अस्ट्रेलिया घुम्न आउने अभिभावकको स्वास्थ्य बीमा गराउनु किन अनिवार्य छ ?

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

अस्ट्रेलिया घुम्न आउने अभिभावकको स्वास्थ्य बीमा गराउनु किन अनिवार्य छ ?

 

मेरो बुवाआमा तीन महिनाको लागि अष्ट्रेलिया आउनुभएको छ । उहाँहरू दुवैजना स्वस्थ नै हुनुहुन्छ । उहाँहरूको भिसामा बीमा अनिवार्य भन्ने कुनै शर्त राखिएको पनि छैन । के उहाँहरूको बीमा नगराउँदा पनि हुँदैन?

 

भिसाको शर्त नभए पनि बीमा गराउनु अत्यन्त आवश्यक छ । बुवा आमा वा अन्य आफन्त यहाँँ आएर गम्भीर किसिमको बिरामी भइदिनु भयो भने तपाईंलाई ठूलो आर्थिक व्ययभार पर्न सक्छ । मैले व्यक्तिगत रूपमा धेरैजनालाई भेटेको छु, जसले आफन्त बिरामी पर्दा वा आफन्तको मृत्यु हुँदा मानसिक पीडा र संकटका साथसाथ ठूलो आर्थिक क्षतिको पनि सामना गर्नु परेको छ । बीमा गर्नाले तपाईंको बुवाआमालाई कुनै स्वास्थ्य सम्बन्धी समस्या आएमा आर्थिक रूपमा ठूलो संकटबाट जोगिन सक्नुहुन्छ ।    

 

 

म अस्ट्रेलिया आएको ६ महिना भयो । मसँग सबक्लास ३०९ भिसा छ । मेरो श्रीमानले अस्ट्रेलियाको नागरिकता लिएका छन् । पछिल्लो समयमा आएर मेरो र श्रीमानको सम्बन्ध राम्रो छैन । मलाई मानसिक पीडा मात्र होइन, कहिलेकाही उनले पिट्ने समेत गर्छन् । म नेपाल फर्कन चाहन्नँ तर उनीसँग सम्बन्ध विच्छेद गर्न चाहन्छु । यसो गर्दा मेरो पीआरमा के फरक पर्छ? 

 

तपाईं घरायसी हिंसा -Family violence_)को शिकार हुनुभएको जस्तो देखिन्छ । अस्ट्रेलियाको माइग्रेशन प्रणालीमा घरायसी हिंसासम्बन्धी प्रावधान राखिएको छ, जसअन्तर्गत पीआरको लागि आवेदन दिएको व्यक्ति घरेलु हिंसाबाट पीडित भएमा र त्यसको कारण सम्बन्ध टुटेमा पनि निजको पीआरको आवेदनले निरन्तरता पाउँछ । यस सन्दर्भमा तपाईंलाई माइग्रेशन सम्बन्धी परामर्श दिने वकील वा माइग्रेशन एजेन्टले उचित परामर्श र सहयोग गर्न सक्छन् ।   

 

म नेपालबाट भर्खरै सिड्नी आइपुगेको छु । मेरो पढाइ मार्चबाट सुरु हुँदैछ । म पढ्न आएको कोर्स महंगो भएकोले अलि सस्तो कलेजमा पढौँ कि भन्ने सोच्दैछु । मार्चभन्दा पहिले नै कलेज परिवर्तन गर्न मैले के गर्नुपर्छ? 

 

तपाईं के कोर्स गर्न आउनुभएको प्रष्टसँग उल्लेख गर्नुभएको रहेनछ । यदि तपाईं प्याकेज कोर्स (जस्तै डिप्लोमा र त्यसपछि ब्याचलर्स) गर्न आउनुभएको हो भने मुख्य कोर्स (माथिको उदाहरणमा प्रमुख कोर्स भनेको ब्याचलर्स हो) ६ महिना पढेपछि तपाईं कलेज परिवर्तन गर्न स्वतन्त्र हुनुहुन्छ । यदि प्याकेज कोर्स होइन भने पनि पढ्न आएको प्रमुख कोर्स ६ महिना पढेपछि कलेज परिवर्तन गर्न पाउनुहुन्छ । 

