किन बन्यो अष्ट्रेलिया आईएसको तेस्रो प्रमुख निशानामा ?

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

अष्ट्रेलिया अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेटको तेस्रो प्रमुख निशानामा परेको प्रतिवेदन सार्वजनिक भएको छ । अमेरिकाको प्रभावशाली कंग्रेसियल कमिटिले सार्वजनिक गरेको प्रतिवेदनमा अष्ट्रेलिया आईएसको निशानामा रहेको पश्चिमा मुलुकहरुमध्येको तेस्रो प्रमुख मुलुक रहेको उल्लेख छ । हरेक देशमा आईएसको लिंक–प्लटका आधारमा सूची तय गरिएको रिर्पोटमा उल्लेख गरिएको छ । आक्रमणको सूचीमा अमेरिका र फ्रान्स आईएसको पहिलो र दोस्रो नम्बरमा रहेका छन् । बेलायतमा भएका ८ आठवटा आतंकवादी हमलालाई समेत आइएससँग जोडेर हेरिएको छ । 

 

आतंकवादी घटनामध्येका १०१ घटनालाई पहिचान गरी आइएससँग ती घटनाहरुको सम्बन्ध जोडिएको छ । 

 

न्यायमन्त्री माइकल किनानले भनेका छन्,‘रिर्पोट आश्चर्य लाग्दो छैन ।’

 

पत्रकारहरुसँग एडेलआइडमा बोल्दै उनले भने,‘यसबारे हामीलाई पहिला नै जानकारी थियो ।’

 

हामीलाई थाहा छ आइएसआइएलले अष्ट्रेलियालाई केही समयका लागि निशाना बनाइराखेको छ । तर हमी यसबारे जानकार छौ र जस्तौसुकै चुनौतीको सामना गर्न पनि तयार रहेका छौ ।’

 

‘उनीहरु हाम्रो रहनसहनलाई धृणा गरेकै कारण हामीलाई निशाना बनाएका हुन् । उनीहरुको डरधम्कीले हामी डराउनेवाला छैनौ ।’

 

मिस्टर किनानले भने,‘कुनै पनि राष्ट्र अन्तराष्ट्रिय आतंकवादलाई रोक्न अष्ट्रेलियाजति सक्षम रहेका छैनन् ।’

 

उनले अरु राष्ट्रहरुलाई इंगित गर्दै भने,‘२.५ बिलियनमात्र राष्ट्रिय सुरक्षा स्थित सुधारका लागि खर्च हुने गरेको छ ।’

 

अष्ट्रेलियामा अझै डरको अवस्था रहेको

 

न्यायमन्त्री किनानका एक मित्रले अष्ट्रेलियामा अझै आतंकवादी संगठन आइएसको त्रास रहेको बताएका छन् । 

 

‘एफपी र एएसआइओ तथा अरु एजेन्सीहरुले आतकंवादीहरुको आक्रमण गर्ने ९ वटा योजना बिफल पार्दी सकेका थिए र अरु पनि प्रक्रियामा नै रहेका छन् ।’

 

‘हामीलाई त्यस्ता हुनसक्ने आक्रमणबारे जानकारी हुनु आवश्यक रहेको छ ।’

 

डुटोनले आतंकवादी संगठन विरुद्ध लड्न बनेको देशहरुको गठबन्धनले ठुलो महत्व राखेको बताएका छन् । 

 

 डुटोनले भनेका छन् ‘यदी उनीहरु र्याडिक नै रहे भने, उनीहरु छन् पनि, उनीहरुले अवश्य नै अष्ट्रेलियनहरु मार्नेछन् ।’

 

अमेरिकाको होमल्याण्ड सेकुरिटी कमिटीले दिएको जानकारी अनुसार आइएस–लिंक आक्रमणहरु अत्यन्त खतरनाक र विनाशकारी हुदै गएको छ । 

 

उनीहरुले जारी गरेको सुचीमा शंकास्पद आतंककारी ८० प्रतिशत २६ वर्षदेखि ३० वर्ष मुनिका र ८९ प्रतिशत पूरुष रहेका छन् । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

  • 8 minutes ago
टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन

बागमती प्रदेश सरकारको बजेट बहुमतले पारित

  • 18 minutes ago
बागमती प्रदेश सरकारको बजेट बहुमतले पारित

हेटौँडा। बैठकले सरकारले ल्याएको ७० अर्ब रुपैयाँ भन्दा बढीको बजेट बहुमतले पारित गरेको हो। बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले गत असार १ गते बुधबार प्रदेशसभ

आयल निगम व्यापारीको हातमा दिने तयारी भइरहेको छः रामचन्द्र पौडेल

  • 30 minutes ago
आयल निगम व्यापारीको हातमा दिने तयारी भइरहेको छः रामचन्द्र पौडेल

काठमाडौँ। सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्बौँ को आर्थिक चलखेर गरेर सरकारले नेपाल आयल निगमलाई पनि व्यापारीको हातमा दिने तयारी गरिरहेको आरोप लगाएका छन्। उनले नेपाल आयल निग



पर्यटन

टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।

जीवनशैली

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।