गृहपृष्ठ ∕
नेपाल ∕
आफ्नै नातीको हत्या गरेको अभियोगमा हजुरबुवा पक्राउ आफ्नै नातीको हत्या गरेको अभियोगमा हजुरबुवा पक्राउ

सांकेतिक फाेटाे
काठमाडौँ। आफ्नै दुई वर्षीय नाती रेशम साउँदको हत्या गरेको अभियोगमा पुर्चौडी नगरपालिका– ६ मुरेलीधार बस्ने ५० वर्षीय गणेश साउँदलाई प्रहरीले पक्राउ गरेको छ।
गणेशले रेशम र अर्का ८ वर्षीय नाती रिजन साउँदलाई कुटपिट गर्दा गम्भीर घाइते भएका रेशमको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएका छ।
घाइते रिजनलाई सोही अस्पताल हुँदै थप उपचारको लागि मायामेट्रो अस्पाताल धनगढी पठाइएको छ। घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय र अस्थाई प्रहरी पोष्ट टोल्यामोडबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न गणेशलाई बिहीबार पक्राउ गरेको हो।
हेरचाह गर्न हजुरबुवासँग छोडेर आमा र हजुरआमा घाँस काट्न गएको बेला साउदले नातीहरुलाई निर्घात कुटपीट गरेका थिए। आरोपित साउदको मानसिक अवस्था ठिक नभएको बुझिएको छ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को सबै तयारी पूरा भएको रष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ
भोजपुर । बाँदरको समस्याका कारण भोजपुर मानेभञ्याङका स्थानीयले गाउँ छाड्दा बस्ती नै खण्डहरमा परिणत भएको छ । रामप्रसादराई गाउँपालिका–५ पर्ने
काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका–७ गौतम गाउँमा एउटा घरमा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीय
काठमाडौं । साहित्यकार लीलबहादुर क्षेत्रीको ९२ वर्षको उमेरमा निधन भएको छ । भारतको आसामका स्थायी बासिन्दा उनको बिहीबार राति गुवाहाटीमा
काभ्रे । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकामा ‘श्रमको सम्मान–राष्ट्रको अभियान’ सञ्चालन गरिएको छ । नगरले कार्यक्रमअन्तर्गत योजना सञ्चालनपूर्व
काठमाडौँ । काठमाडौँको गोकर्णेश्वरस्थित एक महिलाको हत्यामा सङ्लग्न भएको आरोपमा प्रहरीले एक नाबालकसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला