अफगानिस्तानमा युद्धविरामको समय थप
- आइतबार, ३ आषाढ, २०७५
- 2 years ago
- अन्तर्राष्ट्रिय

अफगानिस्तानको सरकारले घोषणा गरेको तालिवानसँगको युद्धविरामको समय शनिबार थप गरेको छ ।
अफगानिस्तानका राष्ट्रपति असरफ गनीले कमैमात्र गर्ने टेलिभिजन सम्वोधनमार्फत् थप तीन दिन युद्धविरामको समय बढाएका हुन् ।
उनले यो समय बढाएर मङ्गलबारसम्म पु¥याउनुभएको हो । यसैमार्फत उनले युद्धविराम गर्न तालिबान लडाकूलाई पनि आग्रह गरेका छन् ।
आइतबार राति अहिलेको युद्ध बिरामको म्याद सकिने भएकाले उहाँले तीनदिन थप्न आग्रह गरेको समाचारमा जनाइएको छ ।
उता युद्धविरामका क्रममा पनि आत्मघाती हमलामा कमी आएको छैन । शनिबारमात्र पनि यस्तै आक्रमणमा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ ।
त्यसपछि पनि युद्धविरामको समय बढाउने निर्णय गरिएको एकजना सरकारी अधिकारीले बताएका छन् ।
मुस्लिम समुदायको सबैभन्दा ठूलो इद पर्व मनाउनका लागि सरकारले युद्धविराम घोषणा गरेको हो ।
राष्ट्रपति गनीले गरेको आग्रह र सरकारले युद्धविरामको अवधि थपेको बारेमा तलिवान लडाकूको तर्फबाट भने अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।
सम्वोधनका क्रममा राष्ट्रपति गनीले भनेका छन्, “म सुरक्षाकर्मीलाई यो निर्देशन दिन्छु की, तपाइहरु रक्षात्मक अवस्थामा मात्रै रहनु होला ।”
इदको दोस्रो दिन राष्ट्रपति गनीको यो प्रतिक्रिया आएको हो । अहिले रमजान मनाउने मुस्लिम समुदायको उपवासको महिना चलिरहेको छ ।
राष्ट्रसंघद्वारा युद्धविरामको स्वागत
यसैविच, अफगानिस्तानको सरकारले एकतर्फीरुपमा युद्ध विरामको म्याद थपेकोमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले स्वागत गरेका छन् ।
महासचिवका प्रवक्ता स्टेफन डुजारिकले जारी गरेको विज्ञप्तिमा अफगान नागरिकको शान्ति सुरक्षाका लागि तालिबानको तर्फबाट पनि युद्धविरामको घोषणा गर्न माग गरिएको छ ।
राजनीतिक प्रक्रियाबाट द्वन्द्वको अन्त्य गर्दै शान्ति स्थापनाको बाटोतर्फ लाग्न उहाँले दुवै पक्षलाई आग्रह पनि गरेका छन् ।
इद पर्व मनाइरहेका बेला पूर्वीअफगानिस्तानको नान्गारहार प्रान्तमा शनिबार भएको आक्रमणप्रति पनि राष्ट्रसंघीय प्रमुख गुथ्रेसले आपत्ति जनाएका छन् । सो आक्रमणमा परी २६ जनाको ज्यान गएको थियो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
काठमाडौँमा मात्रै थप ९८७ जनामा कोरोना संक्रमण
- 18 seconds ago

काठमाडौँ । काठमाडौँमा थप ९८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ललितपुरमा १०६ जनामा र भक्तपुरमा ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो समय काठमाडौ
नेपालमा थप २४२८ जनामा कोरोना संक्रमण
- 4 minutes ago

काठमाडौँ । नेपालमा थप २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पिसिआरबाट २३६५ र एन्टिजेनबाट ६३ गरी २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
भक्तपुरमा टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाकाे मृत्यु
- 14 minutes ago

काठमाडौँ । काठमाडौंँको पेप्सीकोलाबाट मध्यपुरथिमि नगरपालिका–२ सानो ठिमीतर्फ आउँदै गरेको रा २ प ४४३७ नंको मोटरसाइकल र मगर गाउँबाट पेप्सीकोलातर्फ जाँदै गरेको वा ३ ख ४४६५ नंको टिपर ठोक्किएर दुर्घटना हुँदा
पर्यटन
खुलेको माछापुच्छ्रे हिमाल

पोखरा । पोखराको अमरसिंह चोकबाट बुधबार पानी परे लगत्तै लामो समयपछि खुलेको माछापुच्छ्रे हिमाल । बिहीबार भने पोखराको मौषक केही धुम्म भएको छ ।
जीवनशैली
यस्ता ५ किसिमका रोग वा समस्या भएका व्यक्तिहरूले कागती-पानी पिउनु हुँदैन

एजेन्सी । सामान्यतः कागतीपानी पिउनु राम्रो मानिन्छ । तर केही मानिसलार्इ कागती पानी पिउनाले नोक्सान पनि पुर्याउन सक्छ ।
विचित्र विश्व
च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्राकै खोरमा

मनाङ । च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्रा कै खोरमा थुनिएको छ । मनाङको नार्पा भूमि गाउँपालिकास्थित फु गाउँमा रहेको फु हिमालयन च्याङ्ग्रा पालन कृषक समूहको च्याङ्ग्रा गोठमा मङ्गलबार राति हिउँ चितुवाले ४५ वटा च्याङ्ग्रा मारेको समूहका सचिव विकास बरामले जानकारी दिए ।