यो कार्यक्रमपछि उनी रातारात करोडपति बने....

बलिउडका बिग बि अमिताभ बच्चनले आफु टाट पल्टेको बेलाको बारेमा कस्तो महसुस हुन्थ्यो भन्ने बारेमा मुख खोलेका छन् ।

 

७० वर्षिय अभिनेताले हालसालै दिएको एक अन्तवार्तामा आफु टाट पल्टेको बेलामा ऋण लिएका धेरै मानिसहरु पैसा माग्न आँउथे, धेरैले नराम्रो ब्यवहार गर्ने कत्तिपयले त उनलाई धम्कि दिएको पनि बताएका छन् । 

 

उनी यो उमेरमा पनि यति फुर्तिलो छन् कि लाग्छ उनलाई बुढ्यौलीले कत्ति पनि छोएको छैन । प्रतिभावान युवा निर्देशकहरुसँग फिल्ममा काम गर्न लागेका बच्चनले फिल्महरु साइन गरिसकेका छन् र फ्रेबुअरी देखीपर्दामा देखा पर्नेछन् ।

 

अन्तवार्तामा उनले भनेका छन्,‘म एकदमै उत्साहित छु किनभने आजकालका फिल्महरु दिनप्रति दिन झनै चुनौतिपूर्ण छन् ।’

 

उनकाअनुसार दर्शकहरुलाई सधैं नयाँ टेस्टमनपर्छ र उनीहरुको टेस्ट चेन्ज भइरहन्छ । समय अनुसार परिवर्तन हुन सकिएनर दर्शकदाई नयाँ चिज दिन सकिएनभने आफै पाखा लाग्ने उनले बताएका छन् ।

 

उनले एक कलाकारको करियर कहिल्यै नसकिने बताउँदै अझै धेरै काम बाँकि भएको पनि बताएका छन् ।

 

यी लोकप्रिय कलाकार आफु टाट पल्टिएको अवस्थालाई कहिल्यै भुल्न सक्दैनन् । उनी भन्छन् ‘जिन्दगीमाकहिले सफलताको शिखरमा पुगिन्छ र कहिले तल पुगिन्छ यो सबैले स्विकार गर्नुपर्छ । अमिताभ बच्चन कर्पोरेशन टाट पल्टिएको अवस्थामा पनि मैले धेरै जनाको ऋण तिरेको छु ।’

 

अमिताभ बच्चन ति अध्यारा दिनहरुबाट फेरी उज्यालो तिर फर्केका छन् । उनले ९० करोड भन्दा बढि ऋण लिएको र तिरिसकेको पनि छन् । उनकाअनुसार उनको बङ्गलाको ढोकामा ऋण लिएका धेरै मानिसहरु पैसा माग्न आँउथे, धेरैले नराम्रो व्यवहार गर्थे कत्तिले त धम्क्याउथे ।

 

उनले त्यस घटनालाई आफ्नो ४४ वर्षे फिल्मी करिअरकै कालो घटनाको रुपमा लिएका छन् । उनकाअनुसार त्यसबेलामा उनलाई यस चोपडाले मोहब्बते फिल्म दिएर ठूलो गुन लगाएका छन् । उनी त्यति बेला आर्थिक र भावनात्मक दुवै रुपमा कमजोर भएका थिए ।

 

उनकाअनुसार सन् २००० मा स्टारप्लसले कौन बनेगा करोडपतिसुरु गरेपछि भने उनको स्थिती बदलियो । यो रातारात लोकप्रिय भयो र उनले फेरी आफ्नो एउटा नयाँ ब्रान्ड स्थापित गरे जुनपहिलेको भन्दा फरक थियो ।

 

कौन बनेगा करोडपतिले उनको जिवनमा टर्निङ प्वाइन्ट बन्यो जसले उनको ऋण तिर्न समेत सहयोग गर्यो । कौन बनेगा करोडपतिमा उनी यती उत्साहका साथ प्रस्तुत हुन्छन कि उनी हरेक पलमा मुस्कुराइरहेका देखिन्छन । 

 

उनले पछिल्लो समय काम गरेका फरक धारका मानिने ब्ल्याक, पा,सरकार,भुतनाथ, चिनि कम लगाएतका फिल्म पनि धेरै मन पराइएका छन् ।

 

 

 

 

 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बन्दीपुर केबलकारका लागि दुई बैंकको कर्जा

  • 18 minutes ago
बन्दीपुर केबलकारका लागि दुई बैंकको कर्जा

तनहुँ । तनहुँको पर्यटकीय गन्तव्य बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबलकार परियोजनाका लागि दुई बैंकले कर्जा लगानी गर्ने भएका छन् । दक्षिण एशियामै नमूना प्रविधिमा निर्माण हुन लागेको केबलकार परियोजनाका ला

पोखरामा थप १९ जनामा कोरोना संक्रमण

  • 30 minutes ago
पोखरामा थप १९ जनामा कोरोना संक्रमण

पोखरा । पोखरामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार लाईफ केयर प्रालिमा गरिएको परिक्षणमा पोखरामा थप १९ जनामा संक्रमण पुष्टि भएको हो ।

नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक शुरु

  • 50 minutes ago
नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक शुरु

काठमाडौँ । करीब एक वर्षको अन्तरालपछि राजधानीमा नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठक शुरु भएको छ । बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्याल



पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

जीवनशैली

चिसो मौसममा भुलेर पनि नगर्नुस् यस्ता कामहरु

चिसो मौसममा भुलेर पनि नगर्नुस् यस्ता कामहरु

काठमाडौं । चिसो मौसमको सिजन रहेको छ । चिसोबाट बच्न हामी विभिन्न उपायहरु अपनाउनुपर्छ । तर, चिसोबाट बच्न हामीले अपनाएका सबै उपायहरु हाम्रो जीवनका लागि फलदायि नै हुन्छन् भन्ने छैन ।