 

यदि ६ महिनाभन्दा पहिले नै कलेज परिवर्तन गर्न चाहनुहुन्छ भने आफ्नो शैक्षिक संस्थाबाट रिलिज लेटर लिनुपर्दछ । कुनै गतिलो कारण नभइकन तपाईंको कलेज वा युनिभर्सिटीले तपाईंलाई रिलिज लेटर दिँदैन । बिना रिलिज लेटर तपाईंलाई अर्को शैक्षिक संस्थाले भर्ना गर्न मिल्दैन । केही नेपाली विद्यार्थीले रिलिज लेटर पाउनकै लागि नक्कली कागजात कलेजमा बुझाएको र कलेजले सो कुरा पत्ता लगाएर उनीहरूको भिसा क्यान्सल गराउनका लागि प्रकृया सुरु गरेको भन्ने खबर केही अगाडि आएको थियो ।  नक्कली र कीर्ते कागजात बनाउनु अस्ट्रेलियाको कानुनअनुसार दण्डनीय अपराध हो । रिलिज लेटर सजिलै निकालिदिन्छु वा बिना रिलिज लेटर नै सस्तो कलेजमा भर्ना गरिदिन्छु भन्ने आश्वासन कसैले दिन्छ भने त्यस्ता व्यक्ति वा कन्सल्टेन्सीसँग अलि होसियार रहनुहोला ।

 

यस स्तम्भमा दिइएका जानकारी पूर्ण, अद्यावधिक र सबैका लागि उपयुक्त नहुनसक्छन्। कुनै निष्कर्षमा पुग्नु वा कुनै पनि महत्त्वपूर्ण निर्णय गर्नुभन्दा पहिले अध्यागमन विभागको वेबसाइट, माइग्रेशनसम्बन्धी परामर्श दिने वकील वा रजिस्टर्ड माइग्रेशन एजेन्टबाट आवश्यक जानकारी लिनु उचित हुन्छ। लेखक रजिष्टर्ड माइग्रेशन एजेन्ट (MARN 1172267) हुन्। तपाईंका पनि कुनै जिज्ञासा छन् भने info@nepalipatra.com.au मा पठाउन सक्नुहुन्छ। तपाईंको परिचय गोप्य राखिनेछ।

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नेप्सेमा उच्च अंकको वृद्धि

  • 45 seconds ago
नेप्सेमा उच्च अंकको वृद्धि

काठमाडौँ। आज बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उच्च अंकले वृद्धि भएको छ। आज नेप्से ७४.९३ अंकले बढेर २ हजार ३७.६४ विन्दुमा पुगेको हो। बुधबार पनि नेप्से ४१.३९ अंकले बढेर १ हजार ९ सय ६२.७१ व

बागमती प्रदेशको मुख्यमन्त्री फेर्ने तयारी सुरु

  • 18 minutes ago
बागमती प्रदेशको मुख्यमन्त्री फेर्ने तयारी सुरु

हेटौँडा। सत्तारुढ दलका सांसदहरुले बागमती प्रदेशको मुख्यमन्त्री फेर्ने तयारी सुरु गरेका छन्। प्रदेश सभाबाट बजेट पास भएसँगै मुख्यमन्त्री परिवर्तन गर्न सत्तारुढ गठबन्धनकै नेपाली कांग्रेस र माओवादी केन्द

इजरायली संसद् विघटन, तत्काल नयाँ निर्वाचन

  • 29 minutes ago
इजरायली संसद् विघटन, तत्काल नयाँ निर्वाचन

जेरुसेलम। इजरायली सांसद्हरूले बिहीबार संसद भङ्ग गर्ने विधेयकलाई अनुमोदन गरेका छन्। प्रधानमन्त्री नाफ्ताली बेनेटको क्रस(पार्टी गठबन्धनले संसदमा बहुमत गुमाएपछि संसद् भङ्ग भएको हो। चार वर्षभन्दा



पर्यटन

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।

जीवनशैली

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।