Techie IT
२०८१ वैशाख १४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन‘मुख्य अभिनेतासँग खाना खान गएकाे थिए तर मलाई कलरमा तानेर हटाइयो’

‘मुख्य अभिनेतासँग खाना खान गएकाे थिए तर मलाई कलरमा तानेर हटाइयो’


एजेन्सी । बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकी आजकल आफ्नो अभिनय भन्दा पनि आफ्नो व्यक्तिगत जीवनका कारण चर्चामा छन् ।

कलाकारहरु आज ठूला स्टार बनेका छन् तर कुनै समय थियो जब उनीहरु साना भूमिकामा देखिन्थे ।

सुरुका दिनमा निकै संघर्ष गर्नुपरेको उनी बताउँछन् ।

उनले बलिउडमा भेदभावको सामना गर्नु परेको बताए । यसबारे अभिनेता स्वयमले खुलासा गरेका हुन् ।

एउटा घटनालाई उद्धृत गर्दै नवाजुद्दीन सिद्दिकीले आफूले एकपटक भेदभावको सामना गर्नुपर्ने बताए ।

उनी मुख्य अभिनेतासँग खाना खान गएका थिए तर उनलाई कलरमा तानेर हटाइयो ।

नवाजुद्दीनले एक अन्तर्वार्तामा खुलासा गरे, ‘मैले स्पट ब्वाइसँग पानी मागेको थिएँ र उसले मलाई पूर्ण रूपमा बेवास्ता गर्यो । त्यसपछि म आफैं पानी लिन जान्थें । बलिउडमा धेरै प्रोडक्सन हाउसहरू छन् जसले फिल्मको कलाकार र टोलीलाई फरक तरिकाले अप्रोच गर्छन्। धेरै ठाउँमा सबैले सँगै खान्छन् तर धेरै ठाउँमा खाना खाँदा छुट्टाछुट्टै बस्छन् । जुनियर कलाकारहरु छुट्टै खान्छन् । सहायक कलाकारलाई छुट्टै खाना र मुख्य कलाकारले छुट्टै खाना खान्छन् ।’

अर्को घटना सुनाउँदै नवाजले आफूले वरिष्ठ अभिनेतासँग ५० रुपैयाँ ऋण मागेको बताए । उनले ती वरिष्ठ कलाकारको अवस्था पनि राम्रो नभएको बताए ।

वरिष्ठ अभिनेतासँग जम्मा १०० रुपैयाँ थियो, जसमध्ये उनले नवाजलाई ५० रुपैयाँ दिए । एक अर्काको अवस्था देखेर दुवैलाई दया लागेको र दुवै रोएको अभिनेताले बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित

काठमाडौँ । सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन्

सुरज पण्डितले ल्याए ‘रातो किताब’

काठमाडौँ । म्यूजिक भिडियो रेलको बाटोको सफलतासँगै लोकप्रिय बनेका गायक सुरजले तीन वर्ष पछि अर्को कर्णालीकै कथा ब्यथामा आधारित रातो

कृष्ण विकको ‘निरमाया’ सार्वजनिक

काठमाडौँ । गायक कृष्ण विकले नयाँ गीत ‘निरमाया’ सार्वजनिक गरेका छन् । गीतमा विकले गायिका स्मिता दाहालसँग स्वर दिएका छन्

‘बलिदान’मा दिव्य देव अनुबन्धित

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’मा अभिनेता दिव्य देव अनुबन्धित भएका छन् । शनिवार औपचारिक सम्झौता गर्दै उनलाई

बिपिन कार्कीको फरक भूमिका रहेको ‘एक भगवत् र एक गीता’…

काठमाडाैँ । कलाकार बिपिन कार्कीको फरक अवतारका कारण निकै चर्चा बटुलेको चलचित्र ‘एक भगवत् र एक गीता’ भिडियोपसल एपमा रिलिज

‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको ट्रेलर अनमोल केसीमा केन्द्रित छ

Techie IT