Techie IT
२०८२ वैशाख ५, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालप्रचण्डविरुद्ध असंवेदनशील कुरा लेखेको आरोपमा बुटवलबाट एक युवा पक्राउ

प्रचण्डविरुद्ध असंवेदनशील कुरा लेखेको आरोपमा बुटवलबाट एक युवा पक्राउ


काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सामाजिक सञ्जालमा लेखेपछि बुटवलबाट एक युवा पक्राउ परेका छन्। प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधनसँग जोडेर सामाजिक सञ्जालमा असंवेदनशील कुरा लेखेको आरोपमा नेपाल प्रहरी साइबर ब्युरोले बुटवलको देबीनगरबाट शेरबहादुर राना मगरलाई पक्राउ गरेको हो।

ब्युरोको टोलीले काठमाडौँबाट लोकेशनको खोजी गर्दै बुटवल पुगेर रानालाई पक्राउ गरेर लगेको हो। इलाका प्रहरी कार्यालय बुटवलको सहयोगमा रानालाई पक्राउ गरिएको स्रोतले दाबी गरेको छ।

मगरले प्रधानमन्त्री पत्नी सीता दाहालको निधनबारे सामाजिक सञ्जालमा असंवेदनशील कुराहरू लेखेको आरोपमा उनलाई पक्राउ गरिएको ब्युरो स्रोतले जनाएको छ।

‘अरूलाई विधवा बनाएर अब आफ्नो पनि त्यस्तै हो ‘‘’ भन्ने खालको कुरा जोडेर लेखेको अभियोगमा छाबिन गर्दा रानाले सो स्टाटस पोष्ट गरेको देखिएपछि पक्राउ गरिएको स्रोतको दाबी छ। त्यस्तै मगरमाथि प्रधानमन्त्री प्रचण्डको तस्बिर जोडेर भारतीय आधार कार्ड, आयकर कार्ड लगायत नक्कली विवरणसहितको तस्बिर सामाजिक सञ्जालमा राखेको आरोप पनि प्रहरीले लगाएको छ।

आइतबार साँझ पक्राउ गरेको रानालाई ब्युरो टोलीले उनलाई आज काठमाडौँ लगेको स्रोतले बतायो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै

म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

Techie IT