अष्ट्रेलिया विशेषः केही बारम्बार सोधिने प्रश्नहरू र तिनका जवाफ

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

म छिट्टै नै पीआर अप्लाई गर्दैछु । के मेरी श्रीमतीले पनि आइएल्ट्स दिनुपर्छ ? अथवा आइएल्ट्सको विकल्पमा अरू के गर्न सकिन्छ ?

 

तपाईंसँगै पीआरको लागि आवेदन दिने हो भने तपाईंकी श्रीमतीको कम्तीमा पनि काम चलाउ (ागलअतष्यलब)िस्तरको अंग्रेजी हुनुपर्दछ । यसको निम्ति निम्नमध्ये कुनै एक प्रमाण पेश गर्न सकिन्छः

 

१. आइएल्ट्समा औसतमा साढे चार वा त्योभन्दा बढी ल्याएको प्रमाण (यसको विकल्पमा पीटीई वा त्यस्तै अन्य परीक्षा पनि दिन सकिन्छ) 

२. एडल्ट माइग्रेन्ट इङ्लिश प्रोग्राम सञ्चालन गर्ने संस्थाबाट काम चलाउ स्तरको अंग्रेजी छ भन्ने सिफारिस, 

३. अस्ट्रेलिया वा विदेशी शैक्षिक संस्थामा कम्तीमा दुई वर्षसम्म अंग्रेजी माध्यममा ट्रेड, डिप्लोमा वा उच्च शिक्षा अध्ययन गरेको प्रमाण, 

४. अस्ट्रेलियामा डिप्लोमा वा त्योभन्दा माथिल्लो तहमा अंग्रेजी माध्यममा कम्तीमा एक वर्ष पढेको प्रमाण 

माथिका मध्ये कुनै पनि प्रमाण दिन सकिएन भने पनि तपाईंकी श्रीमतीले पीआर नपाउने भन्ने हुँदैन् । तर, त्यस्तो अवस्थामा तपाईंले सरकारलाई पैसा तिर्नुपर्छ । अहिले तोकिएको दर अनुसार तपाईंले ४,८८५ डलर बुझाउनु पर्दछ ।  

 

म रिजनल स्पोन्सरसीपको लागि योग्य छु ।  मैले अहिले ४८९ भिसा लिएँ र केही महिना भित्रमा मेरो आइएल्ट्समा ७ आयो भने मैले तुरुन्तै पीआर हाल्न मिल्छ कि दुई वर्ष नै कुर्नुपर्दछ ?

तपाईं ४८९ भिसामा हुँदाहुँदैं सिधै पीआरको लागि पनि प्वाइन्ट पुग्यो भने तपाईंले पीआरको लागि आवेदन दिन मिल्छ । दुई वर्ष कुर्न पर्दैन । 

 

म सिड्नी आएको ९ वर्ष भयो । म सुरुबाट अहिलेसम्म नै स्टुडेन्ट भिसामा छु । मेरो छोरो आठ वर्षको भयो र ऊ यहीँ जन्मेको हो । ऊ जन्मेदेखि यहाँ हामीसँगै छ र अहिले तीन कक्षामा पढ्छ । दश वर्षसम्म लगातार अस्ट्रेलिया बसेको विदेशीले स्वतः पीआर पाउँछन रे भन्ने सुनेको छु । के यो साँचो हो ?

दश वर्षसम्म अस्ट्रेलिया बस्दैमा स्वतः पीआर पाइने भन्ने नियम छैन् । तर, तपाईंको छोराले भने दश वर्ष पुगेपछि यहाँको नागरिकता पाउने स्थिति देखिन्छ । 

 

दुई हप्तामा चालीस घण्टा काम गर्न पाउने भन्ने नियमको बारेमा अलिकति प्रष्ट पारिदिनु हुन्छ कि ?

 

विद्यार्थी भिसामा शर्तहरू ८१०४ वा ८१०५ लगाइएको हुन्छ । पीएचडी वा रिसर्चमा मास्टर्स गरिरहेका बाहेक अन्य विद्यार्थीले पढाइ चलिरहेको समयमा दुई हप्तामा ४० घण्टाभन्दा बढी काम गर्न नपाइने नियम छ । दुई हप्ताको चालीस घण्टा हिसाब गर्दा कसरी गर्ने भन्ने विषयमा भने धेरै विद्यार्थी र रोजगारदाताहरू अन्योलमा परेको पाइएको छ । तलको यो उदाहरणबाट यस  व्यवस्थालाई राम्ररी बुझ्न सकिन्छः 

