बैतडीको दोगडाकेदार गाउँपालिकाका हरेक वडा कार्यालयमा फ्रि वाइफाइ
- बिहीबार, १४ भदौ, २०७५
- 2 years ago
- प्रबिधि

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकाका हरेक वडा कार्यालयमा इ–हाजिरी र इन्टरनेट जडान गरिने भएको छ । गाउँपालिकाभित्र रहेका ८ वडा कार्यालयमा इ–हाजिरी र इन्टरनेट जडान गर्ने कार्य चालु आर्थिक वर्षभित्रै गरिने गाउँपालिका अध्यक्ष चक्र कार्कीले जानकारी दिए ।
हरेक वडा कार्यालयका लागि प्रशासनिक खर्चवापत छुट्याइएको रु ५ लाख बजेटबाटै इ–हाजिरी र इन्टरनेट जडान गर्न निर्देशन दिइएको उनले बताए । गाउँपालिकालाई प्रविधिमैत्री बनाउने उद्देश्यले उक्त कार्य गर्न लागिएको बताइएको छ ।
उक्त गाउँपालिकाको कार्यालयमा गत वर्ष नै इ–हाजिरी, इन्टरनेट र सिसिटिभी जडान गरिएको छ । कार्यालयको सबै कामलाई पारदर्शी ढङ्गले अगाडि बढाउन आधुनिक प्रविधिको प्रयोगमा गाउँपालिकाले जोड दिएको छ ।
यस्तै उक्त गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका सम्पूर्ण माध्यमिक विद्यालयमा कम्प्युटर, इ–हाजिरी, इ–पुस्तकालय र प्रोजेक्टरका साथै फ्रि इन्टरनेटका लागि निरन्तरता दिएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सुन्दै आश्चर्यचकित लाग्ने यी बलिउड कलाकारहरुको बानी
- 1 hour ago

एजेन्सी । हरेक मानिसको आ–आफ्नो जीवनशैली हुन्छ । बलिउडमा काम गर्ने सेलिब्रिटीहरुको पनि केही आश्चर्य लाग्दा बानीहरु रहेका छन् ।
नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित
- 1 hour ago

काठमाडौँ । आज बस्ने भनिएको नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित भएको छ । बालुवाटारमा ओली समुहको स्थायी कमिटी बैठक बोलाइएको थियो ।
ट्रकको ठक्करबाट सफारी चालकको मृत्यु
- 1 hour ago

बुटवल । जिल्लाको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा आज बिहानै ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११ बस्ने ३६ वर्षीय खेमलाल श्रेष्ठ रहेको जिल्ला
पर्यटन
माधवनारायणका बर्तालु चाँगुनारायणमा

काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि साँखुस्थित शालीनदीमा माधवनारायणको व्रत बसेका बर्तालु मङ्गलबार राति तीर्थयात्राका लागि चाँगुनारायण मन्दिर पुगेका छन् ।
जीवनशैली
ग्याष्ट्रिकले सतायो ? नआतिनुहोस्, यसरी घरमै बनाउन सकिन्छ औषधि

एजेन्सी । मानिसको सही आहार बिहार नभएर धेरैजसो रोगी भएका छन् । खान नपाएर भन्दा पनि खान नजानेर रोगी छ हिजो आज।
विचित्र विश्व
यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।