आजको विश्वकपमा मेस्सीले गर्लान् त चमत्कार ? यी ज्योतिषहरुले गरेको भविष्यवाणी के होला ?

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

एजेन्सी । विश्वकपमा आज अर्जेन्टिना नाइजेरियाविरुद्ध उत्रिदैछ । यो खेल धेरै नै गोल अन्तरले जित्नै पर्ने बाध्यता अर्जेन्टिनालाई रहेको छ । ज्योतिषीहरुले गरेको अनुमान अनुसार पनि लिग चरण कठिन हुने बताएका थिए ।

 

अर्जेन्टिना हार्यो भने विश्वकप जित्ने उनीहरुले गरेको भविष्यवाणी भने गलत सावित हुनेछ । 

 

कोपा अमेरिका कपको फाइनलमा चिलीसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि अर्जेन्टिनाका स्टार मेस्सीले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरे ।

 

उनको यो निर्णयले विश्वभर तरंग नै ल्याइदियो । अर्जेन्टिनाका राष्ट्रपति मोउरिनो देखि फुटबल लिजेण्ड म्यारोडोनाले मेस्सीलाई सम्झाउँदै आफ्नो निर्णय फिर्ता लिन आग्रह समेत गरे । यसैबीच ज्योतिषीहरुले मेस्सीबारे भविष्यवाणी गरेका थिए ।

 

यसबारे ज्योतिषहरुले आफ्नो तर्क प्रस्तुत गरेका थिए । ज्योतिषहरु भनेका थिए,‘राष्ट्रिय टिमका लागि मेस्सीको कर्म पुगेको छैन ।

उनले आफ्नो मनस्थिति बदल्नेछन् र राष्ट्रिय टिममा फर्कनेछन् ।’ज्योतिषीहरुले त्यतिखेर भनेका थिए,‘उनले आफ्नो देशका लागि केही जित्नै पर्नेछ । नत्र भने उनको उच्च सफलता सधै कमजोर हुनेछ ।’

 

एस्ट्रोलोजर भनेका थिए,‘मेस्सीको जन्म एकदमै शुभपलमा भएको थियो जसमा चारवटा ग्रहहरु चन्द्र, अरुण, ग्रह–एक्स र ग्रह–जेडको मेल रहेको छ । यस्तो मेल भएका मानिसहरु विश्व जित्ने हिम्मत राख्छन् ।’

 

'इतिहासको सर्वश्रेष्ठ खेलाडी हुन पनि उनी राष्ट्रिय टिममा फर्कनु आवश्यक रहेको उनले बताएका थिए । उनले थप्दै भनेका थिए,‘उनको कर्मले पनि यही भन्छ । आफ्नो कर्म पुरा गर्न र बार्सिलोना क्लबमा पाएको भन्दा उच्च सम्मान पाउन पनि मेस्सी देशका लागि एकपटक फेरी खेल्नैपर्छ ।’ज्योतिषीहरु थप्दै भनेका थिए,‘मेस्सी अर्जेन्टिनाका लागि एकपटक फेरि खेल्नेछन् ।'

 

'उनले अर्जेन्टिनालाई ऐतिहासिक जीत दिलाएरै छोड्छन् र हालसम्मकै सर्वश्रेष्ठ खेलाडी भएर फुटबलबाट सन्यास लिनेछन् ।'

'उनको आँखाबाट रिसको आँसुभन्दा पनि खुसीको आँशुहरु आउनेछन् जब उनले फुटबल छोड्नेछन् । उनको कथा यही सकिएको छैन ।’

 

नभन्दै उनले सन्यास लिने निर्णय फिर्ता लिएका थिए । विश्वकप छनोटमा अर्जेन्टिनालाई छनोट गराउन पनि उनले अहम भुमिका खेलेका थिए । विश्वकपका लागि छनोट हुन धरफर भएको अवस्थामा उनले ह्याट्रिक गदै जित दर्ता गराएका थिए । विश्वकप छनोट चरणको अन्तिम खेलमा उनले इक्वयडरविरुद्ध ह्याट्रिक गरेका थिए । अब भने ज्योतिषहरुले गरेको भविष्यवाणीलाई लिएर पुन चर्चा हुन थालेको छ ।

 

अर्जेन्टिनाको दुई खेलमा एक अंकमात्र रहेको छ । उसका लागि यो अन्तिम अवसर हो । नाइजेरियाले आइसल्याण्डलाई पराजित गरेपछि अर्जेन्टिनाको पोल्टामा यस्तो अवसर आएको हो । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

न्युक्यासलको सजह जित

  • 6 minutes ago
न्युक्यासलको सजह जित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत न्युक्यासल युनाइटेडले सहज जित निकालेको छ । शनिबार राति सम्पन्न खेलमा न्युक्यासलले फुलहमलाई उसकै मैदानमा ४-१ गोलले पराजित गरेको हो ।

ब्राइटनसँग बराबरीमा रोकियो लिभरपुल

  • 14 minutes ago
ब्राइटनसँग बराबरीमा रोकियो लिभरपुल

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले बराबरी खेलेको छ । शनिबार राति सम्पन्न खेलमा लिभरपुलले ब्राइटनसँग ३-३ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

आज नवरात्रको सातौँ दिन, दसैँघरमा फूलपाती भित्र्याइँदै

  • 39 minutes ago
आज नवरात्रको सातौँ दिन, दसैँघरमा फूलपाती भित्र्याइँदै

प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर–घरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।



पर्यटन

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

कास्की । नवरात्रको समय पारेर शनिबार पोखराको फेवाताल बिचमा रहेको तालबाराही मन्दिर दर्शन गर्ने भक्तजनको घुइँचो । तस्बिरः जमुना वर्षा शर्मा, रासस

जीवनशैली

भुलेर पनि दुर्गा मातालाई नचढाउनुहोस यी फूलहरु: वास्तुशास्त्र

भुलेर पनि दुर्गा मातालाई नचढाउनुहोस यी फूलहरु: वास्तुशास्त्र

एजेन्सी । सनातन धर्ममा दिनहुँ देवी देवताको पूजा गरिन्छ। नवरात्री २०२२ मा पनि ९ दिनमा हरेक दिन विभिन्न देवीदेवताको पूजा गरिन्छ । भगवान लक्ष्मीको आशीर्वाद प्राप्तिका लागि देवीलाई प्रसन्न पार्न वास्तु उपाय पनि अपनाउँछन्।

विचित्र विश्व

युक्रेनमा रुसको डरलाग्दो क्षेप्यास्त्र आक्रमण, ३० जनाको मृत्यु, ८८ जना घाइते

युक्रेनमा रुसको डरलाग्दो क्षेप्यास्त्र आक्रमण, ३० जनाको मृत्यु, ८८ जना घाइते

एजेन्सी । युक्रेनको जापोरिझिया शहरमा शुक्रबार रुसी क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने ८८ जना घाइते भएको युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।