बादल हत्याकाण्डः घटनाको छानवीन माग्दै राजेन्द्रमणी आमरण अनसनमा

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

तीन वर्ष अगाडी नेपाली काँग्रेसका नेता रामजी पौडेल -बादल- हत्यामा आफुलाई दोषी बनाईएको भन्दै न्यायको माग सहित काँग्रेसका तत्कालीन लेखनाथ नगर सभापति राजेन्द्रमणी लामिछाने आमरण अनसन बसेका छन् ।

 

सोमबार विहानदेखि नेपाली काँग्रेसको केन्द्रिय कार्यालय अगाडी उनी अनसन बसेका छन् । ‘अपराध गर्नु पाप हो । आरोप सहनु झन् महापाप हो, उनले भने–‘मलाई आरोपबाट मुक्त गरियोस् भनेर पटक पटक माग गर्दापनि पार्टीबाट न्याय पाईन । न्यायको लागि जीवनको पर्वाह नगरी अनसन बसेको छु ।’

 

२०७२ साल साउन २८ गते राती कांग्रेसका कार्यकर्ताद्वारा आफ्नै पार्टीका नेता वादलको जघन्य हत्या गरेका थिए । हत्या पछि मृतक पौडेलका दाजु राममणी पौडेलले जिल्ला प्रहरी कार्यालयमा दिएको किटानी जाहेरी दिएका थिए ।

 

घटनामा संलग्नमध्ये ६ जनालाई कास्की जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ । अदालतबाट जन्मकैद सजाय पाउनेमा साविक लेखनाथ नगरपालिका वडा नं १२ का तरुण दलका उपाध्यक्ष राउटे भन्ने विश्वास गौतम र उनका साथीहरु विभिन्न ठाउं वस्ने राजु रानाभाट, प्रकाश गुरुङ, वले भन्ने अशोक गुरुङ, रविन के।सि। र सन्दीप गुरुङ रहेका छन् ।

 

लामिछानेले आफुलाई लगाईएको आरोप पार्टीले सार्वजनिक रुपमा फिर्ता लिन लगाउनुपर्ने माग गरेका छन् । ‘कानुनी रुपमा त मेरो मुद्धा फिर्ता भैसक्यो । तर परिवारले र अरु काँग्रेसका र समाजका केही ब्यक्तिहरुले मलाई हत्याकाण्डको योजनाकार बनाएका छन्, उनले भने–यसको बिषयमा भएका सत्यतथ्य छानवीन गरी यथार्थ कुरा बाहिर आउनुपर्छ । कम्तिमा राजेन्द्रमणी दोषी हो वा होईन भन्ने कुराको विश्वास आम जनमानसमा पर्नुपर्छ ।’

 

हत्या आरोपमा किटानी जाहेरी पछि उनलाई २६ दिनसम्म कास्की प्रहरीको हिरासतमा राखिएको थियो । पछि आरोप प्रमाणित हुन नसकेपछि उनलाई प्रहरीले छाडेको थियो ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कालीगण्डकी नदीले बगाउँदा वृद्ध बेपत्ता

  • 15 minutes ago
कालीगण्डकी नदीले बगाउँदा वृद्ध बेपत्ता

तनहुँ । तनहुँको देवघाट गाउँपालिका–५ बेणी सङ्गमस्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा शुक्रबार एक वृद्धलाई बगाउँदा बेपत्ता भएका छन् ।

हल्कादेखि मध्यम वर्षाको सम्भावना

  • 49 minutes ago
हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । देशभर आज आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ

  • 1 hour ago
श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ

वीरगञ्ज । श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई शुक्रबार पक्राउ गरेको छ ।



पर्यटन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।

जीवनशैली

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।