विदेश पढ्न जाँदै हुनुहुन्छ ? यी ५ कुराहरु विशेष ध्यान दिनुहोस्
- बिहीबार, ९ फागुन, २०७५
- 3 years ago
- नेपाल
- अष्ट्रेलिया

काठमाडौँ । हाम्रो देशबाट हरेक वर्ष हजारौं विद्याथीहरु पढ्नको लागि विदेश जाने गर्छन् । धेरै जसो उच्च शिक्षा आर्जन गर्नको लागि जाने गर्छन भने कैंयौ विद्यार्थी साथीभाईको लहैलहैमा लागेर रहरको पुर्याउन पनि विदेश पढ्न जाने गर्छन् ।
मुख्य गरी अमेरिका, क्यानडा, अष्टेलिया, युके, विभिन्न युरोपियन देशहरु, जापान, चीन भारत लगाएतका धेरै देशहरुमा नेपाली विद्यार्थीहरु पढ्नको लागि गएको पाइन्छ । आज हामी तपाईलाई यस्ता ५ कुराहरु बताउन गइरहेका छौं जसलाई विदेश पढ्न जान भन्दा पहिले विशेष ध्यान दिनुहोस्
१. कहाँ पढ्ने ?
धेरै देशहरु यस्ता छन् जुन राम्रा राम्रा विश्वविद्यालय तथा कलेजहरुको लागि प्रख्यात छन् । त्यसैले नेपाल बाहिर कुनै देशमा पढ्न जाँदै हुनुहुन्छ भने सहि देश छान्नुहोस ।
देश यस्तो हुन पर्छ जसले तपाईको आवश्यकता पुरा गर्न सकोस र राम्रा शिक्षाको लागि तपाईको मनोबल बढाउन सकोस् । त्यसैले सबैभन्दा पहिले तपाईले चाहनुभएको विषयको राम्रो सँग पढाइ हुने देश छान्नुहोस् ।
२. जाँच बुझ
आफु जाने देश छानी सकेपछि कुन विश्वविद्यालय वा कलेजमा पढ्न ठिक हुन्छ त्यो पनि बुझ्नुहोस ।
तपाई विदेशमा पढ्नको लागि जाँदै हुनुहुन्छ भने सबैभन्दा पहिले उक्त विश्वविद्यालय वा कलेजको राम्रो सँग जानकारी लिनुहोस ।
विभिन्न देशहरुमा कैयौं पटक केही यस्ता नक्कली संस्थाहरु पनि भेटिएका छन्, जसले विद्यार्थीहरुलाई विभिन्न प्रकारको प्रलोभन देखाएर आफ्नो देशमा बोलाएर सोझा विद्यार्थीहरुलाई ठगेका छन् वा फाइदा उठाएका छन् । त्यसैले जानुभन्दा पहिले विभिन्न स्रोतहरुको उपयोग गरेर राम्रोसँग जानकारी लिनुहोस् ।
३. पढ्नको लागि लाग्ने खर्च र छात्रवृत्ति
विदेश पढ्न जान पहिले विद्यार्थीहरुले विश्वविद्यालयको शुल्क र पढ्न जान लाग्ने अन्य खर्चको बारेमा पनि ध्यान दिनुपर्छ ।
अधिकांश विश्वविद्यालयले बाहिरबाट आउने राम्रा र जेहेन्दार विद्याथीहरुलाई छात्रवृत्तिको रुपमा आर्थिक सहायता प्रदान गर्छन् ।
तर, कुनै विश्वविद्यालयले यो सुविधा दिँदैनन् । यसैले विदेश जान भन्दा पहिले विश्वविद्यालयबाट यो कुराको पुरै जानकारी लिनुहोस कि त्यँहा छात्रवृतिको सुविधा छ कि छैन् । यसले तपाईको धेरै खर्च बढ्न सक्छ ।
४. जागिरको ग्यारेन्टी
कैयौं विश्वविद्यालयले अनुभवी र होनहार विद्यार्थीहरुलाई पढाई सकिने बित्तिकै जागिर दिन्छन् ।
यतिमात्रै होइन उनीहरुले फोन, इमेलमा या विद्यार्थीसँग प्रत्यक्ष साक्षात्कार गरेर विद्यार्थीहरुलाई सहि कोर्स तथा करियर छान्न पनि मद्धत गर्छन् । विदेश जानु पहिले विद्यार्थीहरुले यो कुरामा पनि ध्यान दिनु पर्छ ।
५. भिसाको लागि उचित व्यवस्था
यदि तपाई विदेश पढ्न जान लाग्नु भएको छ भने तपाईलाई भिसाको आवश्यकता हुन्छ । यस कुरालाई सुनिश्चित गर्नुहोस कि जति वर्षको लागि तपाई पढ्न जान लाग्नु भएको छ त्यस समयमा तपाईलाई भिसाको सम्बन्धमा कुनै समस्या नहोस ।
यस बाहेक भिसाको लागि चाहिन सबै खालका आवश्यक कागजपत्रहरु पनि समयमै बनाउनुहोस । यसमा ढिलाई हुनाले तपाईलाई समस्यको सामना गर्न पर्ने हुन सक्छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
बलात्कार आरोप लागेका कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डे पक्राउ
- 4 hours ago

काठमाडौं । आठ वर्षअघि एक किशोरीलाई बलात्कार गरेको आरोप लागेका मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डे पक्राउ परेका छन् ।
६९४ तहको परिणाम सार्वजनिक, कांग्रेस पहिलो र एमाले दोस्रो
- 4 hours ago

काठमाडौं । स्थानीय तह निर्वाचनको जारी मतगणनाअन्तर्गत हालसम्म ६९४ तहको परिणाम सार्वजनिक भएको छ । गत वैशाख ३० गते सम्पन्न निर्वाचनको जारी मतगणनामा शनिबार साँझ ७ बजेसम्म निर्वाचनको आयोगको सूचना प्रणालीमा
बुटवल उपमहानगरमा प्रमुखमा पाण्डे, उपप्रमुखमा अर्याल
- 6 hours ago

लुम्बिनी । स्थानीय तहको निर्वाचन २०७९ अन्तर्गत बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । बुटवलमा पाँच दलीय गठबन्धनका तर्फबाट नगरप्रमुखका उम्मेदवार बनेका कांग्रेस बुटवल उपमहानगरपालिक
पर्यटन
इसेवाको ग्राहक संख्या ६० लाख पुग्यो

काठमाडौँ। नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाको मोबाईल एप्स् एण्ड्रोइड मोबाईलमा डाउनलोड गर्नेको संख्या ५२ लाख नाघेको छ। योसँगै नेपालको फाइनान्सियल सेवामा एण्ड्रोइडको ५० लाखको माइलस्टोन हाँसिल गर्ने पहिलो कम्पनी भएको छ।
जीवनशैली
आज देशभर भूमेस्थानमा पूजाआराधना गरी उँभौली पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजाआराधना गरी मनाइँदै छ ।
विचित्र विश्व
दोस्रो विश्व युद्धको समयमा चोरी भएको सुनको औंठी ग्रीस फिर्ता

एजेन्सी । नोबेल फाउण्डेशन, स्वीडेनले दोस्रो विश्वयुद्धका समयमा ग्रीसको रोड्स टापुबाट चोरी भएको पुरातन महत्वको सुनको औंठी फिर्ता गरेको ग्रीसको संस्कृति मन्त्रालयले शुक्रबार जानकारी गराएको छ ।