गृहपृष्ठ ∕ नेपाल ∕ बाघको आक्रमणबाट महिला घाइतेबाघको आक्रमणबाट महिला घाइते नेपालीपत्र शुक्रबार, २०८० असार २९ गते, ०८:४१ मा प्रकाशित नेपाल महेन्द्रनगर । बाघको आक्रमणबाट कञ्चनपुरको बेलौरीमा एक महिला घाइते भएकी छिन् । बाघको आक्रमणमा परी बेलौरी नगरपालिका–९ डाडाकुण्डाकी २५ वर्षीया बिन्दु डगौंरा घाइते भएकी हुन् ।बिहीबार साँझ लालझाडी गाउँपालिका–६ चान्देउस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको छेउमा डगौंरालाई बाघले आक्रमण गरेको बेलौरी–९ का वडाध्यक्ष किसन रानाले जानकारी दिए । उनको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको छ ।डगौंरालगायत १०–१२ महिलाको समूह च्याउ टिप्न गएको थियो । सोही क्रममा बाघले डगौंरामाथि आक्रमण गरेको हो । “सबैले हो–हल्ला गरेपछि बाघ भाग्दा डगौंराको ज्यान जोगियो”, वडाध्यक्ष रानाले भने, “आक्रमणबाट उनको आँखा र टाउकोमा चोट लागेको छ ।” यसअघि बाघको आक्रमणबाट बेलौरी नगरपालिकामै एक महिलाको ज्यान गएको थियो । #बाघको आक्रमणग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार श्रीमतीको हत्या गरी फरार भएका श्रीमान पक्राउकाठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिका–९ सानागाउँमा श्रीमती र छोरा–छोरीमाथि खुकुरी प्रहार गरेर फरार भएका पदमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल र भारतबीच ऊर्जा विकासका सम्झौतामा हस्ताक्षरकाठमाडौं । नेपाल र भारतबीच विद्युत् आदानप्रदानका लागि अत्यावश्यक रहँदै आएका दुई प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापनाका लागि ९ महिनामा ६ लाख ७ हजारभन्दा धेरै युवा कामको लागि…काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाईबर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम विद्युत् सेवा पटक पटक अवरुद्ध हुँदा उपभोक्ता समस्यामाखोटाङ । दश स्थानीय तह रहेको जिल्लाका ९६ प्रतिशत घरपरिवार उपभोक्ताले विद्युत् उपभोग गरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणले गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्पराम्याग्दी । धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ । परम्परागत रूपमा गाईपालन गर्दैधेरै पढिएका खबर १ शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई २ प्रधानमन्त्री दाहाल आज स्वदेश फर्किँदै ३ सरकारलाई दबाब दिन विद्यालय बन्द गर्न शिक्षक महासंघको आग्रह ४ संविधानविरोधी गतिविधि स्वीकार्य छैनः गृहमन्त्री ५ मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरु ६ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ७ Tilda Lights Up Diwali 2024 with Madhu’s: A Festival of Flavours and TraditionThe Film Nepal