपूर्ण मानिन्छ । सुत्ने कोठमा यी ६ गल्तीहरु भुलेर पनि कहिल्यै नगर्नुहोस् । यी गल्तीले त्यस कोठामा सुत
जान्नुहोस् कुन समयमा निन्द्रा खुल्नुको अर्थ के हुन्छ ?
- 1 hour ago

एजेन्सी । के तपाई राति सुतेपछि हरेक दिन एउटै समयमा ब्युझिने गर्नुहुन्छ रु चाइनिज मान्यता अनुसार यो कुनै अदृश्य शक्तिको इशारा हुनसक्छ । वा कुनै शक्तिको प्रभाव हुनसक्छ ।
भाग्य रेखा : हत्केलाका कुन रेखाले के जनाउँछ ?
- 1 hour ago

एजेन्सी । जन्मको समय र तारिखको आधारमा कुण्डली हेरेर होस या हस्तरेखा हेरेर होस व्यक्तिको वर्तमान र भविष्य ज्योतिष विद्या मार्फत जान्ने प्रचलन छ । जसमा विभिन्न शास्त्र मार्फत व्यक्तिको बारेमा बुझ्न सकिन
पर्यटन
फेवातालको क्षेत्रफलः पहिले २२ हजार रोपनी, अहिले ११ हजार २५५ रोपनी

पोखरा । पोखरास्थित पर्यटकीय गन्तव्य फेवातालको नयाँ क्षेत्रफल र सिमाना कायम गरिएको छ । सिमाना र क्षेत्रफल यकिन गरी दिगो संरक्षण गर्ने उद्देश्यले सरकारले गठन गरेको फेवातालको चार किल्ला निर्धारण तथा सीमाङ्कन समितिले अध्ययन अनुसन्धानबाट तालको क्षेत्रफल पाँच दशमवल ७२६ वर्गकिलोमिटर अर्थात् ११ हजार २५५ रोपनी ११ आना एक पैसा कायम गरेको हो ।
जीवनशैली
आज घरघरमा स्वस्थानी ब्रत समापन गरिँदै

काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै छ ।
विचित्र विश्व
भुलेर पनि नराख्नुस् सुत्ने कोठामा यी ६ चीज, संकट जन्माउँछ !

एजेन्सी । दाम्पत्य जीवनलाई सुखमय बनाउनको लागी धेरै कुरामा ध्यन दिनुपर्छ । जस मध्ये सुत्ने कोठा महत्वपूर्ण मानिन्छ । सुत्ने कोठमा यी ६ गल्तीहरु भुलेर पनि कहिल्यै नगर्नुहोस् । यी गल्तीले त्यस कोठामा सुत्ने मानिसहरु बिच अविश्वास पैदा गरिदिन्छन् ।