 

हरि ब्याचलर्स अफ अकाउन्टिङका विद्यार्थी हुन् । अहिले उनको पढाइ चलिरहेको छ । उनी एउटा सुपर मार्केटमा काम गर्छन् । गएको चार हप्तामा उनले गरेको कामको विवरण निम्नअनुसार छः

 

हप्ता १ः १० घण्टा 

हप्ता २ः ३० घण्टा 

हप्ता ३ः १५ घण्टा 

हप्ता ४ः २५ घण्टा 

सर्सर्ती हेर्दा हरिले पहिलो दुई हप्तामा ४० घण्टा र अन्तिम दुई हप्तामा पनि ४० घण्टा नै काम गरेकोले भिसाो शर्तभित्र रहेरै काम गरेको देखिन्छ । तर, त्यसो होइन । पहिलो दुई हप्ता र अन्तिम दुई हप्तामा उनले गरेको काम नियम संगत नै छ । तर, यदि दोस्रो र तेस्रो हप्तामा काम गरेको घण्टा जोड्यौँ भने उनले ती दुई हप्तामा ४५ घण्टा काम गरेको भेटिन्छ । यहाँ उनले भिसाको शर्त उल्लंघन गरेका छन् ।

 

विद्यार्थी डिपेन्डेन्ट् भिसामा भएकाहरूको हकमा पनि यही नियम लागु हुन्छ । उनीहरूको हकमा बुझ्नुपर्ने कुरा के हो भने मास्टर्स वा त्योभन्दा माथिका विद्यार्थीका डिपेन्डेन्ट्ले  जतिसुकै घण्टासम्म पनि काम गर्न पाउँछन् । त्योभन्दा तल्लो तहमा अध्ययनरत विद्यार्थीका डिपेन्डेन्ट्ले भने कुनै पनि हालतमा (विद्यार्थीको पढाइ नचलेको समयमा समेत) दुई हप्ताको चालीस घण्टाभन्दा बढी काम गर्न पाइँदैंन् ।

 

यस स्तम्भमा दिइएका जानकारी पूर्ण, अद्यावधिक र सबैका लागि उपयुक्त नहुनसक्छन्। कुनै निष्कर्षमा पुग्नु वा कुनै पनि महत्त्वपूर्ण निर्णय गर्नुभन्दा पहिले अध्यागमन विभागको वेबसाइट, माइग्रेशनसम्बन्धी परामर्श दिने वकील वा रजिस्टर्ड माइग्रेशन एजेन्टबाट आवश्यक जानकारी लिनु उचित हुन्छ। लेखक रजिष्टर्ड माइग्रेशन एजेन्ट (MARN 1172267) हुन्। तपाईंका पनि कुनै जिज्ञासा छन् भने info@nepalipatra.com.au मा पठाउन सक्नुहुन्छ। तपाईंको परिचय गोप्य राखिनेछ।

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बागमती प्रदेशको मुख्यमन्त्री फेर्ने तयारी सुरु

  • 11 minutes ago
बागमती प्रदेशको मुख्यमन्त्री फेर्ने तयारी सुरु

हेटौँडा। सत्तारुढ दलका सांसदहरुले बागमती प्रदेशको मुख्यमन्त्री फेर्ने तयारी सुरु गरेका छन्। प्रदेश सभाबाट बजेट पास भएसँगै मुख्यमन्त्री परिवर्तन गर्न सत्तारुढ गठबन्धनकै नेपाली कांग्रेस र माओवादी केन्द

इजरायली संसद् विघटन, तत्काल नयाँ निर्वाचन

  • 22 minutes ago
इजरायली संसद् विघटन, तत्काल नयाँ निर्वाचन

जेरुसेलम। इजरायली सांसद्हरूले बिहीबार संसद भङ्ग गर्ने विधेयकलाई अनुमोदन गरेका छन्। प्रधानमन्त्री नाफ्ताली बेनेटको क्रस(पार्टी गठबन्धनले संसदमा बहुमत गुमाएपछि संसद् भङ्ग भएको हो। चार वर्षभन्दा

सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छः प्रधानमन्त्री

  • 27 minutes ago
सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छः प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुक र नागरिकलाई केन्द्रमा राखेर सत्यतथ्य र आधिकारिक समाचारमार्फत् आम जनतालाई सुसूचित गराउने दायित्व बहन गर्न राससलाई आग्रह गरेका छन्। प्रधानमन्त्री न



पर्यटन

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।

जीवनशैली

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।