अस्ट्रेलियाको एक घरमा बालबालिकासहित पाँच जनाको शब भेटिएपछि...

Norvic Hospital

सिड्नी । पश्चिम अस्ट्रेलियाको पर्थमा एक घरमा बालबालिका सहित कम्तीमा पाँच जनाको शब भेटिएको स्थानीय प्रहरी अधिकारीहरुले जनाएका छन् । 

 

प्रहरीको वक्तव्यमा बालबालिका सहित धेरै जनाको शब भेटिएको उल्लेख छ । अनुसन्धाताहरुले मृतकको एकिन संख्या खुलिनसकेको बताएका छन् । मृतकको उमेर र लिङ्ग पहिचान पनि हुन नसकेको प्रहरीले बताएको छ । 

 

एकजना करिब २० वर्षको हाराहारीका व्यक्तिले प्रहरी समक्ष आत्मसमर्पण गरी शबका बारेमा जानकारी दिएका थिए । प्रहरीले भनेको छ, “ती व्यक्ति प्रहरीको नियन्त्रणमा छन् र प्रहरीलाई घटनाको यथार्थता बताउन सहयोग गरिरहेका छन् ।” 

 

प्रहरी नियन्त्रणमा रहेका ती व्यक्तिसँग मृतकहरुको सम्बन्धका बारेमा पनि प्रहरीले अनुसन्धान जारी राखेको छ । 

 

अस्ट्रेलियामा पछिल्ला दिनहरुमा व्यक्ति हत्याका घटनाहरुमा वृद्धि भएको छ । सिड्नीमा हालै मात्र एक बाबुले छोरा र छोरीको गोली हानी हत्या गरेर आफैं आत्महत्या गरेका थिए । 

 

एक अर्को घटनामा पश्चिम अस्ट्रेलियामा पनि एक जना हजूरबाबुले आफ्नी पत्नी, छोरी र चारजना नातिनातीनाको हत्या गरेर आत्महत्या गरेको प्रहरीले जनाएको छ । 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

खोप लगाउनेको भीड (फोटोफिचर)

  • 2 minutes ago
खोप लगाउनेको भीड (फोटोफिचर)

काठमाडौं । काठमाडौंको छाउनिस्थित विरेन्द्र सैनिक अस्पतालमा कोभिड–१९ विरुद्धको खोप लगाउन लाइनमा बसेका सर्वसाधारण । सरकाले विभिन्न क्षेत्रमा खोप कार्ड अनिवार्य गरेपछि खोप लगाउनेको संख्या बढ्दै गइरहेको छ

मुग्लिन–पोखरा सडक विस्तारको पश्चिम खण्डमा काम अघि बढ्यो

  • 25 minutes ago
मुग्लिन–पोखरा सडक विस्तारको पश्चिम खण्डमा काम अघि बढ्यो

कास्की । पर्यटकीय सहर पोखरालाई राजधानी काठमाडौँसँग जोड्ने पृथ्वीराजमार्ग विस्तार तथा स्तरोन्नति गर्ने योजनाको प्रारम्भिक काम रुख कटानबाट अघि बढेको छ ।

भक्तपुर ङालाकेगु जात्रा सुरु

  • 1 hour ago
भक्तपुर ङालाकेगु जात्रा सुरु

भक्तपुर । नवदुर्गा देवगणको ङालाकेगु (माछा समाउने) जात्रा भक्तपुर नगरभित्र आइबारदेखि सुरु भएको छ । यहाँको प्रसिद्ध ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको सो जात्रा माघे सङ्क्रान्तिको राति नवदुर्गा द्योछे



पर्यटन

हिउँमा चखेवाका जोडी

हिउँमा चखेवाका जोडी

मनाङ । मनाङको ङिस्याङ गाउँपालिकाको ढुकुरपोखरीमा परेको सेताम्मे हिउँमा रमाइरहेका चखेवा, (राजहाँस) का एक जोडी । तस्बिरः नवीन लामिछाने÷रासस

जीवनशैली

यस्तो बेला पानी पिउनु विष जस्तै हो, भुलेर पनि नगर्नुहोस् यी गल्तीः चाणक्य

यस्तो बेला पानी पिउनु विष जस्तै हो, भुलेर पनि नगर्नुहोस् यी गल्तीः चाणक्य

एजेन्सी । आचार्य चाणक्य अर्थशास्त्र, राजनीति र आयुर्वेदका जानकार व्यक्ति हुन्। उनले मानव जातिलाई सफल जीवन बिताउन विभिन्न तरिका बताएका छन् ।

विचित्र विश्व

गान्धारी कसरी बनेकी थिइन् सय कौरबकी आमा ?

गान्धारी कसरी बनेकी थिइन् सय कौरबकी आमा ?

एजेन्सी । धृतराष्ट्र जन्मजात अन्धा थिए, तर उनकी पत्नी गान्धारी भने आफ्नो इच्छाले अन्धी भएकी थिइन् । धृतराष्ट्र चाहन्थे कि उनको दाजुभाइहरुको भन्दा पहिले आफ्नो सन्तान होस् । किनभने हस्तिनापुरमा नयाँ पिँडीको सबैभन्दा जेठो पुत्र नै राजा बन्ने परम्परा थियो ।