यी निर्दयी आमाः जसले छोरीको मुख र नाक थुनेर हत्या गरिन्
- आइतबार, २० साउन, २०७५
- 2 years ago
- अन्तर्राष्ट्रिय

काठमाडौं । आमा महान हुन्छिन् । तर, कहिलेकाँही कुनै कुनै आमाहरुमा राक्षसी प्रवृत्ति सवार हुन्छ । यस्तै भएको छ दिल्लीको मोतीनगरमा । छोरोको चाहना राखेर गर्भवती भएकी एक महिलाले छोरी जन्मिएपछि आफैले मुख र नाक थुनेर हत्या गरेकी छन् ।
जन्मिएको डेढ घन्टापछि अस्पतालमै नाक र मुख थिचेर हत्या गरेको दर्दनाक घटनाले मानवतालाई नै झस्काएको छ ।
पोस्टमार्टम रिपोर्टबाट यस्तो तथ्य खुलेपछि प्रहरीले महिलाविरुद्ध हत्याको आरोप दर्ज गर्दै गिरफ्तार गरेको छ । प्राप्त जानकारी अनुसार ती महिलाको यसअघि नै दुई छोरी र एक छोरा रहेका छन् । उनी अब थप छोरी चाहन्नथिन् ।
प्रहरीका अनुसार आरोपित महिला ३२ वर्षीया रितादेवी हुन् । नारायणा बस्ने उनी प्रसव पीडा सुरु भएपछि २८ जुलाईमा बसईदारापुरस्थित ईएसआई अस्पतालमा भर्ना भएकी थिइन् । २९ जुलाई राति उनले छोरी जन्माएकी थिइन् ।
करिब डेढ घन्टा पछि नर्सलाई भेटेर बच्चा नचलेको भन्दै ती महिला पुगेकी थिइन् । नर्सले बच्चाको नाक रातो देखे । उनीहरुले तत्काल बच्चालाई विशिष्ट कक्षमा लगेर श्वास दिने प्रयास गरे, तर सफल भएनन् ।
बच्चीको नाकको रंग रातो देखेपछि डाक्टरहरुलाई शंका लाग्यो र उनीहरुले घटनाबारे प्रहरीलाई जानकारी दिए । प्रहरीले पोस्टमार्टम गरे । पोस्टमार्टम रिपोर्टबाट बच्चाको मृत्यू श्वास रोकिएर भएको पुष्टि भयो ।
प्रहरीले आशंकाको भरमा महिलालाई हिरासतमा लिएर अनुसन्धान सुरु गरे । महिलाले आफ्नो अपराध स्वीकार गरिन् । उनले बच्चाको हत्यापछि कसैलाई शंका नहोस् भनेर आफैं नर्ससम्म पुगेर उजुरी गरेकी थिइन् । प्रहरीले पक्राउपछि महिलामाथि थप अनुसन्धान गरिरहेको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
'प्रधानमन्त्रीले गल्ती स्वीकार गरे पार्टी एकता हुनसक्छ'
- 51 minutes ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले आधिकारिक नेकपा आफूहरु रहेको बताएका छन् । नेकपा पाँचथर जिल्ला कमिटीले आज फिदिममा आयोजना गरेको कार्यकर्ता भेला तथा
कीर्तिमानी आरोहीलाई विशिष्ट मानपदवी दिइने
- 59 minutes ago

काठमाडौँ । सरकारले सगरमाथालगायतका उच्च शिखरका विजेतालाई विभिन्न मानपदवी दिने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथासहित हिमाल आरोहण गरेर देशको शान र पहिचानलाई उचो बनाउने कार्यमा संलग्न
प्यारातालमा भारतीय दाबीः विवाद सुल्झाउन आग्रह
- 1 hour ago

कन्चनपुर । कञ्चनपुरको पुर्नवास नगरपालिकामा पर्ने प्याराताललाई भारती पक्षले लामो समयदेखि विवाद सिर्जना गर्दै आएको भए पनि नेपाली पक्ष भने मौन रहँदै आएको छ । तत्कालीन जिल्ला विकास समिति कञ्चनपुर हुँदै हा
पर्यटन
कीर्तिमानी आरोहीलाई विशिष्ट मानपदवी दिइने

काठमाडौँ । सरकारले सगरमाथालगायतका उच्च शिखरका विजेतालाई विभिन्न मानपदवी दिने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथासहित हिमाल आरोहण गरेर देशको शान र पहिचानलाई उचो बनाउने कार्यमा संलग्न आरोहीको सम्मानका लागि सरकारी तवरबाट विशेष मानपदवीका साथ सम्मानको शुरुआत गरिने घोषणा गरेका छन् ।
जीवनशैली
खाली पेटमा खान नहुने यी चिजबारे जानौं

एजेन्सी । हामी अफिस जाने हतारोले खाली पेटमा जेसुकै खाएर पनि जाने गछौं । यो बानी हाम्रै लागि ठिक होइन । चिकित्सकहरुले केही चिज नखान भनेका छन् ।भर्खरै गरेको एक अध्ययनले अब यो कुरालाई प्रमाणित पनि गरिदिएको छ । जानौं कुन चिज खाली पेटमा खानु हुँदैन, जसले स्वास्थ्यलाई हानी गर्छ ।
विचित्र विश्व
भुटानमा सक्रिय कोरोना संक्रमित कति छन् ?

एजेन्सी । भुटानमा कोरोना संक्रमितको संख्या ८५५ पुगेको छ । कुल कोरोना संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १२९ रहेको छ ।