सप्तरीमा सवारी दुर्घटना अत्यधिक

  • मंगलबार, २९ साउन, २०७५
  • 2 years ago
  • नेपाल

राजविराज ।  सप्तरीमा सवारी दुर्घटना अत्यधिक हुने गरेको छ । आर्थिक वर्ष २०७४/७५ मा जिल्लामा ३२० सवारी साधन दुर्घटनामा परेका थिए । दुर्घटनामा परी ७९ जनाले ज्यान गुमाएका थिए भने १८९ जना गम्भीर तथा ३४४ जना समान्य घाइते भएका थिए । 

 

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुनिलकुमार श्रेष्ठका अनुसार गत आवमा ३७ ट्रक, ५३ बस, ५९ कार÷जीप, २३ ट्याक्टर, पाँच टेम्पो र २४४ मोटरसाइकल दुर्घटना भएको थियो । 

 

सवारी साधनको अत्यधिक चाप, पूर्व–पश्चिम राजमार्ग साँघुरो हुनु, वैकल्पिक सडक नहुनु, तीव्र गतिमा सवारी साधन हाँक्नु, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउनुलगायत कारणले दुर्घटना अत्यधिक भएको श्रेष्ठले बताए ।

 

 गत आवमा नियम उल्लङ्घन गरी सवारी साधन हाँक्ने ५३ हजार ६२४ चालकलाई कारबाही गरिएको थियो । 

 

कारबाहीबाट रु तीन करोड १४ लाख ५८ हजार राजश्व सङ्कलन भएको छ । आव २०७२/७३ मा २८३ सवारी साधन दुर्घटना हुँदा ५१ जना तथा आव २०७१/७२ मा १७८ सवारी साधन दुर्घटनामा परी २२ जनाको मृत्यु भएको थियो । 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सांसद् किनबेचको खेल पुनः हुन थालेपछि प्रतिनिधिसभा विघटन भयोः प्रधानमन्त्री ओली

  • 1 minute ago
सांसद् किनबेचको खेल पुनः हुन थालेपछि प्रतिनिधिसभा विघटन भयोः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद् किनबेचको खेल पुनः हुन थालेको जनाउँदै त्यसैले आफू प्रतिनिधिसभा विघटन गरी ताजा निर्वाचन जान लागेको बताएका छन् । प्रेस सङ्गठन नेपालको दोस्रो राष्ट

तेजावपीडितलाई निगमले दियो एक वर्षको रोजगारी

  • 6 minutes ago
तेजावपीडितलाई निगमले दियो एक वर्षको रोजगारी

काठमाडौँ । नेपाल आयल निगमले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत तेजाब आक्रमणबाट पीडित दुई महिलालाई एक वर्षका लागि रोजगारी दिएको छ । तेजाब आक्रमणबाट पीडित बनेकी साविक फूलबारी गाविस–३ ओखलढुङ्गाकी पवित

चितवनमा एकै दिन २५ फरार अभियुक्त पक्राउ

  • 10 minutes ago
चितवनमा एकै दिन २५ फरार अभियुक्त पक्राउ

चितवन । चितवन जिल्ला प्रहरी कार्यालयले फरार रहेका २५ अभियुक्तलाई पक्राउ गरी अदालत पेश गरेको छ । उनीहरुलाई एकै दिनमा पक्राउ गरिएको हो । कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाका अनुसा



पर्यटन

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।

जीवनशैली

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।