डुङ्गा दुर्घटनामा सातको मृत्यु, करिब ५० बेपत्ता

Norvic Hospital

बैंकक ।  दक्षिणी थाइल्याण्डमा अवस्थित एक समुद्रमा भएको डुङ्गा दुर्घटनामा सात व्यक्तिको मृत्यु हुनुको साथै करिब ५० जना बेपत्ता भएका छन् । 

 

थाइल्याण्डको फुकेट प्रान्तका गभर्नर नोर्राफाट प्लोद्थोङले शुक्रबार सो जानकारी दिएको बैंककबाट प्राप्त समाचारमा जनाइएको छ । 

 

करिब १४८ जना व्यक्ति सवार रहेका यस डुङ्गाबाट ९० जनाभन्दा बढीको भने उद्धार गरिएको बताइएको छ । यस दुर्घटनाको पूर्ण विवरण आइसकेको छैन । 

 

बिहीबार भएको यस दुर्घटनामा परी सात व्यक्तिको मृत्यु भएको भने पुष्टि भएको छ । मृत्यु भएकामा प्रायः सबैजसो चिनियाँ पर्यटक भएको बताइएको छ ।

 

हराएकामा पनि धेरैजसो चिनियाँ पर्यटक परेका प्राप्त समाचारमा जनाइएको छ । 

 

दुर्घटनाग्रस्त भएको सो डुङ्गाबाट उद्धार गरिएका ९४ जना यात्रुमा ७६ जना चिनियाँ पर्यटक रहेका छन् । 

 

सो डुङ्गमा धेरैजसो चिनियाँ नागरिक रहेको पुष्टि सोङगखिलका चिनियाँ कन्सुलेट जनरलले गरेको छ । 

 

यस दुर्घटनामा घाइते भएका ११ व्यक्तिलाई उपचारका लागि स्थानीय अस्पताल भर्ना गरिएको सिन्ह्वा समाचार समितिले जानकारी दिएको छ । 

 

हराएकाको खोजी तिब्र गतिमा भएको र यस कार्यको लागि थाइ प्रहरी, सैनिक, नौसना, स्थानीय कार्यकर्ता र हेलिकोप्टर परिचालन गरिएको थाई सरकारी स्रोतले जानकारी दिएको छ । 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

हालाण्ड चम्किँदा डर्टमण्डको जित, शीर्ष स्थानमा उक्लियो

  • 1 minute ago
हालाण्ड चम्किँदा डर्टमण्डको जित, शीर्ष स्थानमा उक्लियो

एजेन्सी । जर्मन फुटबल लिग बुन्डेसलिगामा डर्टमण्डले जित निकालेको छ । गएराति भएको खेलमा डर्टमण्डले मैन्जलाई ३-१ गोलले पराजित गरेको हो ।

नेपालको सपना अधुरै रह्यो

  • 11 minutes ago
नेपालको सपना अधुरै रह्यो

काठमाडौं । साफ च्याम्पियनसिपको इतिहासमै पहिलो पटक फाइनलमा पुगेको नेपाल भारतसँग पराजित भएको छ ।

दुर्घटनामा दुई जनाको मृत्यु

  • 27 minutes ago
दुर्घटनामा दुई जनाको मृत्यु

हेटाौंडा । हेटौंडा कुलेखानी काठमाडौँ सडक खण्ड अन्तरगत इन्द्रसरोबर गाउपालिका वडा न २ लामिबगरमा शनिबार दिउँसो करिब ३ः ३० बजे काठमाडौबाट वीरगञ्ज जाँदै गरेको ना १ ज ४५११ न को सुमो जीप अनियन्त्रित भई दुर्



पर्यटन

मालदिभ्समा यसवर्ष नौ लाख पर्यटक पुगे

मालदिभ्समा यसवर्ष नौ लाख पर्यटक पुगे

एजेन्सी । कोभिड १९ को सङ्क्रमणका कारण विगतको समयमा पर्यटकहरुको आगमन रोकिएको मालदिभ्समा यस वर्ष भने ९ लाख भन्दा बढी पर्यटक आएका छन् ।यहाँको पर्यटन मन्त्रालयले दिएको जानकारीअनुसार यस वर्ष मालदिभ्समा नौ लाख ५ हजार पर्यटक आएका छन् । सो मन्त्रालयले अघिल्लो वर्ष सन् २०२० को यो अवधिको भन्दा १२२ प्रतिशतले बढी पर्यटक मालदिभ्स भित्रिएका हुन् । अघिल्लो वर्ष अर्थात् सन् २०२० मा यहाँ पर्यटक नै आएका थिएनन् ।

जीवनशैली

स्वादिलो भुटन कसरी बनाउने ?

स्वादिलो भुटन कसरी बनाउने ?

एजेन्सी । नेपालमा चाड­पर्वमा मासु तथा विभिन्न थरिका परिकारहरु बन्दछन्। मासु साह्रै लोकप्रिय छ हामी सबै नेपालीहरुलाई। नेपालको सबैभन्दा बढी प्रयोगमा आउने खसीको मासु हो। सारा विश्वमै खसी र बाख्राको परिकारहरु लोकप्रिय छन्, कहीँ यसको दूध बढी उपयोगमा ल्याइन्छ, त कहीँ त्यसबाट बनेको चिज भने कहीँ यसको मासु।

विचित्र विश्व

यी हुन् विश्वकै अग्ली महिला !

यी हुन् विश्वकै अग्ली महिला !

एजेन्सी । सात फिटभन्दा बढी उचाई भएकी टर्कीकी एक महिलाले सबैभन्दा अग्लो जीवित महिलाको रुपमा नयाँ विश्व रेकर्ड बनाउन सफल भएकी छन् । यी महिलाको नाम रुमेसा गेलगी हो ।