Techie IT
२०८१ पुस २५, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालविमानस्थलबाट ४० तोला सुनसहित एक जना पक्राउ

विमानस्थलबाट ४० तोला सुनसहित एक जना पक्राउ


काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४० तोला सुनसहित एक जना पक्राउ परेका छन्। कतारबाट फर्केका सुर्खेतका कृष्णबहादुर चौधरी ४० तोला सुनसहित पक्राउ परेका छन्।

कतार एयरको ६५२ नम्बरको उडानबाट आइतबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका चौधरीको साथबाट भन्सार कार्यालयका कर्मचारीले ४० तोला सुन फेला पारेको हो। लगत्तै भन्सार कार्यालयका अधिकारीले प्रहरीलाई खबर गरेको थियो। भन्सार जाँचका क्रममा चौधरी सुनसहित पक्राउ परेको प्रहरीले पुष्टि गरेको छ।

उनले लुकाई छिपाई सुनका चार वटा विस्कुट ल्याएका थिए। बरामद सुन चौधरीकै हो वा उनी भरियामात्र हुन् भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी स्रोतले बताएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

तिब्बत भूकम्पले नेपालमा कस्तो असर पर्यो ?

विराटनगर । चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर ७ रेक्टर स्केलको भूकम्प जाँदा यसको धक्का विशेष गरेर कोशी प्रदेशका

नेपालगञ्जमा सहुलियत पसल माघ २ गतेसम्म सञ्चालन हुने

बाँके । नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सञ्चालन गरेको सहलियत पसल आगामी माघ २ गतेसम्म सञ्चालन हुने भएको

महालक्ष्मी खोला–मातातीर्थ सडक आगामी माघ ७ सम्म बन्द

मकवानपुर । मकवानपुर र काठमाडौं जोड्ने महालक्ष्मी खोला–मातातीर्थ सडक आजदेखि आगामी माघ ७ गतेसम्म बन्द हुने भएको छ । उक्त

पर्वतमा ग्यास चुहिएर दुर्घटना हुँदा वृद्धाको मृत्यु

पर्वत । जिल्लाको कुश्मा नगरपालिका–१० पीपलटारीमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा १ जना महिलाको घटनास्थलमा मृत्यु भएको छ ।

एमसीसीले झन्डै ७ अर्ब रुपैयाँ अनुदान थप्ने

वाशिङ्टन (अमेरिका) । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले झन्डै सात अर्ब रुपैयाँ अनुदान थप्ने भएको छ ।

आज देखि रवि लामिछाने सहित प्रतिवादी तर्फका वकिलले बहस गर्ने

काठमाडौं । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित सात प्रतिवादीको थुनछेक

Techie IT