अंगोलाः डोस सान्तोसको शासनकालको अन्त्य

अंगोलाका पूर्व राष्ट्रपति जोसे एडुआर्डो डोस सान्तोसले अंगोलाको चारदशक लामो सक्रिय राजनीतिक जीवनबाट शनिबार अवकाश लिँदैछन् । अंगोलाको सत्तारुढ दलको नेतृत्व सान्तोसले राष्ट्रपति जोआ लाउरेन्कोलाई हस्तान्तरण गर्न लाग्ने भएका छन् । 

 

दलको नेतृत्व हस्तान्तरणले दुबै नेताबीच मतान्तर रहेको र नयाँ नीतिहरुले सान्तोसको विरासतमाथि चुनौती थपिएको प्रस्टै देखिएको छ । 

 

सत्ताको बागडोर छाड्नेक्रममा सन् १९७९ देखि पार्टी र सत्तामा एकछत्र शासन गरेका सान्तोसले सम्मानजनक रुपमा सत्ता छाडेको देखाउन चाहन्थे । अगष्ट २०१७ मा सम्पन्न चुनावमा सान्तोस उम्मेदवार भएनन् । ७६ वर्षीय स्वतन्त्रता सेनानी सान्तोसले सत्ताको बागडोर आफ्नै रक्षामन्त्री लाउरेन्कोलाई हस्तान्तरण गरेका थिए । 

 

तर सान्तोसले तेलको धनी राष्ट्र अंगोलाको पिपुल्स मुभमेन्ट फर द लिबरेसन अफ अंगोला (एमपीएलए) पार्टीको नेतृत्व छाडेको थिएनन् । यही पार्टीमा वास्तविक शक्ति रहेको विश्वास गरिन्छ । 

 

पार्टीको शनिबार बस्ने विशेष बैठकमा पार्टीका नं। १ नेता सान्तोसले राष्ट्रपति लाउरेन्कोले हस्तान्तरण गर्ने कार्यक्रम छ । करिब २ करोड ८० लाख जनसंख्या रहेको दक्षिणी अफ्रिकी राष्ट्रको सत्ता शान्तिपूर्ण रुपमा नयाँ नेतृत्वमा औपचारिक रुपमा जानेछ । 

 

“एमपीएलएको सभापतिको रुपमा जोसे एडुआर्डो डोस सान्तोसको बहिर्गमन निकै महत्वपूर्ण क्षण हो,” लन्डनस्थित चथाम हाउसका अंगोला विज्ञ अलेक्स भाइन्सले भने । “दुबै नेताबीच लामो समयदेखि चलेको रस्साकस्सीबीच सत्ता हस्तान्तरण हुन लागेको हो ।” 

 

आफ्नै दलबाट नयाँ उत्तराधिकारी छनौट गरी डोस सान्तोसले शान्तिपूर्ण हस्तान्तरणको अपेक्षा गरेका थिए । उनले अर्थतन्त्रका रणनीतिक महत्वका क्षेत्रहरु आफ्ना निकटस्थको नियन्त्रणमा रहने व्यवस्था गरिदिएका थएि । उनले छोरी इसाबेललाई राज्यको महत्वपूर्ण तेल कम्पनीको नेतृत्व दिएका थिए । 

 

डोस सान्तोसले मुलुकको सुरक्षाफौजका प्रमुखहरु पनि आफूनिकट व्यक्तिलाई दिएका छन् । 

 

तर लाउरेन्कोले गत वर्ष राष्ट्रपतिमा निर्वाचित भएपछि पूर्व राष्ट्रपतिले गरेका कतिपय निर्णयहरु उल्टाएका छन् । अर्थतन्त्रमा सुधार गर्ने उद्देश्यले उनले सोनान्गोलको प्रमुखबाट इसाबेललाई बर्खास्त गरेका थिए भने सान्तोसका अरु कतिपय निकटस्थलाई पदबाट हटाएका थिए । 

 

सत्ता र पार्टीभित्रको यो हस्तक्षेपप्रति पूर्व राष्ट्रपति आफैंले आलोचना गरेका छन् । उनले भने, “परिवर्तनहरु आवश्यक छन् तर ती अतिवादी किसिमका हुनु राम्रो होइन ।” 

 

हालैका महिनाहरुमा, दुई नेता र उनीहरुका सहयोगीले हस्तान्तरणको कार्यलाई सहज रुपमा सम्पन्न गराउन प्रयास गरिरहेका छन् । “सबै कुरा शान्तपूर्ण रुपमा अघि बढिरहेको छ, र कुनै किसिमको हलचल छैन,” पार्टीको महिला विभागकी महासचिव लुजिआ इन्ग्लेसले बताए । 

