Techie IT
२०८१ फागुन २७, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपाल‘एसिया–प्रशान्त क्षेत्रमा नेटोको विस्तार घातक’

‘एसिया–प्रशान्त क्षेत्रमा नेटोको विस्तार घातक’


एजेन्सी । एक जर्मन सांसदले संयुक्त राज्य अमेरिकाको पूर्ण नेतृत्वमा रहेको उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो)को एसिया–प्रशान्त क्षेत्रमा हुन लागेको विस्तारलाई ‘घातक’ भनेकी छन् ।

जापानमा नाटोको सम्पर्क कार्यालय खोल्ने योजनाप्रति टिप्पणी गर्दै जर्मनीको तल्लो सदनकी सदस्य सेभिम डग्डेलेनले अमेरिकी नेतृत्वमा नेटोले विश्वव्यापी प्रभुत्व जमाउन खोजेको बताइन् । उनले नेटोलाई अमेरिकी सुरक्षा र सैन्य नीतिको प्रमुख औजारको संज्ञा दिइन् ।

लिथुआनियाको भिल्नियसमा आजदेखि शुरु नेटो शिखर सम्मेलनले युक्रेनलाई गठबन्धन नजिक ल्याउनेछ महासचिव जेन्स स्टोल्टेनबर्गले शिखर सम्मेलन अघि भनेका थिए । नेटोले आफ्नो हितलाई अझ राम्रोसँग जोड्न युरोपेली सङ्घसँग भएको घनिष्ठ सैन्य र सुरक्षा एकीकरणलाई प्रवर्द्धन गर्न एसियाका सहयोगीहरूमा बढी ध्यान दिने सांसद डग्डेलेनले बताइन् ।

एसिया–प्रशान्त क्षेत्रलाई आफ्नो प्रभावको क्षेत्रमा समावेश गर्ने नेटोको चाहना घातक विस्तार नीतिको हिस्सा भएको उनले थपिन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नमोबुद्धमा ‘श्रमको सम्मान–राष्ट्रको अभियान’ सञ्चालन

काभ्रे । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकामा ‘श्रमको सम्मान–राष्ट्रको अभियान’ सञ्चालन गरिएको छ । नगरले कार्यक्रमअन्तर्गत योजना सञ्चालनपूर्व

हत्या गरेको आरोपमा एक नाबालकसहित पाँच जना पक्राउ

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वरस्थित एक महिलाको हत्यामा सङ्लग्न भएको आरोपमा प्रहरीले एक नाबालकसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला

निजी विद्यालयहरूले शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका छन्: मन्त्री…

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी विद्यालयहरूले नेपालको शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिएका बताएका छन् ।

सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन

काठमाडाैँ । काठमाडौँको कालिकास्थानस्थित सर्वनाम थिएटरमा विभिन्न देशका २ दर्जनबढी नाटकहरु प्रदर्शन भईरहेका छन् । इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सोसाइटी

रेडपाण्डा संरक्षणका लागि जैविकमार्ग

इलाम । इलाममा लोपोन्मुख रेडपाण्डा संरक्षणका लागि पहल शुरु गरिएको छ । जिल्लाको सन्दकपुर र माईजोगमाई गाउँपालिकामा रहेको आलु विकास

वीरगञ्ज नाका हुँदै निर्यात दोब्बरले बृद्धि

वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार

Techie IT