झडपमा परी दश जना सैनिकको मृत्यु
- मंगलबार, २९ जेष्ठ, २०७५
- 4 years ago
- अन्तर्राष्ट्रिय

कुन्दुज । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको कला इ जालमा रहेको प्रहरी जाँच चौकीमा तालिवान आतङ्ककारी समूहले गरेको आक्रमणमा परी कम्तीमा १० अफगान सैनिक मारिएका छन् ।
यस आत्रमणमा परी अन्य पाँच घाइते भएका छन् । सो प्रान्तका सरकारी अधिकारीहरुले सोमबार सो जानकारी दिएका छन् ।
कला इ जालको आक टिपा इलाकामा रहेको सुरक्षा जाँच चौकीमा सोमबार बिहान सवेरै भएको आक्रमणपछि सुरक्षा अधिकारीहरु र तालिवान आतङ्ककारीबीच झडपमा परी १० सैनिकको ज्यान जानुको साथै अन्य पाँच घाइते भएका थिए ।
प्रान्तीय राजधानी कुन्दुज शहरको प्रान्तीय परिषदका सदस्य सेयाद असादुल्लाह सदातले सिन्ह्वा समाचार समितिलाई बताएका छन् ।
बाघलान र तखार प्रान्तहरुको छिमेकमा पर्ने कुन्दुज प्रान्तमा केही महिनायता सरकारी सुरक्षाबलसँग झडप गर्दै आएका छन् ।
यसैबीच प्राप्त एक अर्को समाचारअनुसार अफगानिस्तानको गजनी प्राप्तमा सडक किनारमा राखिएको एउटा बम सर्वसधारणको सवारी साधनसँग ठोक्किएको छ ।
सो घटनापछि नागरिक हताहतको आशङ्का गरिएको छ । तर यसको विस्तृत विवरण भने प्राप्त भएको छैन ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
तनहुँमा सामूहिक रक्षाबन्धन
- 13 seconds ago

तनहुँ । ब्राह्मण समाज नेपाल तनहुँद्वारा दमौलीमा आयोजित सामूहिक रक्षाबन्धन कार्यक्रममा तीन सय १५ जनाले रक्षाबन्धन गरेका छन् ।
प्रधानमन्त्रीको निर्देशनपछि मिटरब्याजी अपराध नियन्त्रणका लागि कार्यदल गठन
- 29 seconds ago

काठमाडौँ। सरकारले मिटरब्याज सम्बन्धी अपराध नियन्त्रणका लागि कार्यदल गठन गरेको छ। गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णयबाट गृहका सह–सचिव डा भीष्म भुसालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरे
माछापुच्छ्रे बैंकद्वारा भाटभटेनी सुपरमार्केटलाई नेपाल पे क्युआर कोड हस्तान्तरण
- 6 minutes ago

काठमाडौँ। माछापुच्छ्रे बैंकले भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरलाई एनसीएचएलद्वारा प्रवर्द्धित नेपाल पे क्यूआर कोड हस्तान्तरण गरेको छ। नगदरहित कारोबारलाई प्रवर्द्धन गर्ने तथा ग्राहक
पर्यटन
टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।
जीवनशैली
धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।
विचित्र विश्व
ट्रम्पको घरमा छापा मारेएपछि त्रसित छन् एफबिआईका अधिकारीहरु !

एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति तथा रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पको घरमा छापा मारिएपछि एफबीआईका अधिकारीहरूलाई पार्टीका समर्थकहरूबाट लगातार धम्की दिइँदै आएको मिडिया रिपोर्टमा उल्लेख छ ।