 

तर दुबै नेताबीचको सुमधुर सम्बन्धमा फुट आउनै लागेको सङ्केत भने देखिएको छ । 

 

डोस सान्तोसले शुरुमा अप्रिल २०१९ बाट पार्टीको बागडोर हस्तान्तरण गर्ने प्रस्ताव ल्याउनुभएको थियो, तर लाउरेन्कोले शनिबार नै गर्नुपर्ने अडान राखे । “डोस सान्तोसका बालबच्चालाई विभिन्न पदबाट बर्खास्त गरेसँगै लाउरेन्को हाबी भएको अनुमान गरिएको थियो,” फ्रेन्च इन्स्टिच्यूटका एकजना विश्लेषक बेन्जामीन अजेले भने । 

 

सन् १९९२ देखि १९९६ सम्म प्रधानमन्त्री रहेका मार्कोलीनो मोको पनि परिवर्तनको पक्षमा उभिएका छन् । “लाउरेन्कोले अघि सारेका नीतिहरु उत्साहजनक छन् र यी प्रयत्नहरु आफ्नो सत्तालाई बलियो बनाउनेतर्फ केन्द्रित छैनन् । यी अभियानहरु मुलुकको हितको पक्षमा देखिएका छन् ।” 

 

चुनाव भएयता लाउरेन्कोले तेलको क्षेत्रमा व्यापक सुधार गरेका छन् । लगानीकर्तालाई आकर्षिक गर्ने उद्देश्यबाट अभिप्रेरित यो सुधारबाट मुलुकको राजश्वमा सकारात्मक प्रभाव पार्ने अनुमान गरिएको छ । 

 

सुधार कार्यका सन्दर्भमा अंगोलाले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग ४ अर्ब ५० करोड अमेरिकी डलर ऋण लिने प्रयत्न जारी राखेको छ । “लाउरेन्कोले दिर्घकालीन संरचनागत सुधार गर्ने अपेक्षा गर्न सकिन्छ,” भाइन्सले भने । 

 

सन् २०२२ मा हुने अर्को चुनावअघि नै राष्ट्रपति लाउरेन्को अंगोलामा आर्थिक सुधारका साथै रोजगारी सिर्जनाका कार्यमा उल्लेखनीय कार्य गर्ने योजनाका साथ अघि बढेको देखिन्छ । 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन

  • 3 hours ago
प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आफ्ना सांसदहरुलाई तत्काल काठमाडौँ उपत्यका नछाड्न निर्देशन दिएको छ ।

'सर्वोच्चको फैसलापछि अब तीन विकल्प मात्रै बाँकी छन्'

  • 4 hours ago
'सर्वोच्चको फैसलापछि अब तीन विकल्प मात्रै बाँकी छन्'

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी -नेकपा-का केन्द्रीय सदस्य महेश बस्नेतले सर्वोच्च अदालतको फैसलापछि सरकार निर्माणका विभिन्न विकल्प देखिएकामा त्यसअनुसार सरकार बन्न नसके मुलुक ताजा निर्वाचनमा जाने बताए

सर्वोच्चको निर्णयले जनतालाई राजनीतिकरुपमा सचेत पार्ने अवसर गुम्यो: बिजुक्छे

  • 4 hours ago
सर्वोच्चको निर्णयले जनतालाई राजनीतिकरुपमा सचेत पार्ने अवसर गुम्यो: बिजुक्छे

काठमाडौँ । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ९रोहित०ले संसद् पुनःस्थापना गर्ने सर्वोच्चको निर्णयले जनतालाई राजनीतिकरुपमा सचेत पार्ने अवसर गुमेको प्रतिक्रिया दिएका छन् ।



पर्यटन

माधवनारायणका बर्तालु चाँगुनारायणमा

माधवनारायणका बर्तालु चाँगुनारायणमा

काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि साँखुस्थित शालीनदीमा माधवनारायणको व्रत बसेका बर्तालु मङ्गलबार राति तीर्थयात्राका लागि चाँगुनारायण मन्दिर पुगेका छन् ।

जीवनशैली

टुसा उम्रेका गेडागुडी खानुका फाइदाहरु

टुसा उम्रेका गेडागुडी खानुका फाइदाहरु

टुसा उम्रेका गेडागुडी बिहानको खाजाका लागि ज्यादै उपयोगी हुन्छन् । गेडागुडीमा थोरै नुन, कागती हालेर बिहान खाने गर्नाले शरीरलाई दिनभरि ऊर्जा मिल्छ ।